Tag Archives: आर्थीक

ग्लोबल आइएमइ बैंकको सीइओ जनक शर्माको राजिनामा स्वीकृत

काठमाडौं । ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले पदबाट दिएको राजिनामा स्वीकृत भएको छ । माघ ८ गते बसेको बैंक सञ्चालक समितिको ३१४ औं बैठकले सीइओ पौडेलको राजिनामा स्वीकृत गरेको हो । ४ वर्षे कार्यकालका लागि नियुक्ति लिएका पौडेलले कार्यकाल पूरा नहुँदै पदबाट राजनामा दिएका थिए ।

पुरा पढ्नुहॊस »

बङ्गलादेश बैंक र खल्तीबीच डिजिटल भुक्तानीका लागि सम्झौता

काठमाडौं । नेपाल बङ्गलादेश बैंक र खल्ती डिजिटल वालेटबीच मोबाईल भुक्तानी गर्ने सहकार्य भएको छ । बैंक र खल्तीबीच मोबाईल भुक्तानीमा सहकार्य गर्ने सम्बन्धीसम्झौता पत्रमा हस्ताक्षर भएपछि यी दुईको सहकार्य भएको हो । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट डेपुटी सीईओ सुरेन्द्र भूषण श्रेष्ठ र खल्तीका तर्फबाट डाइरेक्टर अमित अग्रवालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब बङ्गलादेश बैंकका ग्राहकहरुले मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा …

पुरा पढ्नुहॊस »

हवाई टिकट नपाउँदा कर्णाली प्रदेशका यात्रु अलपत्र

बाँके । नेपालगञ्ज विमानस्थलमा हवाई टिकट नपाउँदा यात्रु अलपत्र परेका छन् । यात्रुको चापको तुलनामा जहाजको उडान न्यून रहेको हुदाँ यात्रुहरु अलपत्र परेका हुन् । हवाई टिकटमा ठूलाबडाको भनसुन चल्ने गरेपछि सामान्य सर्वसाधारणको बिचल्ली नै भएको छ । जहाज कम्पनीले हवाई टिकट जति मन्त्री र सांसदको पावरमा बाँडिएकाले यात्रुको बिचल्ली भएको मुगुका सुरेन्द्र शाहीले बताए । टिकट वितरणको काम व्यवस्थित नहुँदा हरेक वर्षको दशैँ तिहारमा पहाडी तथा हिमाली जिल्लाका यात्रुले …

पुरा पढ्नुहॊस »

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदै

काठमाडौं ।  आज पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदैछ । विसं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे-चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए ।यहि योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ । लोकतन्त्र आएपछि औपचारिक रुपमा राष्ट्रिय एकता दिवस नमनाएको सरकारले यस वर्ष भने विविध कार्यक्रम गरेर पृथ्वी जन्यती मनाउँदैछ । लोकतन्त्रपछि गठन भएको सरकारले एकता दिवसको बिदा कटौती गरेको …

पुरा पढ्नुहॊस »