आर्थीक

क्लिन फिड लागू नगर्न केवल टिभीहरुको संस्था तथा डिटिएच कम्पनीले गरे माग, विज्ञप्ति सहित

काठमाडौं । सरकारले क्लिन फिड अर्थात् विज्ञापनरहित टेलिभिजन च्यानल प्रशारण लागू गराउने प्रकृयामा रहेकाे छ तर यसकाे संभावना नरहेको यस क्षेत्रमा आबद्धता भएका व्यवसायी संस्थाहरुले जानकारी दिएका छन् । अार्इतवार केबल टेलिभिजन प्रसारकहरुको संस्था नेपाल केवल टेलिभिजन महासंघ , नेपाल केवल टेलिभिजन व्यवसायी महासंघ तथा डिटिएचबाट टेलिभिजन च्यानल सेवा संचालन गरिरहेको डिस होमले संयुक्तरुपमा क्लिन फिडको विरोधमा प्रधानमन्त्री तथा सुचना तथा संचार मन्त्रालयका सचिव समक्ष ज्ञापन पत्र बुझाएका छन् । ती …

पुरा पढ्नुहॊस »

आज दिउसाे १ बजे मौद्रिक नीति आउँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज दिउसाे १ बजे आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्ने भएकाे छ । राष्ट्र बैंकले दरबारमार्गस्थित याक एण्ड यति होटलबाट मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो । सरकारको नीति तथा कार्यक्रम तथा बजेट कार्यान्वयनको आधार मानिने मौद्रिक नीतिबाट वित्तिय क्षेत्रले ठुलै राहत पाउने अपेक्षा गरेको छ ।

पुरा पढ्नुहॊस »

हिमालयन बैंकको महिलाहरुलाई बैकिङ जनचेतना कार्यक्रम

काठमाडौं । हिमालयन बैंकले मिट एण्ड ग्रेट श्रृंखला अन्तर्गत विमेन फेडेरेशन फर वल्र्ड पिस नेपालमा आवद्ध तथा समाजका विविध क्षेत्रमा सकृय महिलाहरुका लागि काठमाडौंमा वित्रीय जागरण तथा आधारभूत बैंकिङ्ग सचेतना कार्यक्रम सम्पन्न गरेको छ । साे कार्यक्रममा विभिन्न क्षेत्रका करीव ९० जना महिलाहरुको सहभागिता रहेकाे थियो । मिट एण्ड ग्रेट श्रृंखला अन्तर्गतको यो दोश्रो कार्यक्रम भएकाे वतार्इएकाे छ । साे समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर जबराले बैंकिङ्ग क्षेत्रलाई प्रयोग …

पुरा पढ्नुहॊस »

अब देखि सेयर कारोबार अनलाइनबाट

काठमाडौं । अागामी कात्तिक २१ देखि सेयर कारोबार अनलाइन माध्यमबाट गर्न सकिने भएको छ । नेपाल स्टक एक्सचेन्जका महाप्रवन्धक सिताराम थपलियाले पत्रकार सम्मेलन गर्दै कात्तिक २१ देखि सेयरको अनलाइन कारोबार हुने जानकारी दिए । कम्पनीका परियोजना व्यवस्थापक संजय चौधरीले नेप्सेका उच्च अधिकारीलाई परियोजनाको बारेमा जानकारी गराएको थियो । ‘प्रस्तावित प्रणालीको विभिन्न मोडुलहरुमा समानान्तर ढंगले काम भइरहेको छ,’ चौधरीले भने, ‘आगामी कात्तिकको तेस्रो साता प्रयोगकर्ताले नयाँ प्रणालीबाट कारोबार गर्न सक्नेछन् ।’

पुरा पढ्नुहॊस »

एनआईसी एशियाको नयाँ शाखा कालिकोटमा

काठमाडौं । एनआईसी एशिया बैंकको असार २२ गतेबाट खडाचक्र नगरपालिका, वार्ड नं. १, मान्मा, कालिकोटमा नयाँ शाखा सञ्चालनमा आएको छ ।एक समारोहकाबीच खडाचक्र नगरपालिकाका मेयर जसि पाण्डे तथा कालिकोट उद्योग वाणिज्य संघका अध्यक्ष सुर्य बहादुर शाहीले संयुक्त रुपमा विधिवत् उद्घाटन गरे ।   शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । हाल यस बैंकको अधिराज्यभर १ सय १७ …

पुरा पढ्नुहॊस »

