समाचार

प्रधानन्यायाधीशलाई नेपाल बार एसोसिएसनले दियाे १५ दिने अल्टिमेटम

नेपाल बार एसोसिएसनले गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गराउन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अल्टिमेटम दिएको छ। शुक्रबार बसेको बार केन्द्रीय कार्यसमिति बैठकले अदालतमा विकृति, विसंगति, विचौलिया, भ्रष्टाचार नियन्त्रण गर्नका लागि स्वचालित पेसी प्रणाली लागू गराउन १५ दिनको समय दिएको हो। बारले अदालतको पेसी व्यवस्थापन र इजलास गठनका सम्बन्धमा भइरहेको व्यवस्थाबाट कतिपय गलत कार्यहरू भएकाले सोको सट्टामा स्वचालित पेसी प्रणाली लागू गराउन र सो प्रणाली लागू गर्न प्राविधिकरूपले केही समय लाग्ने भएमा सम्पूर्ण …

पुरा पढ्नुहॊस »

बाढी पहिरो अपडेटः मृत्यु हुनेकाे संख्या १११ पुग्याे, ३७ जना बेपत्ता

केही दिन अघिको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा आजसम्म १११ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार ३७ जना अझै बेपत्ता छन्। बाढीपहिरोमा परि प्रदेश १ मा ६५, वाग्मती प्रदेशमा १, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ३२ जनाको मृत्यु भएको हो। मुलुकभर गरेर कुल ४२ जना घाइते भएको प्रहरीले जनाएको छ। बाढी पहिरामा परी प्रदेश १ मा ११, २ मा …

पुरा पढ्नुहॊस »

पाउजु लुट्न महिलाकाे हत्या प्रयास, एक युवक पक्राउ

धनुषामा एक महिलाले लगाएको पाउजु लुट्न हत्याको प्रयास गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको विदेह नगरपालिका-६ गिद्धा बस्ने ५० वर्षीया जमुन देवीले खुट्टामा लगाएको पाउजु लुट्न हत्याको प्रयास गर्ने स्थानीय ३५ वर्षीय रामभजन महतोलाई प्रहरीले पक्राउ गरेको हो। शुक्रबार बिहान ११ बजे चौरमा घाँस काटिरहेका बेला जमुनको घाँटीमा छुरा रेटेर महतोले पाउजु लुट्ने प्रयास गरेका थिए। छुरा प्रहारले जमुनको घाँटीमा काटिएर रगत आएको देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराउँदै उपचारका …

पुरा पढ्नुहॊस »

प्रदेश १ ले आइतबार नयाँ मुख्यमन्त्री पाउने सम्भावना

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन संसदमा प्रस्ताव पेस गरेका छन्। प्रदेश १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको तेस्रो बैठकमा मुख्यमन्त्री आचार्यले प्रस्ताव पेस गरेका हुन्। संसदमा विश्वसको मत माग्न प्रस्ताव पेस गर्न रोस्ट्रममा पुगेका मुख्यमन्त्री आचार्यले केही दिनअघि गएको बाढीपहिरोबाट भएको धनजनको क्षति र प्रदेश सरकारले गरेका प्रयासका बारेमा जानकारी गराएका थिए। सरकारमा रहेको दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ। …

पुरा पढ्नुहॊस »

थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं  ।शुक्रबार थप ७०८   जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ७०८ जनामा संक्रमण पुष्टि भएको हो  । आज थप  ११ जनाको मृत्यु भएको छ भने ९३२ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.९ प्रतिशत रहेका छन्  । आज ९ हजार ३७६  जनाको नमुना  परीक्षण गरिएको थियो ।

पुरा पढ्नुहॊस »

सरकारले काममा गति पक्रन नसकेकाे भन्दै गगन थापाकाे असन्तुष्टि

सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन्। पूर्वमन्त्री समेत रहेका नेता थापाले सरकारले आफ्नो काममा गति पक्रन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन्। नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले दुई छिमेकी मुलुक भारत र चीनबाट फाइदा लिने मौका नचुकाउन पनि सरकारको ध्यानाकर्षण गराए। कांग्रेस नेता थापाले विद्युत खपत बढाउने विषयमा सोच्न पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे। …

पुरा पढ्नुहॊस »

कार दुर्घटनाबाट चालकको मृत्यु

सुनसरी ।सुनसरी बराहक्षेत्र नगरपालिका ३ बाङ्गे स्थित भित्री सडक खण्डमा ON TEST कार आफै अनियन्त्रित भई पल्टदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कार चालक बराहक्षेत्र नगरपालिका ६ चक्रघट्टीका ४० बर्षीय कृष्ण प्रसाद दाहाल रहेका छन् । विहीबार बेलुका  ८ बजे कालाबञ्जर देखि चक्रघटी तर्फ आउँदै गरेको सो कार  दुर्घटना हुँदा गम्भिर घाईते भएका दाहालको तत्काल स्थानिय नगर अस्पताल चक्रघटीमा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरी  जनाएको …

पुरा पढ्नुहॊस »

कर्णाली सरकारले बाढी पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई २ लाख दिने

कर्णाली प्रदेश सरकारले बाढी र बहिरो जस्ता विपद्मा परी मृत्यु भएका व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने भएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै बाढीपहिरोमा परी घाइतेहरुको उपचार खर्च प्रदेश सरकारले व्यहोर्नेसमेत निर्णय गरेको छ। जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा घाइतेहरु जुनसुकै अस्पतालमा उपचार गराए पनि त्यसको सम्पूर्ण खर्च प्रदेश सरकारले बेहोर्नेछ।

पुरा पढ्नुहॊस »

दुबईमा अलपत्र सात नेपालीको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पश्चात घर फर्केका छन्। बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुसल घर फकाईएको हो। दुबई गएकालाई नगरप्रमुख साहले त्यहाँ अलपत्र परेका हरिशङ्कर ठाकुर, प्रदीपकुमार, प्रकाश प्रसाद, बाबुचन पासवान, वशिष्ठ हजारा, मुकेश साह र रामअयोध्या कुर्मीलाई आफ्नै पहलमा घर फर्काएका हुन्। एजेन्ट सुरेन्द्र यादवमार्फत झुक्याएर पर्यटक (टुरिष्ट) भिसामा वैदेशिक रोजगारीका लागि युवा …

पुरा पढ्नुहॊस »

एमसीसी पास हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास हुनुपर्ने अडान दोहोर्‍याएका छन् । बेमौसमी वर्षाका कारण बाढी र पहिरोले पुर्‍याएको क्षति अवलोकन गर्न सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा एमसीसी अनुदानमा आधारित परियोजना भएको र नेपालको कानून मातहत हुने भएकाले कुनै संशय गर्नु नपर्ने बताए । ‘एमसीसी पास हुन्छ । यसमा संशोधन गर्नुपर्ने कुरै केही छैन । एमसीसीको बारेमा झूठा प्रचार गरिएको छ,’ …

पुरा पढ्नुहॊस »