Tag Archives: आजकाे माैसम

आजकाे माैसम : पश्चिमीसँगै स्थानीय वायुको प्रभाव

नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव परेको छ। जसकारण मुलुकका पहाडी भेगमा बदली हुनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। तर, गण्डकी र लुम्बिनीका थोरै स्थान र बाँकी पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार राति पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। शनिबार कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थान …

पुरा पढ्नुहॊस »

आजकाे माैसमः वर्षाकाे सम्भावना कम

आज बुधबार कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। राति प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। बिहीबार प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का …

पुरा पढ्नुहॊस »

आजकाे माैसमः देशभर बदली, वर्षाको सम्भावना

भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा आजदेखि बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडाैं उपत्यकामा गए राति हल्का वर्षासमेत भएकाे छ। महाशाखाका अनुसार आज अपराह्नदेखि देशभर सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम र केही स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा …

पुरा पढ्नुहॊस »

कस्ताे हाेला आजकाे माैसम ?

देशभरका अधिकांश ठाउँमा आज मौसम सफा रहने अनुमान गरिएको छ। देशको पूर्वी भूभागमा उत्तरपश्चिमी बंगालको खाडीमा अवस्थित न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको छ। दिउँसो र रातिको समयमा प्रदेश १, प्रदेश २, प्रदेश र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य भू-भागमा मौसम सफा रहनेछ। प्रदेश १ र बाग्मती पहाडी …

पुरा पढ्नुहॊस »

कस्ताे हाेला आजकाे माैसम?

मौसम पूर्वानुमान महाशाखाले आज पोखरा र काठमाडौंसहित पूर्वी नेपालमा वर्षा हुने आँकलन गरेको छ। नेपालमा भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव कायमै रहेको र मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ भएकाले वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहान जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशभर आंशिकदेखि सामान्य बदलीसहित बागमती प्रदेशका थोरै स्थानहरुमा तथा प्रदेश १ र प्रदेश २ का एक-दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। …

पुरा पढ्नुहॊस »

काठमाडौंमा बिहानैदेखि वर्षा, कस्ताे रहला आजकाे माैसम?

आज बिहान काठमाडौंसहित बागमती, प्रदेश २ र गण्डकी प्रदेशमा वर्षा भइरहेको छ। भारतको छत्तिसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावका कारण वर्षा भएको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना छ। बाँकी प्रदेशका थोरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति लुम्बिनीका धेरै स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ। बिहीबार लुम्बिनी र सुदूरपश्चिमका केही र बाँकी …

पुरा पढ्नुहॊस »