काठमाडौँ । फ्रान्सको पेरिसमा आयोजना हुने महिला ओलम्पिक फुटबल-२०२४ प्रतियोगिताको एशियाली छनोटको पहिलो चरणको खेल नेपालले आयोजना गर्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गर्ने उक्त प्रतियोगितामा नेपाल र भियतनामको महिला फुटबल टोलीको सहभागिता रहनेछ । नेपालको समूहमा अफगानिस्तान र प्यालेस्टाइन पनि रहेका भए पनि दुवैले प्रतियोगिता नखेल्ने भन्दै नाम फिर्ता लिएपछि दुई नेपाल र भियतनामबीच मात्र प्रतिस्पर्धा हुन लागेको हो । उक्त समूहको विजेता टोली …
पुरा पढ्नुहॊस »सन्दीप लामिछानेविरूद्ध मुद्दाको सुनुवाइ सर्यो
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा सार्न उनका वकिलले माग गरेका छन् । सन्दीपको मुद्दामा सुनुवाइका लागि सोमबार पेशी तोकिएपछि सन्दीपका वकिलले उनको मुद्दा सार्न माग गरेका हुन् । सन्दीपलाई जेलमा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेकै इजलाशमा सुनुवाईका लागि पेशी तोकिएको भन्दै सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले उनको मुद्दा सार्न माग गर्दै निदेदन दिएका हुन् । उनका अनुसार थुनामा पठाउने न्यायाधीशकै इजलाशमा उक्त मुद्दामा सुनुवाई गर्न प्राविधिक रुपमै नमिल्ने भन्दै उनले अदालतको …
पुरा पढ्नुहॊस »विश्वकपपछिको पहिलो खेलमा मोरक्कोसँग हार्यो ब्राजिल
काठमाडौँ । विश्वकपपछिको पहिलो खेलमा ब्राजिल मोरक्कोसँग स्तब्ध भएको छ । बिहान मोरक्कोको घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल २-१ ले पराजित भएको हो । मोरक्कोको जितमा सोफियाने बोउफल र अब्देलहामिद सबिरीले एक/एक गोल गरेका थिए । ब्राजिलका लागि एक गोल क्यासेमिरोले गरेका थिए । हालै सम्पन्न विश्वकपमा मोरक्को सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो भने तेस्रो स्थानका लागि भएको खेलमा क्रोएसियासँग पराजित भएको थियो । अब अर्को मैत्रीपूर्ण खेलमा …
पुरा पढ्नुहॊस »महिला फुटबलको वरियतामा नेपालको ३ स्थान सुधार
काठमाडौं । फिफा महिला वरियतामा नेपालको तीन स्थान सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल तीन स्थार सुधार गर्दै शीर्ष १०० मा पर्न सफल भएको छ । यसअघि १०३औं वरियतामा रहेको नेपाल नयाँ वरियतामा १००औं स्थानमा उक्लिएको छ । एसियाली राष्ट्रहरुमध्ये नेपाल २०औं स्थानमा छ । गत फेब्रुअरीमा नेपाली महिला टिमले भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा पहिलो खेल २-२ …
पुरा पढ्नुहॊस »मेसीको ८०० गोल पूरा, अर्जेन्टिनासँग पानमा पराजित
काठमाडौँ । अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा पानामालाई पराजित गरेको छ । शुक्रबार सम्पन्न खेलमा अर्जेन्टिनाले पानामालाई २-० गोल अन्तरले पराजित गरेको हो । विश्वकप जितेपछि अर्जेन्टिनाले पहिलो खेल खेलेको हो । यस खेलमा थियागो अल्माडा र लियोनेल मेस्सीले एक एक गोल गरेका थिए । अल्माडाले खेलको ७८औँ मिनेट र मेसीले खेलको ८९औँ मिनेटमा गोल गरेका थिए । मेस्सीले यस खेलमा गोल गरेसँगै उनले क्लब र देश गरी आफ्नो क्यारियरमा ८०० गोल …
