आर्थिक

सिभिल बैंकका कर्मचारीले गरे जेष्ठ नागरिकलाई सहयोग

काठमाडाैं । सिभिल बैंक तुलसीपुर शाखाका कर्मचारीहरूले जेष्ठ नागरिकको जीवनयापनमा सहजता आओस् भनेर खाद्यान्न सहयोग गरेका छन् । सोमबार तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ रझेनास्थित वृद्ध सेवा समितिमा पुगेर उनीहरूले दैनिक उपभोग्य वस्तुहरू हस्तान्तरण गरेका हुन् । सिभिल बैंक तुलसीपुर शाखाका अपरेशन इञ्चार्ज यज्ञराज विनाडीले कर्मचारीहरूले आपसमा रकम संकलन गरी जेष्ठ नागरिकलाई उक्त सहयोग प्रदान गरेको जानकारी दिए । बैंकका प्युठानस्थित विजुवार शाखाका प्रमुख नवीन डाँगी, सल्यान शाखाका नवीन कडायतले व्यक्तिगत …

पुरा पढ्नुहॊस »

असोज १२ गते बैंकलाई नयाँ नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैका लागि नयाँ नोट आगामी १२ गतेदेखि बैंकहरुलाई वितरण गर्ने भएको छ । नयाँ नोट वितरणको काम विगतको भन्दा सहज बनाउन आगामी १२ गतेदेखिनै बैंकहरुलाई वितरण गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । आगामी ११ वा १२ गतेदेखि बैंकहरुलाई नयाँ नोट वितरण गर्ने तयारी गरिएको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए । सर्वसाधारणलाई भने कहिलेदेखि नयाँ नोट वितरण गर्ने भन्ने विषयमा निर्णय भइनसकेको प्रवक्ता पौडेलकाे …

पुरा पढ्नुहॊस »

नबिल बैंकबाट तत्कालै यात्रा स्वास्थ्य बिमा सेवा

काठमाडाैं । नबिल बैंकले वैदेशिक भ्रमणमा जाने ग्राहकलाई यात्रा स्वास्थ्य बिमा माग गर्नेबित्तिकै जारी गर्ने भएको छ । बैंकले आफ्ना काउन्टरहरूबाट भिसा इन्टरनेसनल प्रिपेड कार्ड, बैंक ड्राफ्ट र विदेशी मुद्रा सटहीजस्ता सेवाका लागि आउने ग्राहकले वैदेशिक यात्रा बिमा पनि उपलब्ध गराउने भएको हो । यो अवधारणालाई नबिल बैंकले सर्वप्रथम नेपाली बजारमा ल्याएको जनाएको छ । यो सेवाका लागि नबिल बैंकले प्रभु इन्स्योरेन्स लिमिटेडसँग साझेदारी गरेको छ ।  यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको …

पुरा पढ्नुहॊस »

प्यूठानमा विमानस्थल निर्माणमा ७७ करोडको योजना

प्यूठान । प्यूठानमा निर्माण हुन लागेको स्वर्गद्वारी (चाल्नेटार) विमानस्थल निर्माणका लागि ७७ करोड लाग्ने योजना सार्वजनिक गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रस्तावमा परामर्शदाता संस्था प्याक्ट कन्सल्ट्यान्ट प्रालिले वातावरण प्रभाव मूल्यांकन गरी यसबारे स्थानीयबासीलाई जानकारी गराएको हो । स्वर्गद्वारी आन्तरिक विमानस्थलको आयोजनाको वातावरणीय प्रभाव मूल्यांंकन अध्ययनसहित कूल बजेटबारे सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । स्वर्गद्वारी नगरपालिकाको बर्जिवाङ चाल्नेटारमा निर्माण हुन लागेको विमानस्थल करीब ६० दशमलब ७९ हेक्टर क्षेत्रफल ओगटेको छ । आयोजना निर्माणले …

पुरा पढ्नुहॊस »

दसैँको अवसरमा खाद्यान्नमा छुटैछुट, कुन वस्तुमा कति छुट ?

