समाचार

प्रदेश १ : ५९ जनाको स्वाब टेष्ट, ४२ को रिपोर्ट नेगेटिभ

काठमाडौं । प्रदेश नं १ मा कोभिड १९ को आशंकामा बिहीबारसम्म ५९ जनाको स्वाब टेष्ट गरिएकामा ४२ को रिपोर्ट नेगेटिभ आएको छ । बाँकीको रिपोर्ट आज आउने त्यहाँको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सुरेश मेहताले झापाबाट पाँच, मोरङबाट नौ, सुनसरीबाट २५, धनकुटाबाट र संखुवासभाबाट एकएक, तेर्हथुम, भोजपुर र ओखलढुङ्गाबाट दुई-दुई, सोलुखुम्बुबाट पाँच, उदयपुरबाट चार र पाँचथरबाट तीन शङ्कास्पद व्यक्तिको स्वाब नमूना सङ्कलन गरिएको …

पुरा पढ्नुहॊस »

कोरोना पुष्टि भएकी ६५ वर्षीया महिलाको उपचार सुरु, अवस्था सामान्य

बाग्लुङ । कोरोना संक्रमण पुष्टि भएकी बागलुङकी ६५ वर्षीया महिलाको धौलागिरी अञ्चल अस्पतालमा उपचार शुरु गरिएको छ । उनको अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ । होम क्वारेन्टाइनमा बस्दै आएकी उनलाई कारोना संक्रमण पुष्टि भएपछि हिजोनै आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । उनी चैत ४ गते बेल्जियम हुँदै कतारको दोहाबाट नेपाल आएकी थिइन ।उनी बेल्जियममा रहेकी छोरीलाई भेटेर फर्किएकी थिइन् । छोरी भेटेर दुई सातामै नेपाल फर्किएकी महिलामा कुनै लक्षण …

पुरा पढ्नुहॊस »

कोरोना संक्रमणबाट अमेरिकामा अर्का एक नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणको कारण अमेरिकामा अर्का एक जनाको मृत्यु भएको छ। ७१ वर्षीय नेपाली नागरिकको कोलोराडोमा निधन भएको अमेरिकास्थित नेपाली संघ संस्थाहरुले जनाएका हुन् । कोरोना भाइरसबाट संक्रमित उनलाई एक साताअघि कोलोराडोको एक अस्पतालमा भर्ना गरिएको थियो । नेपाली दुतावासले विहीवार नेपाली समुदायसँग आयोजना गरेको कन्फरेन्स कलमा कोलोराडोबाट यसको जानकारी गराइएको थियो । करिब १० हजार मानिस बसोबास गर्ने कोलोराडोमा अरु दुई नेपालीलाई पनि कोरोना संक्रमण भएको बताइएको …

पुरा पढ्नुहॊस »

अब दैनिक ज्यालादारी र विपन्न वर्गले ३० केजी चामलसहित खाद्य सामग्री पाउने

काठमाडौं । उपत्यकाका स्थानीय निकायहरुले विपन्न तथा ज्यालादारी मजदुरका परिवारलाई ३० किलोग्राम चामल उपलब्ध गराउने भएका छन् । उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यकाका ज्यालादारी मजदुर र विपन्न परिवारलाई ३० किलोग्राम चामल राहत उपलब्ध गराउने निर्णय गरेका हुन् । कोरोना भाइरसका कारण डेढ सातादेखि मुलुक लकडाउन हुँदा दैनिक ज्यालादारीमा काम गरी खाने वर्गलाई हातमुख जोर्न नै धौधौ भएको भन्दै फोरमले उक्त निर्णय गरेको जनाएको छ । फोरमको हिजो बिहीबार बसेको बैठकले …

पुरा पढ्नुहॊस »

खुकुलो बन्यो लकडाउन : उद्योग सञ्चालन गर्न दिइने, किसानलाई बाली लगाउन नरोकिने

काठमाडौं । केही दिनअघि मात्र लकडाउनको अवधि थप गरेको सरकारले अब लकडाउनलाई केही खुकुलो बनाउने भएको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई खकुलो बनाउँदै खाद्य तथा अत्यावश्यक वस्तु र ठूला आयोजनाहरुलाई सञ्चालन गर्न दिने निर्णय गरेको हो । अति आवश्यक वस्तुको उत्पादन गर्ने स्वदेशी उद्योगहरू चल्न दिने निर्णय पनि गरेको छ । तर उद्योगहरूले कामदारहरूलाई स्वास्थ्यका मापदण्ड पूरा गरेर उद्योगभित्रै राख्ने व्यवस्था …