पुरा पढ्नुहॊस »प्रधानमन्त्री थ्री नेसन्स कप : लाओसमाथि नेपालको शानदार जित
काठमाडौं । प्रधानमन्त्री थ्रि नेसन्स कप फुटबल प्रतियोगिताको पहिलो खेलमा लाओसमाथी २-० गोलको नतिजामा जित निकाल्दै नेपालले शानदार सुरुआत गरेको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालले लाओसलाई २- ० ले पराजित गरेको हो । खेलको ३२ औं मिनेटमा हेडिङमार्फत् अनन्त तामाङले गोल गरे भने दोस्रो हाफ सुरू भएसँगै ५५ औं मिनेटमा नवयुग श्रेष्ठले अर्को गोल गरेका थिए । नेपालले चैत १४ मा भुटानसँग खेल्नेछ । त्यसअघि माघ ११ मा …
पुरा पढ्नुहॊस »२४ वर्षीय किलियन एम्बाप्पे बने फ्रान्सका नयाँ कप्तान
काठमाडौं । फ्रान्सको राष्ट्रिय फुटबल टोलीको कप्तानमा स्टार खेलाडी किलियन एम्बाप्पे नियुक्त भएका छन् । पूर्व कप्तान ह्युगो लोरिसले सन्न्यास लिएपछि एम्बाप्पेले टोलीको नयाँ कप्तान नियुक्त भएका हुन् । ३६ वर्षीय ह्युगोले गएको वर्षको फिफा विश्व कप फाइनलमा टोलीको हारपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका थिए । एम्बाप्पेले २४ वर्षको उमेरमा टोलीको कप्तानी सम्हाल्ने भएका हुन् । उनको ध्यान अब आउँदो वर्ष हुने युरो कपमा हुनेछ । पेरिस सेन्ट जर्मेइन (पीएसजी) …
पुरा पढ्नुहॊस »धुर्मुसको भिडियो- ‘रङ्गशालाका दुबो मरे होलान् तर आशा मरेको छैन’
काठमाडौं । कलाकार सिताराम कट्टेल धुर्मुसले आफू डेढ वर्षदेखि डिप्रेसनमा रहेको बताएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा लामो भिडियो पोष्ट गर्दै उनले चितवनमा निर्माणाधीन क्रिकेट रंगाशालाका कारण डेढ वर्षदेखि ‘डिप्रेस्ड’ रहेको बताएका हुन् । ‘म आज अलि आक्रोशित पनि हुन सकूँला । अलि बढी उत्तेजित पनि हुन सकूँला । मेरो स्वभाव यसरी आक्रोशित हुने स्वभाव होइन । तर म बाध्य भएँ । के गरुँ ?,उनले भने, ‘म मानसिक यातना …
पुरा पढ्नुहॊस »सरकारले नेपाली क्रिकेट टिमका सदस्यलाई जनही ३/३ लाख दिने
काठमाडौँ । सरकारले विश्वकप क्वालिफायरमा छनौट भएको नेपाली क्रिकेट टिमका सदस्यहरूलाई जनही ३-३ लाख रकम पुरस्कार स्वरूप दिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार युएईलाई पराजित गर्दै विश्वकप क्वालिफायरमा पुगेको नेपाली टिमलाई ३-३ लाख रकम पुरस्कार दिने घोषणा गरेका हुन् । नेपाल आइसीसी विश्वकप लिग-२ अन्तर्गत शीर्ष तीनमा रहेर विश्वकप क्वालिफायरमा छनौट भएको हो । नेपालले आफ्ना पछिल्ला १२ मध्ये ११ खेल जितेर यो सफलता हासिल गरेको छ …
पुरा पढ्नुहॊस »यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा
काठमाडौं । नेपाल टोली विश्वकप लिग २ को छनोट चरणमा प्रवेश गरेको छ । काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा युएईलाई पराजित गर्दै नेपाल शीर्ष ३ मा रहेर सोझै विश्वकप छनोटमा पुगेको हो । डकवर्थ लुइस मेथडको आधारमा नेपाल विजयी भएको हो । युएईले नेपाललाई ३११ रनको लक्ष्य दिएको थियो । तर, भिजिबिलिटी कम भएपछि एम्पायरले नेपाललाई डिएलएसका आधारमा विजयी घोषित गरेका हुन् । डकवर्थ नियमअनुसार नेपालले ९ रनको जित हासिल …
पुरा पढ्नुहॊस »