काठमाडाैं । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले असोज १२ गतेदेखि देशका विभिन्न भागमा सुपथ मूल्य पसल संचालन गर्ने भएको छ । कात्तिक २७ गतेसम्म संचालन हुने यस्ता पसलमा दैनिक उपभोग्य बस्तु सस्तो पर्ने र सर्वसाधारणलाई राहत पुग्ने सरकारको दावी छ । खाद्य संस्थान तथा नेसनल ट्रेडिङ, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानका उत्पादन तथा व्यवसायिक उपभोग्य बस्तुहरु सहुलियत पसलमार्फत बिक्री हुनेछ । साल्ट ट्रेडिङले नुन तथा चिनीको …

पुरा पढ्नुहॊस »

मेगा बैंकको गुल्मीको इन्द्रगौंडा र भुवाचिदीमा शाखारहित सेवा

काठमाडौं। मेगा बैंक नेपालले गुल्मीको इन्द्रगौंडा र भुवाचिदीमा शाखारहित बैंकिङ सेवा आरम्भ गरेको छ । मुसिकोट नगरपालिकाको इन्द्रगौंडा र भुवाचिदीमा सोही नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा र मेगा बैंक तम्घास शाखाका प्रबन्धक शालिकराम पन्थीले संयुक्त रुपमा कारोबार उद्घाटन गरे । 

पुरा पढ्नुहॊस »

सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस पनी ट्रान्सफरबीच सम्झौता

काठमाडौं। सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस पनी ट्रान्सफरबीच रेमिटेन्स सेवा सुरु गर्ने  सम्झौता भएको छ ।  उक्त  सम्झौतापत्रमा सिटी एक्सप्रेसको तर्फका प्रबन्ध निर्देशक चन्द्र टण्डन चिफ अपरेटिङ अफिसर जोसेफ क्याचेले हस्ताक्षर गरे। यो सेवा सुरु भएपछि अमेरिकामा रहेको नेपालीले सिगे मनी ट्रान्सफरमार्फत् नेपालको कुनै पनि बैंक खातामा रकम जम्मा गर्न वा नगद पैसा पठाउन सक्ने भएका हुन् । सिगे मनी ट्रान्सफर अमेरिकाको १५ हजारभन्दा बढी एजेन्ट (आउटलेट) र विश्वभरी १ …

पुरा पढ्नुहॊस »

एनसीसी बैंकको हकप्रद सेयर निष्कासनको म्याद १५ दिनथप

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी)  (Nepal Credit And Commercial Bank Limited, ) ले  हकप्रद शेयर  म्याद १५ दिन  थप गरेको छ ।  एनसीसीको सञ्चालक समिति बैठकले आगामी वर्ष असोज २२ गतेसम्म हकप्रद सेयर भर्न पाउने निर्णय गरेको छ । यसअघि असोज ७ गते सम्म  २ अर्ब ३३ करोड ९५ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको थियो ।  

पुरा पढ्नुहॊस »

लघुवित्त परियोजनामा चिनियाँ सहयोग

काठमाडाैं – नेपालस्थित चाइना फाउण्डेशन फर पोभर्टी एलिभेशनले (सिएफपिए)नवलपुर जिल्लाको देवचुली नगरपालिकामा लघुवित्त कार्यक्रमका लागि सहयोग गरेको छ । स्थानीय सक्रिय साना किसान कृषि सहकारीमार्फत लघुवित्त कार्यक्रमका लागि रु ३७ लाख प्रदान गरेको उक्त संस्थाले जनाएको छ । सफा, सुनौलो नेपाल र सक्रिय साना किसान कृषि सहकारी संस्थासँगको सहकार्यमा महिला उद्यमशिलता सहयोग परियोजनाका लागि उक्त संस्थाको सहयोगमा कार्यक्रम शुरु गरिएको हो । सिएफपिए नेपालमा काम गर्ने पहिलो चिनियाँ गैरसरकारी संस्था …

पुरा पढ्नुहॊस »

आइएमईको दशैंमा बीस लाख योजना सार्वजनिक,देश विदेशका सेवाग्राहीहरू सहभागी हुन सक्ने

काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू दशैं, दीपावली र छठलाई लक्षित गर्दै सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’ योजना सार्वजनिक गरेको छ । यो योजना २०७५ साल असोज ७ गतेदेखि शुरु भई २०७५ साल मङ्गसिर मसान्तसम्म लागु हुनेछ भने योजना अवधिमा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुनसक्नुहुनेछ । आफ्नो स्थापनाकालदेखि नै विभिन्न सेवाग्राहीमूखि र व्यवसायीक साझेदारमूखि योजना सार्वजनिक गर्दै आइरहेको आइएमईले …

पुरा पढ्नुहॊस »