पुरा पढ्नुहॊस »

कोरोना प्रकोप : विश्वभर ५२ हजार बढीको मृत्यु, संक्रमितको संख्या १० लाख नाघ्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वरभर मृत्यु हुनेकाे संख्या ५२ हजार नाघको छ भने संक्रमितको संख्या १० लाखभन्दा माथि पुगेको छ । अमेरिकास्थित जन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार कोरोनाका कारण अहिलेसम्म ५२ हजार ९ सय ८३ जनाको मृत्यु भएको छ । यसैगरी विश्वभर १० लाख २ हजार २ सय ८५ संक्रमित भएका छन् । अमेरिकामा सबैभन्दा धेरै २ लाख ४३ हजार ४ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ । …

पुरा पढ्नुहॊस »

प्रधानमन्‍त्रीलाई विश्वप्रकाशको प्रेमपत्र :श्रमजीवी पत्रकारको चुल्हो क्रमश लक्ड हुनसक्छ लक डाउन लम्बिए।

काठमाडौं । अहिले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रहेकाे छ। यसैक्रममा काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीलाई उनको इमेलमा पत्र प्रेषित गरेका छन् । शर्माले प्रधानमन्त्रीलाई लेखेको प्रेमपत्र जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएकाे छ ।   सम्माननीय प्रधानमन्त्रीज्यू, सर्वप्रथम यहाँको उच्च मनोबलको प्रशंसा गर्दै स्वास्थलाभ कामना गर्दछु। विश्वब्यापी रूपमा फैलिएको कोरोनाको जोखिमसँग जुध्न यतिबेला अन्य सबै राजनीतिक विमती थाती राखेर हामी यहाँको साथमा उभिएका छौं र ‘सरकारमा संगै नरहेर …

पुरा पढ्नुहॊस »

नेपालमा भेटिए छैटौं कोरोनाका संक्रमित

काठमाडौं । नेपालमा कोरोना भाइरसको छैटौं संक्रमित भेटिएका छन् । छैटौं व्यक्ति पनि चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्युआर ६५२ मा नेपाल आएकामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको  संख्या ६ जना पुगेको छ। पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट  मृत्यु हुनेको संख्या ४८ हजार २ सय  ९० पुगेको छ भने ९ लाख ५० हजार ६ सय ३९ जना हाल सङ्क्रमित रहेका छन् ।

पुरा पढ्नुहॊस »

कोरोना भाइरस अपडेट : मृत्यु हुनेको संख्या ४८ हजार २ सय  ९० पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट  मृत्यु हुनेको संख्या ४८ हजार २ सय  ९० पुगेको छ भने ९ लाख ५० हजार ६ सय ३९ जना हाल सङ्क्रमित रहेका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या  क्रमश  इटली, स्पेन  ,अमेरिका र फ्रान्स छ। इटालीमा हालसम्म १३ हजार १ सय ५५   जनाको, स्पेनमा१० हजार …

पुरा पढ्नुहॊस »

३ दिनको शिशुमा कोरोना संक्रमण

एजेन्सी। भारतको महराष्ट्रमा तीन दिनको शिशुमा कोरोना भाइरसको संक्रमण भएको छ ।२६ वर्षीया आमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।साथै,२६ वर्षीया  शिशुको  आमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। परिवारले भने अस्पतालको लापरवाहीका कारण आमा र शिशुमा कोरोना भाइरस संक्रमण देखिएको आरोप लगाएकाे छ । परिवारका अनुसार आमा र नवजात शिशु राखिएको बेडमा पहिला कोरोना संक्रमित राखिएको थियो। त्यही बेडमा आमा र शिशु राख्दा संक्रमण देखिएको हो ।

पुरा पढ्नुहॊस »

Responsive WordPress Theme Freetheme wordpress magazine responsive freetheme wordpress news responsive freeWORDPRESS PLUGIN PREMIUM FREEDownload theme freeDownload html5 theme free - HTML templates Free Top 100+ Premium WordPress Themes for 2017 Null24Món ngon chữa bệnhCây thuốc chữa bệnhNấm đông trùng hạ thảo