समाचार

बलात्कार गरी हत्या गर्ने दुई जनालाई आजीवन कारावास

धनुषा । एक बालिकालाई बलात्कार गरी हत्या गर्ने दुईजनालाई जिल्ला अदालत धनुषाले बुधबार आजीवन कारावासको सजाय सुनाएको छ । सामूहिक बलात्कार गरी बालिकाको हत्या गर्ने धनुषाको औरही गाउँपालिका–२ परवाहाका ३१ वर्षीय विनोद मुखिया र ३३ वर्षीय नथुनी पण्डितलाई जिल्ला अदालत धनुषाले आजीवन कारावासको सजायको फैसला सुनाएको हो । बुधबार जिल्ला अदालतका न्यायाधीश राजेश कटुवालको इजलासले मुखिया र पण्डितलाई बालिका बालात्कार गरी हत्या गरेको दोषी ठहर गर्दै आजीवन कारावाससहितको सजाय सुनाएको …

पुरा पढ्नुहॊस »

सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम अघि बढेन्

सिन्धुली । सिन्धुलीमा सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम अगाडि बढ्न सकेको छैन । समयमै मुआब्जा र क्षतिपूर्ति निर्धारण हुन नसक्दा सिन्धुलीस्थित सरकारको राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम अगाडी नबढेको हो । आयोजनाबाट प्रभावित सिन्धुली र रामेछाप जिल्लाका बासिन्दाले डाइभर्सनको कार्य थालनी गर्नु अगावै राखेको उचित मुआब्जा र क्षतिपूर्तिको माग पूरा हुन नसक्दा काम अगाडि नबढेको हो । सिन्धुली र रामेछाप जिल्ला प्रशासन कार्यालयमा पटक पटक बसेको बैठकले …

पुरा पढ्नुहॊस »

दुर्घटनाका एकको मृत्यु

दाङ । तुलसीपुरको गहते खोला नजिकै भएको हायस दुर्घटनामा परेका एक घाइतेको मृत्यु भएको छ ।हायसमा सवार बबई  गाउँपालिका वडा नं. ७ निवासी ६० वर्षीया मुन्य चौधरीको उपचारको लागि बाँकेको कोहलपुर तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहले घाइते चौधरीको बाटो मै मृत्यु भएको जानकारी दिए । गम्भीर घाइते चौधरीलाई तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारको लागि बाँके रेफर गरिएको थियो …

पुरा पढ्नुहॊस »

गणेशमान सिंहको २२ औं स्मृति दिवस आज

काठमाडौ ।  गणेशमान सिंहको २२ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। गणेशमान सिंह फाउण्डेसनले शोभा भगवतीमा रहेको उनको प्रतिमामा माल्यार्पण सहितको कार्यक्रम आयोजना गर्दैछ। विसं १९७२ सालमा जन्मिएका सिंहको ०५४ साल असोज २ गते अर्थात् आजैका दिन निधन भएको थियो। लौह पुरुषका नामले समेत चिनिएका उनले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि राणाकालदेखि कठोर संघर्ष गरेका थिए।  राणा शासनविरुद्धको आन्दोलनदेखि २०१४ सालको सत्याग्रह, २०१५ सालको संसदीय चुनाव र सरकार अनि …

पुरा पढ्नुहॊस »

संविधान दिवस : चिडियाखाना प्रवेशमा विशेष छुट

ललितपुर । संविधान दिवसको अवसरमा सदर चिडियाखानाले प्रवेश शुल्कमा विशेष छुट दिएको छ । बिहीबार, शुक्रबार र शनिबार तीन दिनका लागि ५० रुपैयाँ मात्रै प्रवेश शुल्क तोकिएको चिडियाखानाले जनाएको छ । चिडियाखानाका अनुसार बालबालिकाले भने निःशुल्क अवलोकन गर्न पाउने छन् । अरु बेला चिडियाखाना प्रवेशको लागि १ सय ५० रुपैयाँ तिनुपर्छ । विक्रम संवत १९८९ सालमा स्थापना भएको चिडियाखाना पछिल्लो २३ वर्षदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषले व्यवस्थापन गरिरहेको छ । …

पुरा पढ्नुहॊस »

