चलचित्र

‘जिरो’पछि अनुष्का मौन, नयाँ फिल्म नखेल्नुकाे कारण

चलचित्र ‘जिरो’ असफल भएपछि यसका निर्माता तथा नायक साहरुख खानले कुनै पनि नयाँ चलचित्रमा काम गरेका छैनन । साहरुखले मात्र होइन चलचित्रकी नायिका अनुष्का शर्माले पनि कुनै चलचित्र साइन नगरेर बसेकी छिन् । अनुष्काले नयाँ चलचित्र साइन नगर्दा उनको मौनताको कारणबारे उनका फ्यान उत्साहित छन् । अनुष्काले भनेकी छिन्–‘यो फैसला मैले सोचेर नै लिएकी हुँ । म चलचित्र ‘जिरो’पछि केही समय ब्रेक लिन चाहन्थेँ । मैले बिहेपछि ‘सुई धागा र …

पुरा पढ्नुहॊस »

जब राखी सावन्तको विवाहको खबर भाइरल 

एजेन्सी । बलिउडकी आइटम गर्ल तथा अभिनेत्री राखी सावन्तले गोप्य तरिकाले मुम्बईको जे डब्लू मेरियट होटलमा विवाह गरेको खबर भाइरल फैलिएकाे छ । केही अनलाइन पत्रिकामा तस्वीर सहितको एउटा समाचार प्रकाशित गर्दै राखीले एक जना एनआरआईसंग विवाह गरेको खबर प्रकाशित गरेका थिए । याे समाचार भाइरल भैरहेको बेला अभिनेत्री सावन्तले उक्त खबर सरासर झुटो भएको दावी गरेकी छिन् । वैवाहिक समारोहमा परिवारका ४-५ जना सदस्यमात्रै उपस्थित भएको तथा विवाहको खबर …

पुरा पढ्नुहॊस »

छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडाै । निर्माता छविराज ओझा तथा नायिक शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । काठमाडौं टेकुका प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार ‘हेमा ओझाले दिएको जाहेरीको आधारमा महिला सेल, कालिमाटीले अनुसन्धान थालेको छ’, उनले भने, ‘अहिले हामी दुवैलाई खोजी रहेका छौं ।’

पुरा पढ्नुहॊस »

ऋचाको ‘सुपर गोर्खे’ साउन १० देखि प्रदर्शनमा आउने

काठमाडौँ । नायिका ऋचा सिंह ठकुरीको ‘सुपर गोर्खे’ साउन १० देखि प्रदर्शनमा आउने भएको छ । राज थापाको निर्देशनमा तयार भएको फिल्ममा ऋचा सिंह ठकुरी, सुरज सिंह ठकुरी, निराजन लुइटेल, भूपेन्द्र क्षेत्र, भानु विष्ट, सचिन केसी, उत्तम विष्ट, मनोज राई लगायत कलाकारको अभिनय रहेको छ ।

पुरा पढ्नुहॊस »

छवि ओझा विरूद्ध शिल्पा पोखरेलले दिइन् घरेलु हिंसाको उजुरी

निर्माता छविराज ओझा विरूद्ध पत्नी तथा अभिनेत्री शिल्पा पोखरेलले घरेलु हिंसाको उजुरी दिएकी छन् । शिल्पाले काठमाडौं प्रहरी परिसरमा घरेलु हिंसा गरेको उजुरी दिएकी हुन्। उजुरी परेपछि छलफलका लागि उनीहरू दुबैलाई आज बुधबार दिउँसो परिसर बोलाएको प्रहरीले जनाएको छ। अभिनेत्री रेखा थापासँग डिभोर्स गरेपछि निर्माता ओझाले अभिनेत्री पोखरेलसँग करिब २०७३ सालको दशैंमा सुटुक्क विवाह गरेका थिए। विवाह गरे पनि उनीहरूले सो विवाहलाई तत्कालै गरेको भनेर सार्वजनिक गरेका थिएनन्। गत वर्षमात्र …

पुरा पढ्नुहॊस »

‘कबड्डी कबड्डी कबड्डी’को टिजर रिलिज

काठमाडौँ । चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक गरिएको छ । चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, रीश्मा गुरुङ, विल्सन विक्रम राई, वुद्दि तामाङ, बिजय बराल लगायतका कलाकारको मुख्य भूमिका छ ।

पुरा पढ्नुहॊस »

चलचित्र ‘भूईंमान्छे’ युट्युबमा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘भूईंमान्छे’ युट्युबमा रिलिज गरिएको छ । नवराज बुढाथोकीको निर्देशन रहेको चलचित्र चलचित्र ‘भूईंमान्छे’ युट्युबमा रिलिज गरिएको हो । चलचित्र ‘भूईंमान्छे’मा रमेश बुढाथोकी र सिपोरा गुरुङ मुख्य भूमिकामा छन् । सिपोरा भलिबल खेलाडी पनि हुन् । https://www.youtube.com/watch?v=N06M_-Q-Q1Y  

पुरा पढ्नुहॊस »

नाई नभन्नु ल – ५ युट्युवमा (पूरा फिल्मसहित)

काठमाडौं । चलचित्र ‘नाई न भन्नु ल ५’ युट्युववाट सार्वजनिक भएको छ यो फिल्म युटुबमा आएको दोस्रो दिनमै ट्रेडिङ्ग वानमा आएको छ । पहिलो नम्वरमा रहेको गलबन्दी गीतलाई विस्थापित गर्दै ‘नाईं नभन्नू ल ५’ ट्रेडिङ्गको पहिलो नम्वरमा आएको हो । युटुवमा हेर्ने दर्शकले फिल्मको वारेमा राम्रो प्रतिक्रिया दिएका छन् । विकासराज आचार्यको निर्देशन रहेको उक्त फिल्म यो समाचार तयार पार्दा ३२ लाख ६१ हजार बढि दर्शकले हेरिसकेका छन् । यस चलचित्रमा …

पुरा पढ्नुहॊस »

चलचित्र ‘२ रुपैयाँ’ युट्युबमा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘२ रुपैयाँ’को युट्युब रिलिज गरिएको छ । अशिम शाहले निर्देशन गरेको चलचित्रमा निश्चल बस्नेत, आशिफ शाह, बुद्धी तामाङ, रविन्द्र झा, मेनुका प्रधान लगायत कलाकार मुख्य भूमिकामा छन् । चलचित्र ‘२ रुपैयाँ’को गीत ‘कुटुमा कुटु’ नेपालमा युट्युबमा सबैभन्दा धेरै हेरिएको गीत हो । यो गीत १० करोडभन्दा धेरै पटक हेरिएको छ ।

पुरा पढ्नुहॊस »