काठमाडौं । सिद्धार्थ बैंकले ‘ग्लोबल मनी वीक २०२३’ वित्तीय साक्षरता कार्यक्रमहरूका साथै अन्य कार्यक्रमहरूको आयोजना गरी सम्पन्न गरेको छ। बैंकले २०२३ मार्च २० देखि २६ सम्म सप्ताहव्यापी अभियान आयोजना गरी ‘ग्लोबल मनी वीक २०२३’ मनाएको हो। ग्लोबल मनी विक २०२३ को थिम ‘प्लान योर मनी, प्लान्ट योर फ्युचरु र ग्लोबल मनी विकको स्थायी नारा ‘लर्न सेभ अर्न’ लाई सार्थक बनाउने प्रयास स्वरुप बैंकले देशको सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन …
पुरा पढ्नुहॊस »एनआइसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्वीच
काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नै पेमेन्ट स्वीच सञ्चालनमा ल्याएको छ । बैंकले हालै मात्र उक्त पूर्वाधारको सफलतापूर्वक कार्यान्वयन गरी बैंकको भुक्तानी प्रणालीमा आबद्ध गरेको जानकारी दिएको छ । डिजिटल कारोबारमा आम ग्राहकको उल्लेख्य उपस्थिति भइरहेको तथा उक्त संख्यामा उत्साहजनक वृद्धि हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै बैंकले कार्डबाट हुने कारोबारलाई थप विश्वसनीय एवं सहज बनाउनका निमित्त नयाँ व्यवस्था गरेको जनाएको छ । यस स्वीचको मद्दतले यस बैंकका पीओएस तथा एटीएम टर्मिनलहरुमार्फत …
पुरा पढ्नुहॊस »ज्योति विकास बैंकले गर्यो वित्तीय साक्षरताका विभिन्न कार्यक्रम
काठमाडौँ । ज्योति विकास बैंकले ग्लोबल मनी विक अभियान अन्तर्गत विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले विभिन्न शाखाहरु मार्फत देशका विभिन्न ठाउँहरुमा वित्तीय साक्षरता र सचेतनाका कार्यक्रमहरु आयोजना गरेको हो। बैंकले ग्लोबल मनी विक २०२३ को मुख्य नारा ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’भन्ने विषयवस्तुमा केन्द्रित भई युवावर्गमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम आयोजना गरेको हो । सो कार्यक्रम अन्तर्गत स्कुल तथा कलेजहरू, विभिन्न संघ-संस्थाहरु लगायत स्थानीय …
पुरा पढ्नुहॊस »बिपिडब्लु लघुवित्तको सेयर रजिष्ट्रारमा र मेगा क्यापिटल नियुक्त
काठमाडाैं । बिपिडब्लु लघुवित्त र मेगा क्यापिटल मार्केट्सबीच सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ । बुधबार एक कार्यक्रमकाबीच बिपिडब्लु लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिलिप कुमार पोखरेल र मेगा क्यापिटल मार्केट्सका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा मेगा क्यापिटलका मार्केटिङ डिपार्टमेन्ट हेड गिरीराज पोखरेल र मर्चेन्ट बैंकिङ इन्चार्ज मनिषा दाहालको समेत उपस्थिति रहेको थियो । सम्झौतासँगै अब धितोपत्र …
पुरा पढ्नुहॊस »ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै मनायो ग्लोबल मनी विक
काठमाडौँ । ग्लोबल आइएमई बैंकले युवा/विद्यार्थीहरू माझ वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आयोजना गरिएको ग्लोबल मनी विक भव्यताका साथ सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकको बार्षिक कार्यतालिका अनुरुप हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विककोे एघारौं संस्करण ग्लोबल आइएमई बैंकले चैत्र ६ देखि १२ गतेसम्म सप्ताहव्यापी प्लान योर मनि, प्लान्ट योर फ्यूचरको नारा सहित सम्पन्न गरेको हो । ग्लोबल आइएमई बैंकले विभिन्न स्कूल तथा कलेजका हजारौं विद्यार्थीहरुको …
