विदेश

अष्ट्रेलियामा शक्तिशाली भूकम्प

सिड्नी । अष्ट्रेलियाको उत्तरपश्चिमी क्षेत्रमा आइतबार बिहान शक्तिशाली भूकम्प आएको छ । हिन्द महासागरको १० किलोमिटर तल केन्द्रविन्दु रहेको उक्त भूकम्प ६.६ म्याग्नीच्युडको रहेको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् ।भूकम्पका कारण भएकाे क्षतिको विवरण सार्वजनिक गरिएको छैन ।

पुरा पढ्नुहॊस »

टर्की र अमेरिकाबीच चिसियो सम्बन्ध

वासिंटन । अमेरिकाको विरोधका बीच टर्कीले रुससँग किनेको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको पहिलो ढुवानी प्राप्त गरेको छ । रुससँग किनेको एस–४०० प्रतिरक्षा प्रणालीको पहिलो ढुवानी टर्कीले अंकरा विमानस्थलमा प्राप्त गरेको हो । टर्कीले यसअघि अमेरिकी लडाकु विमान ‘एफ–३५’ खरिद गरेको थियो । अमेरिकाले अमेरिकी एफ–३५ विमान र रुसी एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली सँगै राख्न नपाउने बताउँदै आएको छ । तर, टर्कीले अमेरिकी लडाकू विमान र रुसी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली एकसाथ राख्ने …

पुरा पढ्नुहॊस »

पाकिस्तानमा रेल जुध्यो, १० जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानमा बिहीबार बिहानै दुईवटा रेल एकआपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ६० जनाभन्दा बढी घाइते भएका छन् । पाकिस्तानी रेल अधिकारीहरुका अनुसार पंजाब प्रान्तको रहिम यार खानमा दुईवटा रेल जुधेका थिए । प्रहरीका अनुसार लाहोरबाट आइरहेको यात्रुबाहक रेल र चौबाटो (क्रसिङ) मा रोकिराखेको सामान ढुवानी गर्ने रेल एकआपसमा जुधेका थिए । स्थानीय प्रहरी अधिकृत ओमार सलामतले जियो न्यूजलाई दुर्घटनाका बारेमा प्रतिक्रिया दिँदै दुर्घटनास्थलबाट कम्तीमा …

पुरा पढ्नुहॊस »

गुगल र फेसबुकबारे फ्रान्समा ल्याउन लागिएको नयाँ नीतिबारे अनुसन्धान गर्न ट्रम्पको निर्देशन

वाशिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी टेक कम्पनीमाथि फ्रान्सले लगाउन लागेको ट्याक्सको सम्बन्धमा अनुसन्धान गर्न निर्देशन दिएका छन् ।  अमेरिकी व्यापार प्रतिनिधिले डिजिटल सर्भिस टयाक्सका बारेमा अमेरिकाको निकै चासो रहेको उल्लेख गर्दै यसले अनुचित ढंगले अमेरिकी कम्पनीलाई लक्षित गर्ने जनाएका छन् । फ्रान्सको संसदले आज विहीबार सो सम्बन्धी ट्याक्स स्वीकृत गर्ने अपेक्षा गरिएको छ । फ्रान्सको नयाँ कदमले गुगल र फेसबुक जस्ता अमेरिकी कम्पनी प्रभावित हुन सक्नेछन् ।  फ्रान्सको नयाँ …

पुरा पढ्नुहॊस »

बेलायती राजदूतसँग कुनै व्यवहार नगरिने : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वासिङ्टनस्थित वेलायती राजदूत सर किम डोरोचसँग आफूहरुले व्यवहार नगर्ने बताएका छन् ।बेलायती राजदूत किमले ट्रम्प प्रशासनको आलोचना गरेपछि राष्ट्रपति ट्रम्पले अब उहाँमाथि आफूले कुनै व्यवहार नगर्ने बताएका हुन । आफ्ना केही इमेल लिक भएपछि राजदूत किमले अमेरिकी ट्रम्प प्रशासनलाई अकुशल र अयोग्य भन्दै आलोचना गरेका थिए । बेलायती राजदूतको भनाइलाई लिएर आक्रोसित बनेका ट्रम्पले ट्वीट गर्दै बेलायती प्रधानमन्त्री टेरिजा मेको पनि आलोचना गरेका छन् …

पुरा पढ्नुहॊस »

