स्वास्थ्य

जिल्ला संकट व्यवस्थापन केन्द्रलाई २५ लाखको स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

मलंगवा। जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)सर्लाहीलाई जिल्ल्लामा कार्यरत विभिन्न गैर सरकारी संस्थाहरुको साझेदारीमा कोभिड–१९ प्रतिकार्यका लागि अक्सिजन सिलिण्डर, कन्सेट्रेटर सहित २४ लाख ९१ हजार ५५२ रुपैंया बराबरको स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण भएको छ । अष्ट्रेलियन एडको सहयोगमा वर्ल्ड भिजन ईन्टरनेशनल, बागमती सेवा समाज, हरिवन र राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र ९आरआरपीके० मलंगवाका प्रतिनिधिले संयुक्त रुपमा शनिबार उक्त सामग्री केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी हेमराज तामाङलाई हस्तान्तरण गरिएको हो । वर्ल्ड …

पुरा पढ्नुहॊस »

मिदासको ‘मेरो डाक्टर’ अनलाइन भिडियो परामर्श शुरू

कोभिडसँग सम्बन्धित परामर्श निःशुल्क काठमाडौं । कोभिड-१९ महामारीसँगैको जारी बन्दाबन्दीले हिँडडुलमा कठिनाइ भइ धेरै बिरामीहरू आफ्नो नियमित स्वास्थ्य परिक्षणका लागि अस्पताल वा चिकित्सकको सम्पर्कमा आउन नसकेको अवस्थालाई मध्यनजर गर्दै मिदासले ‘मेरो डाक्टर’ एप मार्फत अनलाइन भिडियो परामर्श बिहीवारदेखि शुरू गरेको छ । समयमै उपचार वा परामर्शबाट बन्चित हुनुपर्दा बिरामीहरूको रोग बढी च्यापिसकेको अवस्थामा पुग्ने जोखिमलाई न्यूनीकरण गर्न र बिरामीहरूको चिकित्सक वा अस्पतालसँगको सम्पर्क स्थापित गर्न यो अनलाइन भिडियो परामर्श सेवा …

पुरा पढ्नुहॊस »

कोभिड महामारीः भाइरसको उत्पत्तिबारे पारदर्शी छानबिन गर्न डब्ल्यूएचओलाई अमेरिकाको आह्वान

काठमाडौं ।  विश्वभरि महामारी निम्त्याएको कोरोनाभाइरसको उत्पत्तिबारे विश्व स्वास्थ्य सङ्गठनलाई पारदर्शी छानबिन गर्न अमेरिकाले आह्वान गरेको छ। अमेरिकी स्वास्थ्यमन्त्रीले कोभिड-१९ बारे अर्को चरणको छानबिन पारदर्शी भएको सुनिश्चित गर्न डब्ल्यूएचओलाई आग्रह गरेका हुन्। अमेरिकी सञ्चारमाध्यमहरूमा भाइरस चीनको वुहानस्थित प्रयोगशालाबाट निस्किएका सम्बन्धमा प्रमाणहरू बढ्दो देखिएका विवरणहरू आएका छन्। कोभिड-१९ सबैभन्दा पहिला सन् २०१९ मा चीनको केन्द्रीय हुबेई प्रान्तको वुहानमा देखा परेको थियो। त्यस यता उक्त भाइरसबाट विश्वभरि १६ करोड ७० लाख मानिस …

पुरा पढ्नुहॊस »

गोरखा र चितवनका ग्रामीण भेगका स्वास्थ्य केन्द्रलाई लक्ष्मण बाबु ट्रष्टद्धारा स्वास्थ्य साम्रग्री प्रदान

काठमाडौं । लक्ष्मण बाबु मेमोरियल ट्रष्टले गोरखा र चितवनका ग्रामीण भेगका स्वास्थ्य केन्द्रलाई ८ थान अक्सिजन कन्सेन्ट्रेक्टर स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । सामाजिक उत्तरदायित्व अर्नतगत जिल्लाका ग्रामिण भेगमा संचालित स्वास्थ्य सेवालाई यो सामाग्री उपलब्ध गराएको हो । कोभिड १९ विरुद्ध लड्न सक्ने वातावरण बनाउन लक्ष्मण बाबु ट्रष्टले यस्तो पहल गरेको हो । ट्रष्टले मनकामना हेल्थ पोष्ट १, घैरुङग अस्थायी कोभिड अस्पताल २, बुंगकोट हेल्थ पोष्ट १, माई मनकामना सहकारी …

पुरा पढ्नुहॊस »

