आर्थिक

कृषि विकास बैंकको नयाँ शाखा कोल्हवीमा

काठमाडौं । कृषि विकास बैंकले  आफनो नयाँ शाखा कार्यालय  बारा जिल्ला कोल्हवी नगरपालीका कोल्हवी–१ मा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको कार्यालय उदघाटन प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार अच्यूतप्रसाद मैनाली, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र संघीय सांसद उमाकान्त चौधरी,प्रदेशसभा सदस्य त्रिलोक चौधरी र कोल्हवी न.पा.का मेयर भरत भण्डारीले संयुक्त रुपमा औपचारिक गरे  ।

पुरा पढ्नुहॊस »

मेगा बैंकद्धारा क्यान्सर र आँखा शिविरलाई सहयोग

काठमाडौँ । मेगा बैंकले स्वास्थ्य शिविरका लागि सहयोग गरेको छ । काठमाडौँको सुविधानगर तीनकुनेस्थित मेट्रो आइकेयरमा आयोजना गरिएको शिविरमा छाती तथा पाठेघरको क्यान्सर भएका महिलाहरुको उल्लेख्यनिय सहभागिता थियो ।नेपाल अर्वुदरोग विजेता समाजबाट  काठमाडौँमा आयोजित क्यान्सर तथा आँखा रोग सम्बन्धी शिविरमा मेगा बैंकले सहयोग गरेको हो । शिविरमा मेगा बैंकका ग्राहक तथा परिवारको बढी सहभागिता थियो ।

पुरा पढ्नुहॊस »

आइतबार विदेशी मुद्राको भाउ घट्यो

काठमाडौं । हप्ताको पहिलो दिन आज आइतबार विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आइतबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६६ पैसा तथा बिक्रीदर २९ रुपैयाँ ८२ पैसा तोकेको छ । शुक्रबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ८६ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ०२ पैसा थियो । आइतबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७२ पैसा तोकिएको छ …

पुरा पढ्नुहॊस »

सातामा डेढ अर्बको सेयर कारोबार

काठमाडौं। सातामा १ अर्ब ६१ करोड ७७ लाख ३ हजार ६६० मूल्यबराबरको सेयर कारोबार भएको छ । अघिल्लो साताको तुलनामा गत साता बजारमा कारोबार मापक नेप्से परिसूचकसँगै  कारोबार रकममा समेत ठूलो गिरावट आएको छ । साताको पहिलो दिन १ हजार २०४ दशमलव ५४ बिन्दुमा रहेको नेप्से परिसूचक साताको अन्तिम दिन (१९ पुस) सम्म २६ बिन्दुले घटेर १ हजार १७८ दशमलव शून्य एक बिन्दुमा झरेको छ । गत साता कुल १६८ कम्पनीको ४६ …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ बैंकद्वारा ऋण मिनाहा

ओखलढुंगा । मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय ओखलढुंगाले ऋणीको मृत्यु भएपछि मृतकका परिवारलाई ऋण मिनाहा गरिदिएको छ । बैंकले सिद्धिचरण नगरपालिका–४ रुम्जाटारकी ऋणी कमला श्रेष्ठको मृत्यु भएपछि उनका परिवारलाई किरिया खर्चसहित ऋण मिनाहा गरिदिएको हो । व्यवसाय गर्न लिएको ऋण तिर्न नपाउँदै श्रेष्ठको मृत्यु भएपछि सामाजिक उत्तरदायित्वअन्तर्गत उनले लिएको १ लाख ५० हजार रुपैयाँ र साँवा ब्याज मिनाहा गरिएको बैंकका साना तथा लघु बैंकिङ डेक्स प्रमुख विकल्प भट्टराईले बताए । …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकको नयाँ शाखा दाङकाे राजपुर

दाङ । एन आई सी एशिया बैंकको नयाँ शाखा कार्यालय यु.के.एड सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमकोे सहकार्यमा दाङको राजपुरमा विस्तार भएको छ । राजपुर गाँउपालिका वडा नं.५ जँग्रहवा स्थित जँग्रहवा शाखाको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले उद्घाटन गरे । सक्षम यु.के.एड को सहयोग प्राप्त एक्सेस टु फाइनान्स अभियान हो । यसलाई नेपालमा डि एफ आइ डी नेपालका लागि विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको सहकार्यमा लुइस बर्जरले कार्यान्वयन गरिरहेको छ । …

पुरा पढ्नुहॊस »

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्धारा गुल्मीको रुरु गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम

काठमाडौं । शाइन रेसुङ्गा डेभपलमेण्ट बैंकले रुरु गाउँपालिकाको थोर्गाका कृषकहरुसगँ सहुलियतपूर्ण कर्जा सम्बन्धमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक समृद्घिको आधार कृषिमा व्यवसायिकरण र आधुनिकिकरण रहेकाले ग्रामिण क्षेत्रका जनताको बैंकिङ्ग पहुंच पुराउन उक्त कार्यक्रम गरिएको हो । कृषि तथा कृषिजन्य उद्यम र पशुपालन व्यवसायमा संलग्न कृषकहरुको उपस्थितिमा सहुलियत पुर्ण कर्जाका लागी व्याज अनुदान सम्वन्धी व्यवस्थाको बारेमा जानकारी प्रदान गर्ने उदेश्यले अन्तरकृया कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ । सहुलियतपूर्ण …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको फाल्गुनन्दचोकमा

काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको फाल्गुनन्दचोकमा उद्घाटन गरेको छ । एनआईसी एशिया बैंकले सञ्चालनमा ल्याएको दमक फाल्गुनन्दचोक वडा नं १, झापा स्थित फाल्गुनन्दचोक शाखाको एनआई सी एशिया बैंकका संचालक राजेन्द्रप्रसाद अर्यालले उद्घाटन गरेका हुन् । उदघाटन समारोहमा अर्यालले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिती सबल बनाउदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिवृद्वि गर्ने कार्यमा महत्वपुर्ण योगदान पुराउने जानकारी दिएका छन् …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे २०औं बैंकको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं। माछापुच्छ्रे  बैंकको २०औं  वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७४÷७५ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । साथै, उक्त साधारण सभाले आर्थिक वर्ष २०७५÷७६ को लागि जी.पी. राजवाहक एन्ड कम्पनीलाई लेखापरीक्षक नियुक्ती गर्ने निर्णय पनि गरेको छ । उक्त साधारण सभाले संस्थापक समूहका शेयरधनीहरुको …

पुरा पढ्नुहॊस »

रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित

काठमाडौं । नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १३ औं साधारण सभाले पोखरेललाई निर्विरोध निर्वाचित गरेको हो । पोखरेल आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । साधारण सभाले सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लिका चन्द्र टण्डनलाई उपाध्यक्ष, नेपाल रेमिट इ. प्रा.लिका रितेश मित्तल महासचिवमा निर्वाचित गरेको छ । सुर्य रेमिटका संजय सिग्देल कोषाध्यक्ष, आइपे रेमिटका इन्द्र शर्मा सचिव चुनिएका छन् । कार्यसमिति सदस्यहरुमा युमा श्रेष्ठ (हिमालयन …

पुरा पढ्नुहॊस »