पुरा पढ्नुहॊस »कृषि विकास बैंकले ११ प्रतिशत नगद लाभांश र दुई प्रतिशत बोनस शेयर वितरण गर्ने
काठमाडौं । कृषि विकास बैंक लिमिटेडको वार्षिक साधारण सभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा मंगलबार सम्पन्न भएको छ । वृहत कार्य सञ्जालद्वारा आफ्ना वस्तु/सेवाहरुलाई देशका अति दुर्गमदेखि सुगम ठाउँहरुमा २८० वटा शाखाहरुबाट आधुनिक बैकिङ्ग सेवा पुर्याउन सफल भएको तथा नेपालका वाणिज्य बैंकहरुमध्ये कृषिमा सबैभन्दा बढी लगानी गरेको कृषि विकास बैंकको सोह्रौं वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको हो । साधारण सभाले बैंकका करिव …
पुरा पढ्नुहॊस »सानिमा बैंकद्वारा देशैभर वित्तीय साक्षरता कार्यक्रम
काठमाडाैं । सानिमा बैंकले यही चैत ६ देखि १२ गतेसम्म ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत देशैभरिका शाखाहरुबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त अवसरमा बैंक कर्मचारीहरुलाई तीन दिने भर्चुअल तालिमको व्यवस्था गरिएको थियो । उक्त तालिममा वित्तीय साक्षरता कार्यक्रमको उपादेयता र उद्देश्यबारे जानकारी प्रदान गराइएको थियो । वित्तीय साक्षरताअन्तर्गत देशभरिका शाखाहरुमार्फत छनौट गरिएका स्कुल तथा कलेजहरुमा बैंकिङ्ग साक्षरता सम्बन्धि कार्यक्रमहरु सञ्चालन गरिएको हो । साथै, ग्लोबल मनी विक २०२३ …
पुरा पढ्नुहॊस »सनराइज बैंकले देशैभर गर्यो १०० वटा वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । सनराइज बैंकले पूर्वको तेह्रथुमदेखि पश्चिमको दार्चुलासम्म ७ वटै प्रदेशमा १०० वटा वित्तीय साक्षरता कार्यक्रम गरी ‘ग्लोबल मनी विक’ मनाएको छ । बैंकले आफ्ना देशभरका शाखा र सामाजिक सञ्जालमार्फत विभिन्न कार्यक्रम र सूचना प्रवाह गरी सफलताको साथ कार्यक्रम गरेको हो ।बैंकले ग्लोबल मनी विकको यस वर्षको नारा ‘प्लान योर मनी, प्लान योर फ्युचर’लाई अगाडि राखी बैंकिङ्ग सेवा, बचत, ऋण, विद्युतिय बैंकिङ्ग सेवा र यसमा अपनाउनुपर्ने सावधानी लगायतका विषयहरुलाई समावेश …
पुरा पढ्नुहॊस »महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति
काठमाडौं । महालक्ष्मी विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न अनुमति पाएको छ । बैंकले ४ लाख इकाई सर्वसाधारणका लागि र ६ लाख इकाई बैंक आफ्नै पहलमा गरि कुल प्रतिइकाई १ हजार रुपैयाँका दरले १० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यपिटलले गर्नेछ । यस ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको ‘महालक्ष्मी …
पुरा पढ्नुहॊस »नबिल बैंकले सार्वजनिक गर्यो हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन
काठमाडाैं । नबिल बैंकले सन् २०२२ को हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकको इन्फ्रास्ट्रक्चर एन्ड प्रोजेक्ट फाइनान्सिङ डिभिजनअन्तर्गत भएको कर्जा तथा लगानी पोर्टफोलियोबाट उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो । नबिल बैंक पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफ) को प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नेमध्ये एक हो । आईपीएफ पोर्टफोलियोमा ऊर्जा, सिमेन्ट, वायुसेवा, दूरसञ्चार सेवा र अन्य व्यावसायिक क्षेत्रमा भएका विभिन्न लगानी र प्रवाह भएका कर्जा पर्छन् । प्रतिवेदनअनुसार सन् …
पुरा पढ्नुहॊस »