अरुण गाउँपालिका १ प्याउली मरेङडाँडाका ३ बालबालिकाको एकै ठाउँ भएको हत्या अझै रहस्यमै छ । करिब दुई सातासम्म पनि घटनाको भित्री पाटो पहिल्याउन र दोषी पहिचान गर्न नसकिएपछि स्थानीय जनजीवन भयभीत बन्दै गएको छ । असार १० गते साँझ अचानक हराएका अरुण ३ का १६ वर्षीय रञ्जीव सापकोटा, १४ वर्षीया सुष्मा फुयाल र ८ वर्षीय प्रदीप फुयाल असार १२ गते बिहान साढे ७ बजे स्थानीय तोरन कार्कीको माछापोखरीमा डुबेको अवस्थामा …
पुरा पढ्नुहॊस »प्रधानमन्त्री शेरबहादुर देउवा बाढी प्रभावितको अवस्था बुझ्न सप्तरी जाँदै
प्रधानमन्त्री शेरबहादुर देउवा बाढी प्रभावितको अवस्था बुझ्न आज सप्तरी जाँदै छन् । पछिल्लो समयमा भएको अधिक बर्षाले महुली खोला भत्केपछि यस क्षेत्रका सयौं जनाको घरमा पानी डुबेको छ। प्रधानमन्त्री देउवाले भत्केको बाँधको अवलोकन र निरीक्षण गर्दै बाढीपीडितहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ ।
पुरा पढ्नुहॊस »पथरीशनिश्चरे नगरपालिकामा एमाले विजयी
उर्लाबारी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको प्रमुख तथा उपप्रमुख दुवै पदमा नेकपा (एमाले) विजयी भएको छ ।अन्तिम मत परिणामअनुसार नगरपालिकाकाे प्रमुखमा एमालेका दिलीपकुमार राईले नौ हजार ८७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गणेशकुमार खड्काले सात हजार २२४ मत ल्याए । उता उपप्रमुखमा पनि एमालकी यमुना विष्ट नौ हजार ९२६ मत ल्याएर विजयी भएको छ । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी प्रेमला राईले सात हजार ३४४ मत ल्यार्इन् …
पुरा पढ्नुहॊस »खजुरा गाउँपालिकामा एमाले विजयी
बाँके, बाँकेको खजुरा गाउँपालिकामा एमाले अध्यक्षमा किस्मतकुमार कक्षपतिले आठ हजार ७० मत प्राप्त गरी विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का डम्बर बिक तूफानले ६ हजार ८९२ मत ल्याएका छन् ।
पुरा पढ्नुहॊस »ओखलढुंगाका जनप्रतिनिधिले सपथ लिए
ओखलढुंगा । १ नगर र ७ गाउँपालिका रहेको ओखलढुंगाका निर्वाचित जनप्रतिनिधिहरुले सपथ लिएका छन् । सुनकोसी, चिसंखुगढी लगायत गाउँपालिकामा सपथ ग्रहण भइसकेको छ। जनप्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले सपथ गराएका हुन् ।
पुरा पढ्नुहॊस »रुपन्देहीको सियारी गाउँपालिकामा एमाले विजयी
रुपन्देही । जिल्लाको सियारी गाउँपालिकामा एमालेका उम्मेदवार अयोध्या थारूले ६ हजार ५२ मत ल्याएर अध्यक्षमा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका थानेश्वर घिमिरेले पाँच हजार ४०० मत ल्याएका छन् ।
पुरा पढ्नुहॊस »कपिलबस्तु र बाणगंगा नगरपालिकामा कांग्रेस विजयी
कपिलबस्तु । कपिलबस्तु नगरपालिकामा कांग्रेसका किरण सिंहले ९ हजार २५४ मत ल्याई मेयरमा विजयी भएका छन् । उपमेयरमा पनि कांग्रेसकै लक्ष्मी कसौधन ८ हजार ८६५ मतका साथ विजयी भएकी छन् । कपिलबस्तुमा मेयरको दोस्रो स्थानमा स्वतन्त्र छन् । कपिलबस्तु जिल्ला कै बाणगंगा नगरपालिकाको मेयरमा कांग्रेसका मंगलप्रसाद थारु विजयी भएका छन् भने उनले १५ हजार ७३८ मत प्राप्त गरे । उपमेयरमा भने एमाले विजयी भएको छ । उता उपमेयरमा एमालेका चक्रपाणी अर्याल १५ …
पुरा पढ्नुहॊस »कैलालीको भजनी नगरपालिकामा माओवादी विजयी
कैलाली । कैलालीको भजनी नगरपालिकामा माओवादी केन्द्रका शेरबहादुर चौधरीले ५ हजार २२८ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी फोरम लोकतान्त्रिकका केवल चौधरीले ५ हजार २५ ल्याएका छन् ।
पुरा पढ्नुहॊस »नेपालगन्जको मेयरमा राप्रपाका धवलसम्शेर, उपमेयरमा कांग्रेसकी उमा थापा विजयी
नेपालगन्ज । नेपालगन्ज उपमहमानगरपालिकाको मेयरमा राप्रपाका डा. धवलसम्शेर राणा तथा उपमेयरमा नेपाली कांग्रेसका उमा थापामगर विजयी भएका छन् । थापा नेपाल प्रेस युनियनकी पूर्व केन्द्रीय सदस्य हुन् । स्थानीय निर्वाचनमा राणाले १२ हजार ५ सय १५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका डा. सुरेशकुमार कनोडियाले ८ हजार ७ सय ३० मत प्राप्त गरे । यसपटक मेयरमा जितेका राणा २०५४ सालमा नेपालगन्जको मेयर बनिसकेका छन् ।डा. राणा तत्कालीन …
पुरा पढ्नुहॊस »चितवनमा यात्रुबाहक बस दुर्घटनाः ३ जनाको मृत्यु
चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्टारस्थित पृथ्वी राजमार्गमा मंगलबार बिहान यात्रुबाहक बस दुर्घटना हुदाँ घाइते भएका सातमध्ये तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केन्द्रीय कार्यदल काठमाडौँमा कार्यरत प्रहरी जवान राजकुमार थारु, निजकी तीन महिनाकी छोरी र कैलालीका चालक ४० वर्षीय दिनेश रानामगरको मृत्यु भएको छ ।अन्य घाइते मध्ये मृतक थारुकी श्रीमती गम्भीर छिन् भने अन्य तीनजनाको अवस्था सामान्य छ ।
पुरा पढ्नुहॊस »