काठमाडौं । एन आई सी एशिया बैंकले वीच्याट–पे मोबाइल वालेटबाट आफ्नो मर्चेन्टमा भुक्तानी गर्न मिल्ने सेवाको थालनी गरेको छ । यसबाट नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरूले विभिन्न सामग्री तथा सेवा खरिद गरी लागत रकम वीच्याट–पेमार्फत भुक्तानी गर्ने सुविधा प्रदान गर्नका लागि यस बैंक, फष्ट पे टेक्नोलोजी प्रा. लि. र चीनको स्वीफ्टपास कम्पनीबीच त्रीपक्षीय सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने, फष्ट पेका तर्फबाट …
पुरा पढ्नुहॊस »‘डिशहोम फाइबरनेट’को ‘एकदाम दुईकाम’ अफर, डिशहोम टिभीमा मासिक शुल्क नलाग्ने
काठमाडौं । डिशहोमको इन्टरनेट सेवा ‘डिशहोम फाइबरनेट’मा ‘एकदाम दुईकाम’ अफर सञ्चालनमा आएको छ । डिशहोम फाइबरनेट जडान गर्दा डिशहोम टिभीको मासिक शुल्क निःशुल्क हुनेछ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा उच्चगतिको गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आएको डिशहोम फाइबरनेटले ३ महिना, ६ महिना र १२ महिनाका प्याकेजहरु विशेष छुटमा उपलब्ध गराउँदै आएको छ । निःशुल्क जडान गरिने डिशहोम फाइबरनेटमा बार्षिक भुक्तानी गर्दा ड्रपवायर समेत निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । …
पुरा पढ्नुहॊस »सिटिजन्स बैंकका ग्राहकहरुले होटल साम्बालामा विशेष छुट प्राप्त गर्ने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र होटल साम्बाला बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहक महानूभावहरुले होटल साम्बालामा सेवा लिंदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०४ वटा …
पुरा पढ्नुहॊस »नायिका वर्षा सिवाकोटी स्किन सिटीको सिइओमा नियुक्त
काठमाडौं । नायिका वर्षा सिवाकोटी नेपाल मेडिसिटी हस्पिटल अन्तर्गत रहेको स्किन सिटीको कार्यकारी निर्देशक नियुक्त भएकी छिन् । छाला, कपाल तथा नङसँग सम्बन्धित काम गरिने स्किन सिटीमा आबद्ध भएसँगै वर्षाले आफ्ना शुभेच्छुकको साथ, सहयोग र सुझावको अपेक्षा गरेको बताइन् । चलचित्र उद्योगसँगै व्यापारिक रुपमा पनि अघि बढ्दै गर्दा चुनौतीहरु धेरै छन् । तर, सम्भावना पनि धेरै देखेकी छु । लामो समयदेखि चलचित्र उद्योगमा सक्रिय रहेको सबैलाई थाहै छ, मैले काम …
पुरा पढ्नुहॊस »बैंक अफ काठमाण्डू र सेलपेबीच सहकार्य
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका रिसर्च, प्रोडक्ट डेभलपमेन्ट एंड मार्केटिङ्ग प्रमुख रितेश लामिछाने तथा सेलकम प्रा. लि. का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरे । सेलपे, सेलकम प्रा. लि. द्वारा संचालित, नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो, जसले मोबाइल तथा वेबको …
पुरा पढ्नुहॊस »बेलायतबाट नेपाल फर्किएका १९३ जना निगरानीमा
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को नयाँ प्रजाति (भेरियन्ट)को उद्गमस्थल बेलायतबाट आएका १९३ जनालाई निगरानीमा राखेको छ । ती मध्ये ५ जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले निगरानीमा राखिएकालाई ज्वरो र रुघा लागेको लक्षण देखिए पिसिआर परीक्षण गरेर उपचार गरिने जानकारी दिए । महाशाखाले आज मात्र तीमध्ये १२ जनाको पिसिआर परीक्षण गरेको छ । मन्त्रालयले यसअघि नै सूचना …
पुरा पढ्नुहॊस »२४ घण्टामा थपिए ६५९ जना कोरोना संक्रमित,७ को मृत्यु
काठमाडौं । आज सोमबार ६५९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६५९ जनामा संक्रमण भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट ७ जनाको मृत्यु भएको छ। संक्रमित मध्ये २ लाख ५० हजार ५८१ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल …
पुरा पढ्नुहॊस »एनसीसी बैंकद्वारा कर्पाेरेट पे सेवा सुरु
काठमाडाैं । एनसिसी बैंकले कर्पाेरेट पे प्रणालीकाे सुरुवात गरेकाे छ । बैंकले आफ्न संस्थागत ग्राहकका निमित्त बैंक खाताबाट नै साेझै विद्युतिय भुक्तानी गर्ने सकिने प्रणालीकाे सुरुवात गरेकाे हाे । यस सम्बन्धमा बैंकले नेपाल किल्यरिङ् हाउससँग सम्झाैता गरेकाे छ । सो सम्झौता पत्रमा नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिहं प्रधान र बैंकको तर्फबाट प्रमुख सचालन अधिक्रित रमेश सापकाेटाले हस्ताक्षर गरेका छन् । उक्त कार्पेरेट पे प्रणाली प्रयाेग …
पुरा पढ्नुहॊस »श्रीमानको हत्या आरोपमा महिला पक्राउ
रुकुम पश्चिम। आफ्नै श्रीमान ३४ वर्षीय चित्र बहादुर थापालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा मुसिकोट नगरपालिका-८ घोरखानी बस्ने ५० वर्षीया डल्ली बुढालाई प्रहरीले पक्राउ गरेको छ । डल्लीले चक्कु प्रहार गरी श्रीमानलाई मारेको छु भनि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा स्वंयम उपस्थित भई जानकारी गराएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
पुरा पढ्नुहॊस »पठाओको कार्यालयमा तोडफोड
काठमाडौं ।पठाओको कार्यालयमा तोडफोड भएको छ । कम्पनीविरुद्ध आन्दोलित हुँदै आएका राइडरहरुको एक समूहले कार्यालयमा तोडफोड गरेको प्रहरीले बताएको छ । राइड सेयरिङ एप पठाओका असन्तुष्ट चालकहरूले अघि सारेको विभिन्न मागहरु पुरा नभएको भन्दै कार्यालय घेराउ गर्न गएका चालकहरुले कार्यालय तोडफोड गरेका हुन् । राइडरहरुले कम्पनीलाई अधिकतम् ८ प्रतिशत मात्रै कमिसन लिन दबाव दिँदै आएका छन् । अहिले कम्पनीले यात्रुले तिर्ने भाडाबाट २० प्रतिशत कमिसन राख्ने गरेको छ ।
पुरा पढ्नुहॊस »