मोरङ । ट्याक्टरले किचेर बालकको मृत्यु भएको छ । मोरङको केरावारी गाउँपालिका-६ बुद्धचोक बस्ने जितेन तामाङको ३ बर्षीय छोरा पासाङ तामाङको ट्याक्टरले किचेर मृत्यु भएको छ । मंगलवार दिउँसो ३ बजेको समयमा जितेन तामाङको घर अगाडी पार्किङ गरी राखिएको आफ्नै ट्याक्टरमा अन्य केटाकेटीहरु समेत खेलिरहेको अवस्थामा ट्याक्टरको गियर चलाउदा ट्याक्टर आफै गुड्न गई अगाडी खेलिरहेको बालकलाई किच्दा घाईते भएका बालकको धरानको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको …
पुरा पढ्नुहॊस »नेपाल इन्भेष्टमेन्ट बैंकको वार्षिक साधारणसभा माघ ८ गते हुने
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको वार्षिक साधारणसभा आगामी माघ ८ गते हुने भएको छ । बैंकले सो दिन बिहान १० बजे काठमाडौंको दरबार मार्गस्थित बैंकको केन्द्रिय कार्यालयमा आफ्नो ३४औं वार्षिक साधारणसभा बोलाएको हो । सभाले सञ्चालक समितिको लाभांश प्रस्तावलाई पारित गर्दै छ । बैंक सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १३ प्रतिशत बोनस र ५.५० प्रतिशत नगद गरी १८.५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । सभामा जाने प्रयोजनको लागि …
पुरा पढ्नुहॊस »सुनको भाउ बढ्यो, तोलाको कति ?
काठमाडौं । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य चाहिँ घटेको छ । मंगलबारको तुलनामा बुधबार सुन १ सयले बढेको हो भने चाँदी १५ रुपैयाँले घटेको हो । मंगलबार ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बुधबार १ सय रुपैयाँले बढेर ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको …
पुरा पढ्नुहॊस »कुमारी बैंक र सात्विक आयुर्वेद अस्पतालबीच सम्झौता
काठमाडौं । कुमारी बैंक र बिरगंज पर्सास्थित सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा कुमारी बैंक प्रदेश-२ का प्रमुख सिद्घार्थ सिंह र सात्विक आयुर्वेद अस्पतालका चिकित्सक अधिकृत प्रभाकर मनुले हस्ताक्षर सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार सात्विक आयुर्वेद अस्पतालमा ओपीडी, प्याथोलोजी, पञ्चकर्म र औषधिमा ५% सम्म, थेरापी, लगायत आइडीपी (बेड चार्जेज)मा ग्राहकले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा …
पुरा पढ्नुहॊस »आज नेवार समुदाय यःमरी पुन्ही मनाउँदै
काठमाडौं । काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले आज धुमधामका साथ यःमरी पुन्ही पर्व मनाउँदैछन । चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई नेवारी भाषमा यःमरी भनिन्छ । सोही रोटी बनाएर खाने पर्व भएकाले यस दिनलाई नेवार समुदायले यःमरी पुन्हीको रूपमा मनाउने गरिएको हो । ज्यापु समुदायले यो दिनलाई ज्यापु दिवसको रूपमा समेत मनाउँदै आएका छन् । नेवार समुदायमा यःमरीको विशेष महत्व छ । विशेषगरी …
पुरा पढ्नुहॊस »माछापुच्छ्रे बैंकले एकैदिन खोल्यो थप ६ शाखा रहित बैंकिङ्ग सेवा
काठमाडौं । माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा थप ६ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले भक्तपुर जिल्लाको सुर्यविनायक न.पा.-०३, बालकोट, सिराहा जिल्लाको नरहा गा.पा.-०३, नरहा, महोत्तरी जिल्लाको एकडारा गा.पा.-०५, कोलहुवा बगैया, मुगु जिल्लाको खत्याड गा.पा.-११, रातापानी, झापा जिल्लाको शिवसताक्षी न.पा.-१०, माईधारा ,झापा जिल्लाकै कन्काई न.पा.-०९, घौलाडुब्बामा थप ६ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । यससँगै बैंकको शाखा रहित बैंकिङ्ग सेवा १४८ पुगेको छ । ग्राहक …
पुरा पढ्नुहॊस »बाँकेमा थप ३ जना कोरोना संक्रमितको मृत्यु
बाँके । बाँकेमा अस्पतालमा उपचाररत थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुईजना बाँकेका र एकजना बर्दियाका कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिका-२ का ७३ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति १० बजे मृत्यु भएको हो । उनमा पुस ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । बाँकेकै नेपालगञ्ज उपमहानगरपालिका-२० का ६६ वर्षीय पुरुषको पनि उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ । उनी पुस ७ गते …
पुरा पढ्नुहॊस »ग्लोबल आइएमई बैंकको एटिएम सेवा लिवाङ्गको आर्मी व्यारेक परिसरमा
काठमाडौं । ग्लोबल आइएमई बैंकले लिवाङ्ग जिल्लास्थित आर्मी व्यारेक परिसरमा एटिएम सेवा सुरु गरेको छ । यस नयाँ एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २४० पुगेको छ । उक्त एटिएम सेवा खड्गदल गन , लिबाङ रोल्पा का प्रमुख सेनानी सुधिर के.सी.ले उद्घाटन गरे। बैंकले जिल्लाको सातदोबाटो, खुमेल, बम्रुक लगायतका ग्राहकहरुलाई लक्षित गरी उक्त एटिएम सेवा सञ्चालनमा ल्याएको हो । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने …
पुरा पढ्नुहॊस »२४ घण्टामा थपिए ७०८ जना कोरोना संक्रमित
काठमाडौं । आज मंगलबार ७०८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७०८ जनामा संक्रमण भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जनाको मृत्यु भएको छ। संक्रमित मध्ये २ लाख ५१ हजार ३१२ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल …
पुरा पढ्नुहॊस »गायिका नीता पुन मगरको ‘के छ ज्यानलाई’ सार्वजनिक
काठमाडौं । गायक हेमन्त कान्छा र गायिका नीता पुन मगरको ‘के छ ज्यानलाई’ सार्वजनिक भएको छ । गीतको भिडियोमा नायक दिलिप रायमाझी र मोडल कविता नेपालीले अभिनय गरेका छन् । रमेश वीजीको शब्द तथा हेमन्तकै संगीत रहेको यो गीतको भिडियोको कुमन नेपालीको कोरियोग्राफी र निर्देशनमा तयार भएको छ ।
पुरा पढ्नुहॊस »