Tag Archives: शेरबहादुर देउवा

प्रधानमन्त्रीद्वारा नवनियुक्त सबै मन्त्रीलाई निर्देशन, ‘जनअपेक्षा अनुसार काम गर्नु’

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त सबै मन्त्रीहरुलाई निर्देशन दिएका छन्। मन्त्रिपरिषदलाई पूर्णता दिएलगत्तै शुक्रबार अपरान्ह सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले मुलुकको आवश्यकता अनुसार उत्साह र इमान्दारिताका साथ जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त मन्त्रीहरुलाई निर्देशन दिएका हुन्। त्यस अवसरमा उनले नवनियुक्त मन्त्रीहरुको कार्यकालको पूर्णसफलताको कामनासमेत गरेको नवनियुक्त सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। बैठकले सरकारको प्रवक्तामा सञ्चार तथा सूचना …

पुरा पढ्नुहॊस »

सामाजिक कुरीति र विकृतिलाई निर्मूल गर्न सबैको सहकार्य जरूरी: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सेवा दिवसको मर्म सामाजिक रूपान्तरण, समाजको विकास र समाजमा रहेका सामाजिक कुरीति र विकृतिलाई निर्मूल गर्नुमा निहित रहेको उल्लेख गरेका छन्। उनले ४२ औँ सामाजिक सेवा दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली एवं सामाजिक सेवामा लाग्नुभएका सम्पूर्ण व्यक्ति तथा सङ्घ संस्थालाई शुभकामना व्यक्त गर्दै सो कुरा उल्लेख गरेका हुन्। ‘सर्वजन हिताय, सर्वजन सुखाय’ भन्ने पूर्वीय दर्शनको सार नै सामाजिक सेवाभाव रहेको पाइन्छ। आजको विश्व परिवेशमा …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री भन्छन्, ‘एमसीसीबारे जनमानसमा गलत हल्ला फैलाइयो’

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का बारेमा जनमानसमा गलत हल्ला फैलाइएको बताएका छन्। नेपाली कांग्रेसको संसदीय दलको बैठकमा उनले एमसीसीबारे गलत हल्ला फैलाइएकोले त्यस भ्रमलाई चिर्न नेपाली कांग्रेसका सांसदलाई निर्देशन दिए। ‘हामीले अमेरिकाबाट देश विकासमा अनुदानका लागि एमसीसी सम्झौता गरेका हौं,’ उनले भने, ‘यो विकासका लागि दिइएको अनुदान हो। यसमा धेरै राजनीति गर्न खोजियो। त्यो आवश्यक छैन।’ कांग्रेसका सभापतिसमेत रहेका देउवाले एमसीसीमार्फत नेपालमा विद्युत् प्रसारण लाइन र सडक …

पुरा पढ्नुहॊस »

भोलिदेखि सुरु हुने संसद बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस सांसदलाई देउवाको निर्देशन

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद बैठकमा अनिवार्यरुपमा उपस्थित हुन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन्। मंगलबार बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले बुधबार (भोलि) बाट सुरु हुने संघीय संसदको दुवै सदनको बैठकमा अनिवार्य उपस्थित भएर प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन्। आजको बैठकमा सांसदहरुले सत्तारुढ दलहरुसँग परामर्श गरेर मन्त्रिपरिषदलाई छिटो पूर्णता दिन पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्री देउवाले सबै दलसँग …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्रीले लिए झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। आज खनाल निवास डल्लु पुगेर प्रधानमन्त्री देउवाले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएर केही दिनअघि मात्र नेता खनाल स्वदेश फर्किएका हुन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका खनाल अहिले आफ्नै निवासमा आराम गरिरहेका छन् ।न्युज कारखाना

पुरा पढ्नुहॊस »