आर्थिक

सनराइज बैंकद्वारा एक वर्षमा २५०० बढीलाई वित्तीय साक्षरता

काठमाडाैँ । देशव्यापी रुपमा नागरिकहरूमा वित्तीय साक्षरता अभिबृद्धि गर्ने प्रमुख उद्देश्य अनुरुप सनराइज बैंकले नेपालका सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नागरिकहरूमा बैंकिङ्ग सेवा सुविधाको बारेमा जनचेतना कम रहेको हालको परिप्रेक्षमा बैंकिङ्ग सेवा सुबिधाको प्रयोगले कसरी जीवनस्तर विकास गर्न सकिन्छ, बचतको महत्व, कर्जाको सदुपयोग, सुरक्षित विप्रेषण प्रणालीको प्रयोग, डिजिटल बैंकिङ्गको प्रयोगले गर्न सकिने समयको बचत, डिजिटल बैंकिङ्गमा कसरी सुरक्षित रहन सकिन्छ लगायतका विषयहरुलाई समेटेर देश व्यापी रुपमा …

पुरा पढ्नुहॊस »

साउनदेखि पेट्रोलियमको मूल्य पूर्ण स्वचालित प्रणालीमा

काठमाडौँ । पेट्रोलियममा अब स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा लागू हुने भएको छ । नेपाल आयल निगमले आउँदो साउनदेखि डिजेल र पेट्रोलमा पूर्ण रूपमा स्वचालित मूल्य प्रणाली लागू गर्ने भएको हो । सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममासमेत स्वचालित मूल्य प्रणाली लागू गर्ने उल्लेख छ । सोहीअनुरूप स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयन गर्न लागिएको हो । यसअघि २०७१ असोज २४ देखि पेट्रोलियममा स्वचालित मूल्य प्रणाली लागू …

पुरा पढ्नुहॊस »

सुनको मूल्य २०० रुपैयाँले वृद्धि

काठमाडौं । सुनको मूल्य प्रतितोलामा २०० रुपैयाँले वृद्धि भएको छ । आइतबारको तुलनामा सोमबार प्रतितोला दुई सय रुपयाँले बढेर ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार २०० रुपैयाँ तोकिएको छ । त्यस्तै चाँदीको मुल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पुरा पढ्नुहॊस »

निजगढ विमानस्थलको निर्माण रोक्नुपर्ने निर्णय उचित नभएको ठहर

काठमाडौँ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाको कार्य रोक्नुपर्ने भन्ने निर्णय कुनै पनि दृष्टिबाट उचित नदेखिएको ठहर गरेको छ । आइतबार समितिले पारित गरेको वार्षिक प्रतिवेदन २०७९ यस्तो ठहर गरिएको छ । ‘नेपालको राष्ट्रिय हित अनुकूल अर्थतन्त्रलाई सुदृढ तुल्याउने उद्देश्यका साथ लामो समयको अध्ययन तथा धेरै ठूलो लगानीका साथ अगाडि बढाइएको राष्ट्रिय गौरवको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाको कार्य रोक्नुपर्ने भन्ने निर्णय कुनै पनि दृष्टिबाट …

पुरा पढ्नुहॊस »

पेट्रोलको भाउ २१ र डिजेल/मट्टीतेलको २७ रूपैयाँ बढ्यो, यस्तो छ नयाँ मूल्य

काठमाडाैँ । नेपाल आयल निगमले इन्धनको भाउ फेरि बढाएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २१ र डिजेल/मट्टितेलमा २७ रुपैयाँ बढाएकाे हाे । अब प्रतिलिटर पेट्रोल १९९ र डिजेल मट्टितेल १९२ तिर्नुपर्नेछ । खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हवाइ इन्धन (आन्तरिक र बाह्य) को मूल्य पनि सरकारले बढाएको छ । हवाइ इन्धन …

पुरा पढ्नुहॊस »

नेपाल र विश्व बैंकबीच हालसम्म ३ अर्ब डलर बराबरको वित्तीय सहकार्य

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुबीच शिष्टाचार भेट भएको छ । अर्थमन्त्रालयमा आइतबार बिहान भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरेका थिए । ‘नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखि भरपर्दो साझेदार संस्थाको रुपमा रहिआएको छ,’ भेटमा उनले भने । विश्व बैंकले कोभिड–१९ पछिको परिस्थितिसँग जुध्न प्रदान गरेको १ सय २२ …

पुरा पढ्नुहॊस »

साताको पहिलो दिन नै नेप्सेमा ३७ अंकको गिरावट

काठमाडौँ । साताको पहिलो कारोबार दिन नै सेयर बजारमा भारी गिरावट आएको छ । आइतबार सेयर बजार परिसूचिक नेप्से ३७.२७ अंकले घटेर १९३४.११ बिन्दुमा आइपुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्ससमेत ७.२९ अंकले घटेको छ । यस दिन सेयर कुल १ अर्ब १३ करोड ४० लाख ९१ ह्जार २ सय १२ रुपैयाँमा ३६ लाख ६६ हजार ८ सय ९१ कित्ता सेयर कारोबार भएको छ । यस दिन १७९ कम्पनीको सेयर मूल्य …

पुरा पढ्नुहॊस »

ई-सेवाको ‘५५ मिनेटको धमाका अफर’, ५५ रूपैयाँ क्यासब्याक पाइने

काठमाडाैं । ई-सेवा ‘५५ मिनेटको धमाका अफर’ सार्बजनिक गरेको छ । यस अफर अन्तरगत असार ५ गते आइतबार बैंक एकाण्न्टललिंक गरि कारोबार गर्दा ५५ क्यासब्याक पाइनेछ । आइतबार बिहान ५ः५ बजेदेखि साँझ ५ः५५ सम्म एकाउण्ट लिंक मार्फत कारोबार गर्दा रु ५५ क्यासब्याक पाइनेछ । ई-सेवाले आम ग्राहकहरुले घरमै बसेर कारोबार गर्न सकुन् भन्ने उद्देश्यले यो योजना सार्बजनिक गरेको कम्पनीले जनाएको छ । यस योजनामा सहभागी हुन एकाउन्ट लिंक गरि कारोबार …

पुरा पढ्नुहॊस »

प्रतितोला तीन सय रुपैयाँ घट्यो सुन

काठमाडौँ । साताको पहिलो दिन आज सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साता शुक्रबार सुन प्रतितोला ९७ हजार आठ सय रुपैयाँ र चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ र चाँदी प्रतितोला १० …

पुरा पढ्नुहॊस »

गम्भीर प्रकृतिका बिरामीलाई मासिक पाँच हजार

काठमाडाैँ । रोशी गाउँपालिकाले गम्भीर प्रकृतिका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ दिने निर्णय गरेको छ । बिरामीलाई औषधोपचारमा सहयोग होस् भन्ने उद्देश्यले यस्तो निर्णय गरेको गाउँपालिकाले जनाएको छ । गम्भीर प्रकृतिका प्रत्येक बिरामीलाई मासिक पाँच हजार रुपैयाँ उपलब्ध गराइने निर्णय गरिएको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए । उनका अनुसार तत्काल गम्भीर प्रकृतिका बिरामीको विवरण सङ्कलन सुरु गरिनेछ । गाउँपालिकाभित्रका मिर्गाैला प्रत्यारोपण गराएका, डायलायसिस गराइरहेका मिर्गाैला रोगी, विभिन्न क्यान्सर तथा मेरुदण्ड …

पुरा पढ्नुहॊस »