Tag Archives: प्रतिनिधिसभा

एमालेकाे विराेधका बीच प्रतिनिधिसभाबाट ‘रेल्वे विधेयक-२०७६’ फिर्ता

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सोमबार पनि प्रतिनिधिसभाको बैठकमा बिरोधकाबीच ‘रेल्वे विधेयक २०७६’ फिर्ता भएको छ । सोमबारको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको बिरोधकाबीच सरकारले ‘रेल्वे विधेयक २०७६’ फिर्ता भएको हो। प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले नेपालको संविधानको धारा २९४ बमोजिम मधेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/०७८ को पेश गरेका थिए। प्रतिनिधिसभाको अर्को बैठक आगामी कार्तिक ९ …

पुरा पढ्नुहॊस »

संसदमा एमालेकाे अवरोध आज पनि कायमै, अर्को बैठक असोज २५ गते

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभामा आज पनि अवरोध कायमै राखेको छ। बैठक प्रारम्भ हुनासाथ सदा झैँ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरे। सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको कामकारबाही अघि बढाउने सन्दर्भमा सहयोग गर्न आग्रह गरेका थिए। उनले नेपालको संविधानको धारा १०५ को व्यवस्था र प्रतिनिधिसभा नियमावलीअनुसार सांसदलाई संयमित हुँदै प्रस्तुत हुन आग्रह गरेका थिए। उनले विधि प्रक्रिया सम्मत तरिकाबाट सदनमा आफ्ना धारणा राख्न आग्रह …

पुरा पढ्नुहॊस »

संसदमा प्रतिपक्षी दलको अवरोध कायमै, अर्को बैठक असोज २२ गते बस्ने

प्रतिनिधिसभाको बैठक आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरोधका कायमै राख्दा सुचारु हुन सकेन। बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दल एमालेका सांसदले ‘रोस्ट्रम’ घेराउ गर्दै नाराबाजी गरे। बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको नियमित प्रक्रियामा सहभागी भइ आफ्ना कुरा राख्न प्रतिपक्षी दलका सांसदसँग आग्रह गरेका थिए। उनले अदालतमा विचाराधीन विषयमा सदनमा छलफल हुन नसक्ने कुरा प्रतिनिधिसभा नियमावलीमा व्यवस्था रहेकोसमेत स्मरण गराएका थिए। प्रतिपक्षी दलको अवरोधकै बीचमा कानून, …

पुरा पढ्नुहॊस »

आज प्रतिनिधिसभा बैठकमा छ वटा कार्यसूची पेस हुने

सोमबार बस्ने प्रतिनिधिसभाको कार्यसूची सार्वजनिक गरिएको छ। संघीय संसद्का महासचिव भरतराज गौतमले सोमबार बस्ने प्रतिनिधिसभाको बैठकका छ वटा कार्यसूची रहेको जानकारी दिएका छन्। उनका अनुसार बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ। अर्थमन्त्री जनार्दन शर्माले व्यवस्थापन कार्यमार्फत चारवटा विधेयक प्रस्तुत गर्नेछन्। मन्त्री शर्माले विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक विचार गरियोस् भन्नका लागि प्रस्ताव र आर्थिक विधेयकमाथि दफावार छलफलका लागि दिन तोक्नका लागि प्रस्ताव पेस गर्नेछन्। बिहान ११ बजेदेखि …

पुरा पढ्नुहॊस »

प्रतिनिधिसभाकाे आजकाे बैठकमा जे देखियो…

प्रतिनिधिसभाको बैठक शुक्रबार तीन पटक बस्यो। शुक्रबार अपरान्ह बसेका तीनवटै बैठकमा एमाले सांसदहरूको नाराबाजी चलिरह्यो। एमाले फुटाउन सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै सांसदहरूले सुरूदेखि नै नाराबाजी गरिरहे। सभामुखले बैठक सञ्चालनका लागि सहयोग गर्न बारम्बार अनुरोध गरिरहे। तर, एमाले सांसदहरूले टेरेनन्। एमाले सांसदको नाराबाजीका कारण सभामुख सापकोटाले पहिलो बैठक १५ मिनेटका लागि स्थगित गरे। नाराबाजीकैबीच सभामुख सापकोटाले दोस्रो बैठकलाई कार्यसूचीमा प्रवेश गराए। बैठक सुरू भएलगत्तै सभामुख सापकोटा र नेपकिपाका सांसद …

पुरा पढ्नुहॊस »

आज प्रतिनिधिसभाकाे बैठक बस्दै

प्रतिनिधिसभाको नवौँ अधिवेशनको चौथो बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा आर्थिक, राष्ट्र ऋण उठाउने, विनियोजन लगायत एक दर्जन अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छन्। नवौँ अधिवेशन बुधबार सुरु भएको थियो। नवौं अधिवेशनअन्तर्गतको पहिलो, दोस्रो र तेस्रो बैठकमा प्रमुख प्रतिपक्षी एमालेका सांसदले नाराबाजी गरेका थिए। नाराबाजीका बीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस भएको थियो।

पुरा पढ्नुहॊस »