जापानको फुकुओकामा आइएमई क्योदाईको नयाँ शाखा

आइएमई क्योदाई रेमिटेन्सले जापानस्थित फुकुओकाको हाकातामा नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले आफ्नो सञ्जाल बढाउने क्रममा उक्त स्थानमा थप एक शाखा संचालनमा ल्याएको छ । आइएमईका प्रमूख कार्यकारी अधिकृत सुमन पोखरेल, क्योदाई रेमिटेन्सका प्रमुख याचिरो किमोतो र एनआरएन जापानका उपाध्यक्ष टक गैरे लगायतको उपस्थितिमा नयाँ शाखाको शुभारम्भ भएको छ । शाखा कार्यालय उद्घाटनका क्रममा संक्षिप्त मन्तब्य ब्यक्त गर्दै आइएमईका प्रमुख कार्याकारी अधिकृत सुमन पोखरेलले विदेशबाट पैसा पठाउने भन्ने बित्तिकै …

पुरा पढ्नुहॊस »

सुरेन जे. अमरासेकरा एनसेलका नयाँ प्रबन्ध सञ्चालक नियुक्त

काठमाडौ । सुरेन जे. अमरासेकरा  एनसेल प्राइभेट लिमिटेडको नयाँ प्रबन्ध सञ्चालक पदमा नियुक्त भएका छन् ।मरासेकरालाई एनसेलको सञ्चालक समितिले नयाँ प्रबन्ध सञ्चालकमा नियुक्त गरेको हो । एनसेलका पुर्व प्रबन्ध सञ्चालक साइमन जोन पर्किन्सले आजीयाटाको प्रधान कार्यालयमा बसेर दक्षिण एशिया बजारमा कम्पनीको सञ्चालनलाई सहयोग गर्ने गरी नयाँ कार्यभार सम्हाल्ने एनसेलले वताएकाे छ । नयाँ प्रबन्ध सञ्चालक अमरासेकराले विश्वका विभिन्न प्रख्यात बहुराष्ट्रिय कम्पनीहरु सिङ्गापुर टेलिकम्युनिकेसन्स् लिमिटेड (सिङ्गापुर), मोबीटेल (श्रीलङका), म्याक्सिस बर्हाद (मलेसिया) …

पुरा पढ्नुहॊस »

वल्र्डलिंकले आफुलाई नेपाली बजारमा स्थापित इन्टरनेटसर्भिस स्थान बनाउन सफल

काठमाडौं ।सन् १९९५ मा हालका अध्यक्ष श्री दिलिप अग्रवालले वल्र्डलिंक कम्पनीको स्थापना गरे यता वल्र्डलिंकले आफुलाई नेपाली बजारमा एक स्थापित इन्टरनेट सर्भिस प्रदायकका रुपमा जनमानसमा आफ्नो राम्रो स्थान बनाउन सफल भएको छ । बिगत २१ बर्षको यात्राको क्रममा वल्र्डलिंकले आफुलाई नेपाली जनमानसको आवश्यकता अनुसार, चाहे त्यो व्यापारीक कम्पनी हुन् या सर्वसाधारण, हरेकको आवश्यकतालाई प्राथमिकतामा राखी पुरा गर्दै आएको छ । ग्राहकको सेवा र सन्तुष्टिलाई आफ्नो आधारशिला बनाएको वल्र्डलिंकले १००,००० ग्राहक …

पुरा पढ्नुहॊस »

कन्काई विकास बैंकको ३२ लाख कित्ता हकप्रद निष्कासन, साउन ९ देखि आवेदन खुला

काठमाडौं । कन्काई विकास बैंक लिमिटेडले ३२ लाख १० हजार कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ । बैंकले प्रति कित्ता एक सय रुपैयाँ दरले एक कित्ता हुनेका लागि २ दशमवल १४ ( १ः २.१४) को अनुपातमा हकप्रद विक्री गर्ने भएको छ । बैंकले आगामी साउन ९ गतेबाट भदौ ११ गतेसम्म हकप्रदको आवेदन दिन पनि आग्रह गरेको छ भने १५ करोड रुपैयाँको चुक्ता पुँजी बढाउन ३२ करोड १० लाख रुपैयाँको उक्त …

पुरा पढ्नुहॊस »

फेवा र गण्डकी विकास बैकबीच मर्ज सम्पन्न

पोखरा । कास्की जिल्लामा स्थापित फेवा विकास बैक लिमिटेड र गण्डकी विकास बैक लिमिटेड एक आपसमा मर्ज भई गण्डकी विकास बैकको नामबाट एकिकृत कारोबार भएको छ । बुधबार नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपाल सूचना प्रविधिको माध्यमबाट बैकको समुद्घाटन गरेका छन् ।साविक फेवा विकास बैकका लिमिटेडका अध्यक्ष विन्दु कुमार थापाको अध्यक्षतामा सम्पन्न समुद्घाटन कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जि.सि, राष्ट्र बैकका निर्देशक तथा पोखरा कार्यालयका प्रमुख पोमनाथ गौतम, …

पुरा पढ्नुहॊस »