समाचार

आज हावाहुरी र वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्युन चापीय रेखाको सामान्य प्रभाव, स्थानीय वायु, पूर्वी भुभाग नजिक बनेको न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ । जसको प्रभावले देशको सुदुरपश्चिमीका भूभागमा सामान्य बदली र बाँकी भुभागमा दिउँसो बदली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका मध्य र पूर्वका पहाडी भू९भागमा आंशिक देखि सामान्य बदलि र बाँकि भू-भागमा आंशिक बदलि रहनेछ । देशका मध्य …

पुरा पढ्नुहॊस »

कोरोनाबाट विश्वभर २ लाख ७० हजारले ज्यान गुमाए, ३९ लाख संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन । संक्रमणबाट विश्वभर २ लाख ७० हजार बढीको मृत्यु भएको छ । पछिल्लो तथ्याङकअनुसार आज बिहानसम्म कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या विश्वभर २ लाख ७० हजार ७ सय १ पुगेको छ । चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना संक्रमितको संख्या ३९ लाख १५ हजार ९ सयभन्दा धेरै …

पुरा पढ्नुहॊस »

कोरोना अपडेट :मृत्यु हुनेको संख्या २ लाख ६५ हजार ६ सय ५७ पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या २ लाख ६५ हजार ६ सय ५७   जना पुगेको छ भने ३८ लाख ४३ हजार १ सय ८७   जना सङ्क्रमित रहेका छन् । त्यसैगरि, १३ लाख १४ हजार  ४ सय २१ जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , बेलायत ,इटली र स्पेन छ । अमेरिकामा हालसम्म ७४ …

पुरा पढ्नुहॊस »

दुबईमा कोरोनाका कारण एक नेपालीको मृत्यु

काठमाडौं । घर परिवारको सुखद भविष्यका लागि विदेशी भूमिमा पसिना बगाउन पुगेका धेरै नेपाली अहिले कोरोना संक्रमित बन्दैछन् भने धेरै जोखिममा छन् । दुबईमा  मंगलबार  कोरोना भाइरसबाट एक नेपालीको मृत्यु भएको छ । नवलपरासीको सुनवल नगरपालिका-१३ बडेराका ४१ वर्षीय दुर्गा पाण्डेको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

पुरा पढ्नुहॊस »

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

सप्तरी । सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। जिल्लाका शम्भुनाथ नगरपालिका-२ की ३८ वर्षीया जानकी मगरको  हात्तीको आक्रमणबाट मृत्यु भएको हो । हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको हो ।  

पुरा पढ्नुहॊस »

नेपाल पस्न खोज्नेलाई दशगजा क्षेत्रमै खाना-बस्ने व्यवस्था

चन्द्रौटा । भारतका विभिन्न क्षेत्रबाट नेपाल प्रवेश गर्न खोजेका नेपाली नागरिकलाई नेपाल–भारत दशगजा क्षेत्रमै खाना र बस्नका लागि व्यवस्था मिलाइएको छ । कपिलवस्तुका विभिन्न सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्न खोजेका नागरिकलाई नेपाल प्रवेश गर्न नदिएपछि उनीहरुलाई दशगजा क्षेत्रमै खाना र बस्नको व्यवस्था गरिएको हो । कपिलवस्तु जिल्ला, कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले सीमामा अलपत्र नागरिकका समस्या पहिचान गरी दशगजा क्षेत्रमा पुगेर नगर क्षेत्रभित्रका सीमामा रहेका नेपालीलाई खाना र पालको व्यवस्था …

पुरा पढ्नुहॊस »

आरडीटी किट अभाव, भारतबाट भित्रिएकाको परीक्षण रोकियो

बझाङ । बझाङमा कोरोना भइरसको परीक्षण गर्ने किट तथा स्वास्थ्य सामग्रीको अभाव भएको छ । बाहिरी जिल्ला तथा भारतबाट आएका ६ सय ७५ जना अझै पनि क्वारेन्टाइनमा रहेकाले उनीहरुको र्‍यापिड टेस्ट गर्न किट अभाव भएको जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख भानु जोशीले प्राप्त १ हजार १ सय किटमध्ये हाल ६० मात्र र्‍यापिड टेस्ट किट मौज्दात रहेको बताए । हालसम्म जिल्लामा ८७५ जनाको र्‍यापिड टेस्ट र ७१ को स्वाब …

पुरा पढ्नुहॊस »

दीर्घरोगीलाई घरघरमा औषधि निःशुल्क औषधि !

पोखरा । पोखरा महानगरपालिका-२० ले यहाँका दीर्घरोगीलाई निःशुल्क औषधि वितरण गर्दै आएको छ । सरकारले कोरोना सङ्क्रमण फैलन नदिन जारी बन्दाबन्दीको समयावधि लम्ब्याउँदै गएपछि आफ्नो वडाभित्रका नियमित औषधि सेवन गर्ने उच्च रक्तचाप, मधुमेह, मुटुरोग, मानसिक समस्या, दम तथा थाइराइडका समस्या भएकालाई घरघरमै औषधि पुर्याइएको हो । वडाध्यक्ष सिमबहादुर गुरुङले वडाभित्रका ४३० बिरामीको घरघरमा पुगेर औषधि वितरण गरिएको जानकारी दिए । उनका अनुसार स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेटमा केही बजेट थप गरी …

पुरा पढ्नुहॊस »

लकडाउनकै समयमा खोल्न पाइन्छ यी ४४ उद्योग [सूचीसहित]

काठमाडौं । सरकारले खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको छ । अब सबै प्रकारका उद्योग खोल्ने, विकास निर्माणका आयोजनाको काम थाल्ने, निर्माण सामाग्रीको ढुवानीमा सहजता बनाउने सरकारले जनाएको हो । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गतेदेखि त्यस्ता उद्योग सञ्चालन गर्ने निर्णय गरेको छ । उद्योग तथा कलकारखाना सञ्चालन गर्दा सामाजिक दूरी कायम गर्ने, मास्क, स्यानिटाइजरको प्रयोग गर्ने जस्ता सुरक्षाका अपानाउनु पर्ने …

पुरा पढ्नुहॊस »

बद्ध जयन्तीमा प्रधानमन्त्रीको सन्देश- ‘बुद्धको जन्मस्थल लुम्बिनी नै हो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थल मात्र नभई बुद्ध दर्शनको उद्गमस्थल पनि भएको बताएका छन् । २५६४ ओं बद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गदै प्रधानमन्त्री ओलीले लुम्बिनी नै बुद्धको जन्मस्थल भएको दावी गरेका हुन् । ‘हामीले आकर्षक पूर्वाधार विकासको माध्यमबाट संसारभरिका बुद्धमार्गीहरुसँगै पर्यटकहरुको आकर्षणको केन्द्रका रुपमा लुम्बिनीको विकासमा उच्च महत्व दिइरहेका छौं ।’ प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, ‘लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थल त हुँदै …

पुरा पढ्नुहॊस »

Responsive WordPress Theme Freetheme wordpress magazine responsive freetheme wordpress news responsive freeWORDPRESS PLUGIN PREMIUM FREEDownload theme freeDownload html5 theme free - HTML templates Free Top 100+ Premium WordPress Themes for 2017 Null24Món ngon chữa bệnhCây thuốc chữa bệnhNấm đông trùng hạ thảo