रश्मी

नेपाल बैंकबाट कर्मचारी सञ्चय कोषको कर्जा तिर्न सकिने

काठमाडौं ।  नेपाल बैंकबाट कर्मचारी सञ्चय कोषका ऋणिहरुले लिएको कर्जाको साँवा, ब्याज तथा किस्ता रकम तिर्न सकिने भएको छ। नेपाल बैंकका देशभरका सम्पूर्ण २०३ शाखा तथा ३८ वटा एक्स्टेन्सन काउण्टरबाट यो सुविधा लिन सकिने बैंकले जनाएकाे छ । बैंक मार्फत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले मासिक सञ्चित रकम जम्मा गर्दै आईरहेकोमा अव उप्रान्त कर्जा भुक्तानीको सुविधा समेत उपलब्ध गराईएको बैंकले जनाएकाे छ ।

पुरा पढ्नुहॊस »

२४ घण्टामा थपिए ५३४ जना कोरोना संक्रमित

काठमाडौं । आज बिहीबार ५३४  जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५३४ जनामा संक्रमण भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९३  पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट ७  जनाको मृत्यु भएको छ। संक्रमित मध्ये २ लाख ५२ हजार  ३५९  जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल …

पुरा पढ्नुहॊस »

निजी क्षेत्र सरकारको बिना लगानीको पार्टनर हो : वरिष्ठ उपाध्यक्ष ढकाल

पोखरा । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र सरकारको बिना लगानीको पार्टनर भएको बताएका छन् । पर्यटकीय नगरी पोखराको सराङ्गकोटमा सोमबारदेखि सुरुभएको आइएमई लिटरेचर फेस्टिभलमा कोरोनाकालीन उद्योग वाणिज्य विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले जबसम्म सरकारले निजी क्षेत्रलाई आफ्नो व्यवसायिक पार्टनरको रुपमा हेर्दैन तबसम्म मुलुकमा व्यावसायिक वातावरण बन्न नसक्ने बताए । मलेशियाले छोटै समयमा गरेको विकासका नमूनाबारे उदाहरणहरु प्रस्तुत गर्दै ढकालले जबसम्म राज्यले निजी क्षेत्रलाई …

पुरा पढ्नुहॊस »

एकै दिनमा चार विद्यालय भवनको शिलान्यास

सर्लाही। सर्लाही जिल्लामा बुधबारका दिन चारवटा विद्यालय भवनको शिलान्यास विशेष समारोहबीच सम्पन्न भएको छ । वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल, ह्याण्डीक्याप ईन्टरनेशनल, विश्व शिक्षा नेपाल, र राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र (आरआरपिके), मलंगवाको संयुक्त साझेदारीमा सञ्चालित सिकाई परियोजना अन्तर्गत पर्सा गाँउपालिका र हरिपुर्वा नगरपालिकामा निर्माण हुन गईरहेको चार विद्यालय भवनको शिलान्यास भएको हो । चारवटै विद्यालयभवनको कुललागत रकम एक करोड आठलाख सतहत्तर हजार छसय तेत्तीस लाग्ने अनुमान गरिएको छ । उक्त भवनहरु …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंक र रिटर्नी माइग्रेन्ट नेपालबीच  सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र रिटर्नी माइग्रेन्ट नेपालकाबीच सहुलियतपूण वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात रिटर्नी माइग्रेन्ट नेपालको सिफारिसमा यस बैंकले वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ । वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलार्ई १० लाखसम्म कर्जा सहुलियतपूर्ण दरमा प्रदान गरिने छ । विदेशबाट फर्किने नेपाली श्रमिकको संख्या दिनानुदिन बढ्ने र यो जनशक्तिलाई रोजगारी र उद्यममा …

पुरा पढ्नुहॊस »

२४ घण्टामा थपिए ५११ जना कोरोना संक्रमित,७ जनाको मृत्यु

काठमाडौं । आज बुधबार ५११  जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५११ जनामा संक्रमण भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट ७ जनाको मृत्यु भएको छ। संक्रमित मध्ये २ लाख ५१ हजार ९१२ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल …

पुरा पढ्नुहॊस »

आइएमई ‘भरोसा कोश’, चितवन अवस्थित आवेदकलाई वितरण शुरु

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोश’ को रकम वितरण शुरूभएको छ । कोशबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिएको हो । गत हप्ता पौस ९ गते बिहिवारका दिन चितवनमा आयोजित एक विशेष कार्यकमकावीच आइएमई लिमिटेडका प्रबन्धक रोशन रखाल, आइएमई लिमिटेडका क्षेत्रीय प्रतिनिधि सुरज पौडेलले संयूक्त रूपमा आवेदक स्व. बुद्धि लाल सार्की को पत्नी सीता …

पुरा पढ्नुहॊस »

नेपाल टेलिकमको आइपी टिभी शुक्रबारदेखि सञ्चालनमा आउने

काठमाडौं । नेपाल टेलिकमले शुक्रबारदेखि आइपी टिभी सञ्चालनमा ल्याउने भएको छ । टेलिकमले पुस १७ गते  शुक्रबारदेखि एनटी टिभी ब्रान्डमा फाइबर टु दी होम (एफटिटिएच) मार्फत आइपी टिभी सेवा सञ्चालनमा ल्याउन लागेको हो । कम्पनीको एनटी टिभी सेवाका लागि एफटिटिएच नेटवर्कको पहुँच भने अपरिहार्य हुनेछ । तत्कालका लागि उक्त सेवा काठमाडौँ उपत्यकाभित्र सुन्धारा, बबरमहल, ठिमी, बलम्बु, भक्तपुर, चाबहिल, छाउनी र गोङ्गबुमा उपलब्ध हुनेछ । विभिन्न राष्ट्रिय टिभी च्यानल तथा विदेशी …

पुरा पढ्नुहॊस »

प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । छोरी गंगा दाहालले सीताको तस्विर सेयर गर्दै उनको उपचार भइरहेको जनाएकी छन् । सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् ।

पुरा पढ्नुहॊस »

एसईईको परीक्षा फाराम खुल्यो

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको आवेदन फारम खुलाएको छ। बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७८ सालमा सञ्चालन हुने एसईईमा समावेश हुन आवेदन फारम भर्नका लाग सूचना जारी गरेको हो । कोरोना भाइरस (कोभिड–१९) का कारण गत वर्ष एसईई सञ्चालन हुन सकेन । त्यो अवस्था दोहोरिन नदिन बेलैमा तयारी तीव्र बनाएको बोर्डले जनाएको छ । बोर्डका अनुसार आवेदन फारम पुस १६ देखि माघ २१ गतेसम्म भरिसक्नुपर्नेछ।

पुरा पढ्नुहॊस »