सिंगापुरबाट १३ टन कोभिड–१९ सम्बन्धी सहायता नेपाल आई पुग्यो

काठमाडौं ।  देशमा फैलिएको कोभिड–१९ महामारीसँग लड्नका लागि १३ टन भन्दा बढी मेडिकल कार्गो लिएर नेपाल वायुसेवाको चार्टर उडान सिंगापुरबाट जेठ ८ गते काठमाडौं आई पुगेको छ । तामासेक फाउण्डेशन सिंगापुर, लोटस लाइफ फाउण्डेशन सिंगापुर, गोर्खा ब्रुअरी प्रा.लि. का साथै नेपाल सरकार, विभिन्न मन्त्रालयहरू, कूटनीतिक नियोगहरू र नेपाली प्रवासीसँग घनिष्ठ सहकार्यद्वारा गरिएको सहयोगबाट यो सम्भव भएको छ । करिब ३ मिलियन सिंगापुर डलर (करिब २५ करोड नेपाली रुपैयाँ) को संयुक्त …

पुरा पढ्नुहॊस »

जुनसुकै बेला स्वास्थ्य आपतकाल घोषणा गर्न सकिने, मापदण्ड उल्लंघन गर्नेलाई कारबाही

काठमाडाैं ।  सरकारले जुनसुकै बेला स्वास्थ्य आपतकाल घोषणा गर्न सक्ने भएको छ । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको र शुक्रबार राजपत्रमा प्रकाशित भएकाे ‘कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ अनुसार सरकारले जुनसुकै बेला स्वास्थ्य आपतकाल घोषणा गर्न सक्ने भएको हो । अध्यादेशको दफा ३ मा  ‘कोभिड-१९ को सङ्क्रमणको कारण जनस्वास्थ्यमा गम्भीर प्रभाव परेमा वा पर्न सक्ने देखिएमा सोको रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि नेपाल सरकारले नेपाल …

पुरा पढ्नुहॊस »

भारतमा घट्दै कोरोना संक्रमण दर

नयाँदिल्ली । भारतमा कोरोना संक्रमणको दरमा केही कमी आउन थालेको छ । दैनिक ४ लाखसम्म कोरोना संक्रमित थपिने गरेकोमा यो संख्यामा अहिले केही कमी आएको छ । पछिल्लो २४ घण्टामा २ लाख ७६ हजार ११० जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा भारतमा ३ हजार ८७४ संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । भारतमा हालसम्म २ लाख ८७ हजार १२२ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । …

पुरा पढ्नुहॊस »

उपत्यका बाहिर गएकाले भेरोसिलको दोस्रो डोज कसरी लगाउने ?

काठमाडौँ । कोभिड-१९ विरुद्धको चिनियाँ खोप भेरोसिलको दोस्रो मात्रा लगाउनुपर्नेहरुलाई विवरण टिपाउन आग्रह गरिएको छ । पहिलो मात्रा लगाएर गाउँ गएका नागरिकलाई आफ्नो विवरण स्थानीय तहको स्वास्थ्य शाखामा टिपाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयले त्यसरी संकलन गरिएको लगत स्वास्थ्य सेवा विभागमा पठाउन पनि सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ । ‘हालको संक्रमणको अवस्था र जिल्ला अनुसार निषेधाज्ञा भएकोले आवतजावतमा संवेदनशिल हुनुपर्ने अवस्था छ । त्यसैले …

पुरा पढ्नुहॊस »

नेपाली युवा उद्यमी मञ्च वीर र शिक्षण अस्पताललाई अक्सिजन सिलिन्डर प्रदान

काठमाडौँ । नेपाली युवा उद्यमी मञ्च ( एन.वाइ.इ.एफ.) एउटा गैर नाफामूखी संस्था हो, यसको स्थापना सन् २००३ मा भएको हो । यस संस्थाको मुख्य उद्देश्य युवा उद्यमीहरुबीच विचारको आदान प्रदान गर्नु र व्यवसाय सञ्चालनको लागि आवश्यक पर्ने ज्ञान, सिप, शिक्षा, साझेदारी तथा तालिमहरु उपलब्ध गराउनु रहेको छ । हाल एन.वाइ.इ.एफ. को एपेक्स बडी (केन्द्रीय कार्य समिति) मा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी युवा उद्यमीहरुको सहभागिता रहेको छ र ६ सय …

पुरा पढ्नुहॊस »

तातोपानी आइपुग्यो १८ हजार अक्सिजन सिलिन्डर

काठमाडौं, २ जेठ । चीन सरकारले सहयोग प्रदान गरेको १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाका आईपुगेको छ । सरकारलाई आज–भोलि नै हस्तान्तरण गर्ने चिनियाँ पक्षको तयारी छ । चीनले सिलिण्डरका साथै अन्य स्वास्थ्य सामाग्री सरकारलाई सहयोग स्वरुप उपलव्ध गराएको हो । चीनले उपलब्ध गराएको अरु दुई हजार थान सिलिण्डर नेपाल एयरलाइन्सको जहाजबाट काठमाडौं ल्याउने तयारी छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले १८ हजार थान सिलिण्डर छिटोभन्दा छिटो काठमाडौं ल्याउने विषयमा …

पुरा पढ्नुहॊस »