अमेरिकाको क्यालिफोर्नियामा ७.१ म्याग्निच्युडको भूकम्प

काठमाडाैँ । अमेरिकाको क्यालिफोर्नियामा पुनः शक्तिशाली भूकम्प गएको छ । क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा रहेको मरुभूमि क्षेत्र केन्द्रविन्दु भएर ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी जिओलोजिकल सर्वे (युएसजिएस) ले जनाएको छ । पछिल्लो दुई दशक यताकै शक्तिशाली कम्पन रहेको युएसजिएसले उल्लेख गरेको छ । भूकम्पको केन्द्रविन्दु लस एन्जलसबाट झण्डै २४० किलोमिटर उत्तर पूर्वमा अवस्थित रिड्गेक्रेस्ट शहर नजिक रहेको जनाइएको छ । स्थानीय समय अनुसार शुक्रबार बेलुका सात बजेर १३ मिनेट जाँदा …

पुरा पढ्नुहॊस »

चीनमा बेरोजगार दर ४ दशमलव ९ प्रतिशतमा झर्‍यो, उकालो लाग्यो अर्थतन्त्र

काठमाडौं । चिनियाँ राष्ट्रिय तथ्यांक ब्यूरोले बेरोजगारीको दर ४ दशमलव ९ प्रतिशतमा झरेको जनाएको छ । नयाँ चीन स्थापना भएको ७० वर्षयता रोजगार वृद्धि हुँदै गएर सन् २०१८ सम्म ४ दशमलव ९ प्रतिशत झरेको ब्यूरोजले जनाएको हो । ब्यूरोका अनुसार सन् २०१८ को अन्तमा चीनको रोजगारीको संख्या ७७ अर्ब पुगेको र यो चीनको हालको कूल जनसंख्याको आधाभन्दा बढी हो । रोजगारीका संरचनामध्ये दोस्रो र तेस्रो उद्योगको रोजगारीको अनुपात क्रमशः तीस …

पुरा पढ्नुहॊस »

लिबियामा मारिने आप्रवासीको संख्या ५३ पुग्यो

ट्रिपोली । लिबियामा गएको मंगलबार विद्रोहीको आक्रमणमा परेर मृत्यु हुने आप्रवासीको संख्या ५३ पुगेको छ । संयुक्त राष्ट्र संघको स्थानीय कार्यालयले सो कुरा जनाएको हो । बुधबार संयुक्त राष्ट्र संघको मिसनले घटनास्थलको भ्रमण गरेको थियो । राष्ट्र संघले हिरासतमा लिएका अन्य व्यक्तिलाई छोड्न र उनीहरुलाई सुरक्षित स्थानमा लग्न आग्रह गरेको छ । सो घटनामा परेर सन्तोष श्रेष्ठ नामका लमजुङका एक जना नेपालीको मृत्यु भएको छ भने ८ जनालाई नेपाल फर्काइएको …

पुरा पढ्नुहॊस »

होण्डुरसमा डुंगा डुब्दा कम्तिमा २६ जनाको मृत्यु

काठमाडाैँ । होण्डुरसमा माछा मार्न गएका मानिसहरु चढेको डुंगा डुब्दा कम्तिमा २६ जनाको ज्यान गएको छ । होण्डुरसको तटीय क्षेत्रमा माछा मार्न गएका मानिसहरु चढेको डुंगा डुबेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उद्धारकर्मीले ४७ जनालाई सकुशल उद्धार गरेका छन् । होण्डुरसको पूर्वी क्षेत्र मोस्क्वीटीको क्यारबियन तटमा डुंगा डुबेको हो । सरकारले माछा मार्न लगाएको प्रतिबन्ध फुकुवा गरेपछि ७० टनको डुंगामा मछुवारहरु माछा मार्न गएका थिए । …

पुरा पढ्नुहॊस »

हङकङको संसद्मै घुसे प्रदर्शनकारी

बीबीसी । विवादित पत्यर्पण विधेयकको विरोध गरिरहेका प्रदर्शनकारी सोमबार हङकङको संसद् भवनमै घुसेका छन् । त्यहाँ प्रवेश गरेका प्रदर्शनकारीले तोडफोडसमेत गरेको बीबीसीले जनाएको छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठी प्रहार गरेको समाचारमा उल्लेख छ । हङकङमा यो विधेयकका विरोधमा केही समयदेखि विरोध हुँदै आएको छ । उक्त विधेयक पारित भए अभियुक्तलाई अनुसन्धानका लागि चीन पठाउन सकिनेछ । त्यसको विरोधमा जनताले आन्दोलन जारी राखेका छन् ।

पुरा पढ्नुहॊस »

Responsive WordPress Theme Freetheme wordpress magazine responsive freetheme wordpress news responsive freeWORDPRESS PLUGIN PREMIUM FREEDownload theme freeDownload html5 theme free - HTML templates Free Top 100+ Premium WordPress Themes for 2017 Null24Món ngon chữa bệnhCây thuốc chữa bệnhNấm đông trùng hạ thảo