‘नेपाल भ्रमण वर्ष–२०२०’ को आधिकारिक वेबसाईट सार्वजनिक

काठमाडाैँ । ‘नेपाल भ्रमण वर्ष–२०२०’ को आधिकारिक वेबसाईट तथा सामाजिक संजाल फेस बुक, ट्वीटर, इन्टाग्राम र लिङ्डईन पनि सञ्चालनमा ल्याइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले बुधबार काठमाडौंमा एक कार्यक्रमबीच ‘नेपाल भ्रमण वर्ष–२०२०’ को सम्पूर्ण सूचनाहरु जानकारी दिने उद्देश्यका साथ तयार पारिएको सो आधिकारिक वेबसाईट तथा सामाजिक संजालका ह्यान्डलहरुको एकैसाथ शुभारम्भ गरेका हुन्। ‘नेपाल भ्रमण वर्ष–२०२०’ को सचिवालयले तयार पारेको वेबसाईटहरुमा www.visitnepal2020.gov.np र www.visitnepalnews.gov.np रहेका छन्। त्यसैगरी सामाजिक संजालहरुको ह्यान्डलहरुमा facebook-nepallifeexperiecces, Instagram-@visitnepalyear2020_official, Linkedin-@visitnepal2020-secretariat रहेका छन्। …

पुरा पढ्नुहॊस »

पत्रकारको बाँकी तलब र दसैँ खर्च उपलब्ध गराउन आग्रह

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले दसैँ नजिकिरहेको सन्दर्भमा श्रमजीवी पत्रकारहरुलाई उपलब्ध गराउन बाँकी पारिश्रमिक तत्काल उपलब्ध गराउन र दसैँ पेश्की व्यवस्था गर्न सञ्चार प्रतिष्ठानहरुलाई आग्रह गरेको छ । काठमाडौँमा उपलब्ध पदाधिकारी र सदस्यहरुको बुधबार बसेको बैठकले पत्रकारको बाँकी पारिश्रमिक र दसैँ पेश्की उपलब्ध गराउने निर्णय गरेको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिए । बैठकले श्रमजीवी पत्रकारहरुका लागि श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन र नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सञ्चार …

पुरा पढ्नुहॊस »

दाङमा मोटरसाइकल दुर्घटना, तीनजना घाइते

दाङ । दाङमा मोटरसाईकल एक आपसमा ठोक्किँदा तीनजना घाइते भएका छन् । लमही–गढवा सडक खण्ड अन्तर्गत गढवा गाउँपालिका वडा नं. ५ पूर्णागिरी क्रेसर उद्योग नजिक दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा तीनजना घाइते भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । गढवाबाट लमही आउँदै गरेको लु ५१ प ३९५५ र लमहीबाट गढवा जाँदै गरेको रा ३ प ९६२४ नम्बरको मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरी बल जाजरकोटमा कार्यरत लमही नगरपालिका वडा नं. १ …

पुरा पढ्नुहॊस »

वृद्धाको हत्या गरी फरार रहेका अभियुक्त १७ वर्षपछि पक्राउ

नुवाकोट । एक वृद्धाको हत्या गरी फरार रहेका अभियुक्तलाई नुवाकोट प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । ककनी गाउँपालिका–७ सिम्लेकी ७० वर्षीया पदककुमारी गुरुङको विसं २०५९ माघ २१ गते हत्या गरी फरार भएका सोही वडाका ३६ वर्षीय भरत सुनारलाई प्रहरीले बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । आरोपित सुनारलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा चितवनको राप्ती नपा–७ भवानीबजारबाट पक्राउ गरी ल्याइएको …

पुरा पढ्नुहॊस »

दोस्रो चरणको पेट्रोलियम अन्वेषण : चिनियाँ टोली नेपाल आउँदै

काठमाडौं । दोस्रो चरणको पेट्रोलियम अन्वेषण कार्यक्रमको लागि चिनियाँ प्रतिनिधिमण्डल यही सेप्टेम्बर महिनामा नेपाल आउने भएको छ । यसअघि गएको जुन महिनाको अन्तिम साता नेपाल आएको टोलीले दैलेख र पाल्पामा एकसरो अध्ययन गरेको थियो । अब आउने टोलीले दैलेखमा ड्रिलिङ्गको काम नै गर्ने खानी तथा भूगर्भ विभागका महानिर्देशक डा. सोमनाथ सापकोटाले बताए । महानिर्देशक सापकोटाका अनुसार अहिले आउने टोली दैलेखमा मात्रै केन्द्रित हुनेछ । उनले भने,‘‘यो सम्बन्धी काम आगामी डेढ …

पुरा पढ्नुहॊस »

Responsive WordPress Theme Freetheme wordpress magazine responsive freetheme wordpress news responsive freeWORDPRESS PLUGIN PREMIUM FREEDownload theme freeDownload html5 theme free - HTML templates Free Top 100+ Premium WordPress Themes for 2017 Null24Món ngon chữa bệnhCây thuốc chữa bệnhNấm đông trùng hạ thảo