Tag Archives: अफगानिस्तान

नेपालले पठाएकाे सहायता सामग्री अफगानिस्तानलाई हस्तान्तरण

नेपालले अफगानिस्तानका जनतालाई मानवीय सहायता सामग्री प्रदान गरेको छ। नेपाली जनताका तर्फबाट प्रदान गरिएका मानवीय राहत सामग्री परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालले आज अपराह्न काबुलस्थित हमिद कारजायी अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक सङ्क्षिप्त समारोहमा अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घका महासचिवका उपविशेष प्रतिनिधि डा रामिज अलकबरोभलाई हस्तान्तरण गरे। अफगानिस्तानको अहिलेको प्रतिकूल मौसम तथा विषम राजनीतिक परिस्थितिलाई दृष्टिगत गरि त्यहाँका नागरिकलाई अन्तर्राष्ट्रिय समुदायबाट मानवीय सहायता जुटाउन भारतसहितका देशले सहयोग गरेसँगै परराष्ट्रमन्त्री डा नारायण खड्काको अगुवाइमा …

पुरा पढ्नुहॊस »

अफगानिस्तानमा मानवअधिकार सुनिश्चितताको माग, अधिकारकर्मीद्वारा प्रदर्शन

अफगानिस्तानका महिला तथा अल्पसंख्यकको आधारभूत अधिकारको पक्षमा ऐक्यबद्धता जनाउँदै माइतीघर मण्डला, भक्तपुरको सूर्य विनायक चोक र पाटनको कृष्ण मन्दिरमा प्रदर्शन गरिएको छ। तालिबान सत्तामा आएपछि अफगानिस्तानका महिला, बालबालिका र अल्पसंख्यक समूहको मानवअधिकार हनन् भएकाले त्यसको सुनिश्चितताको माग गर्दै महिला हकहित तथा माधवअधिकारवादको क्षेत्रमा कार्यरत संघ–संस्थाले प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले ‘अफगानी नागरिकप्र्रति नेपाली ऐक्यबद्धता’, ‘अफगानी महिलाको अधिकारी हाम्रो सरोकार’लगायत विभिन्न नाराअंकित ब्यानर लिएका थिए। यसअघि, महिला अधिकारका क्षेत्रमा कार्यरत समूह तथा …

पुरा पढ्नुहॊस »

अफगानिस्तानबाट सयौं बालबालिकाको उद्धारः राष्ट्रसंघ

तालिबान सत्तामा आएपछि अफगानिस्तानमा अस्थव्यस्थताबीच छुटेका सयौँ बालबालिकालाई उद्धार गरिएको संयुक्त राष्ट्रसंघले जनाएको छ। उनीहरू अमेरिकी सेनाको बहिर्गमनसँगै अफगानिस्तानबाट आफ्ना बावुआमासँग विदेश जान विमानस्थल र वरपरका क्षेत्रमा पुगेका तर परिवारबाट छुटेका बताइएको छ। संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले बताएअनुसार अगस्त १४ देखि अफगानिस्तानबाट परिवारसँग बाहिरिने क्रममा छुटेका करिब ३०० जना बालबालिकाहरू दर्ता भएका थिए। युनिसेफ प्रमुख हेनरिएटा फोरले उनीहरूको सुस्वास्थ्य र सुरक्षाको चिन्ता व्यक्त गर्दै एउटा बयानमा भने, “हामीले …

पुरा पढ्नुहॊस »

अफगानिस्तानमा ५ म्याग्नीज्युडको भूकम्प

अफगानिस्तानको फाएजाबादबाट ५७ किलोमिटर उत्तरपश्चिममा रेहको स्थानमा ५ म्याग्नीज्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस) जानकारी दिएको छ। ग्रीनवीच समय अनुसार ०४ः५ सो भूकम्प गएको बताइएको छ। यस भूकम्पको केन्द्रविन्दु १० किलोमिटर गहिराईमा ३७.६१३३ डिग्री उत्तरी अक्षांश र ७०.३७८१ डिग्री पूर्वी देशान्तरमा रहेको थियो । भूकम्पबाट धनजनको क्षति भएको कुनै समाचारमा हालसम्म प्राप्त भएको छैन।

पुरा पढ्नुहॊस »