रश्मी

खोलाले बगाएर बृद्धाको मृत्यु

झापा । खोलाले बगाएर बृद्धाको मृत्यु भएको छ ।  झापाको हल्दीवारी गाउँपालिका-५ बस्ने ७२ बर्षाया हरिमाया बेगाको खोलाले बगाएर मृत्यु भएको छ । आईतवार राती साँढे ८ बजेको समयमा स्थानीय भुतेनी खोला तर्ने क्रममा अचानक खोलाले बगाएर मृत्यु भएको  प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंक र अग्निबीच सम्झौता

काठमाडौं । महिन्द्राकाे गाडी किन्न माछापुच्छ्रे बैंकले सहुलियतपुर्ण सवारी कर्जा दिने भएकाे छ । बैंक र महिन्द्रा बाण्डको नेपालको लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेड बिच सहुलियतपुर्ण सवारी कर्जा दिने सम्झौता भएको हाे । उक्त सम्झौता पत्रमा अग्नि इन्कर्पोरेटेडको तर्फबाट प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ तथा माछापुच्छ्रे बेंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत र अग्नि इन्कर्पोरेटेडका देशभर रहेका डिलरबाट …

पुरा पढ्नुहॊस »

एनआईसी एशियाको सूर्यविनायक नगरपालिकामा ९३ औं काउण्टर

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ९३ औं विस्तारित काउण्टर भक्तपुर जिल्लास्थित सूर्यविनायक नगरपालिका कार्यालय परिसरमा शुभारम्भ गरेको छ । उक्त सूर्यविनायक नगरपालिका विस्तारित काउण्टरको समुद्घाटन पूर्वमन्त्री महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा एवं बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले संयुक्त रुपमा गरे । समुद्घाटन कार्यक्रममा बोल्दै समुद्घाटन समारोहका प्रमुख अतिथि पूर्वमन्त्री महेश बस्नेतले सूर्यविनायक नगरपालिकाले पेपरलेस प्रविधिलाई प्राथमिकताका साथ राखिरहेको अवस्थाकाबीच एनआईसी एशिया बैंकसँगको साझेदारीले ई–बैंकिङ्गजस्तो महत्वपूर्ण …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंक १५ औं वर्षमा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले स्थापनाको १४ वर्ष पार गरी १५ औं वर्षमा प्रवेश गरेको छ । २०६३ साल पौष १९ गते कास्की, स्याङ्गजा र तनहूँ जिल्लाहरुको कार्यक्षेत्र स्वीकृति लिई स्याङ्गजा जिल्लाको पुतलीबजारमा केन्द्रीय कार्यालय स्थापना गरी १ करोड ३० लाख चुक्ता पूँजीमा बैंक सञ्चालनमा आएको थियो । बैंक स्थापनाको दिन पारेर यस विकास बैंकका क्षेत्रीय तथा शाखा कार्यालयहरुमा विभिन्न सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमहरु सम्पन्न गरेको छ । यस अवसरमा …

पुरा पढ्नुहॊस »

सिभिल बैंकको एक्सटेन्सन काउन्टर हेटौंडा उपमहानगरपालिकामा

काठमाडौं । सिभिल बैंकले ठुलो दमार चोक, हर्नामाडी स्थित हेटौंडा उपमहानगरपालिका वडा नं. -१८मा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन हेटौंडा उपमहानगरपालिकावडा नं. -१८ का अध्यक्ष अनिल बानियाले गरेका हुन् । अब त्यस क्षेत्रका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण बैंकिङ कारोबार सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलैसँग गर्न सक्नेछन् ।

पुरा पढ्नुहॊस »

कोभिड १९संक्रमण पश्चात बिद्यालयमा सम्पन्न पहिलो रक्तदान कार्यक्रम

काठमाडाैं । समृद्धि स्कुल बालाजुको क्लब २५, समृद्धि च्याप्टर, चःमति नेवाः खलः र किलाघः त्वा मिसा पुचः को संयुक्त आयोजनामा आज समृद्धि स्कुल बालाजुमा एक बृहत रक्तदान कार्यक्रम सम्पन्न भएकोछ । यस कार्यक्रममा संलग्न रेडक्रस प्रतिनिधिका अनुसार कोभिड १९ को संक्रमण पश्चात बिद्यालयमा सम्पन्न भएको यो पहिलो रक्तदान कार्यक्रम हो । उक्त कार्यक्रममा ७३ जना बिद्यार्थि, अभिभावक तथा स्थानिय दाताहरूले रक्तदान गरे थिए । समृद्धि स्कुल बालाजुको क्लब २५ का …

पुरा पढ्नुहॊस »

नागरिक बहु–उद्देश्यीय सहकारीको १५ औं वार्षिक साधारण सम्पन्न

भक्तपुर। नागरिक बहु–उद्देश्यीय सहकारी संस्था लि.सुर्यविनायकको १५ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । बागमती प्रदेश सभाका सभासद रजनी जोन्छेंको प्रमुख आतिथ्यतामा संस्थाले साधारणसभा सम्पन्न गरेको हो । संस्थाले आफनो वार्षिक साधारण सभालाई बिगत वर्षहरुमा भन्दा फरक ढंगबाट सम्पन्न गरेको छ । यस वर्ष कोभिड–१९ अर्थात कोरोना भाइरसबाट हुने सक्ने जोखिमको विषम परिस्थितिमा नेपाल सरकार, नियमन निकाय एवं छातासंघहरुको निर्देशन तथा मार्गदर्शनलाई समेत मध्यनजर गरी पुस ८ गतेदेखि …

पुरा पढ्नुहॊस »

टेलिकम र निजी तथा आवासीय विद्यालय अर्गजाइजेशन नेपाल प्याब्सनबीच सम्झौता

काठमाडाैं । नेपाल टेलिकम र निजी तथा आवासीय विद्यालय अर्गजाइजेशन नेपाल प्याब्सनबीच सम्झौता भएको छ । कम्पनी र विश्वविद्यालय अनुदान आयोगबीच भदौ ८ गते सम्झौता भएर देशभरका विश्वविद्यालय, आङ्गिक क्याम्पस तथा सामुदायिक क्याम्पसका शिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्तालाई उपलब्ध गराइएको ‘ह्याप्पी लर्निङ प्याक’ मङ्गलबारदेखि विद्यालयस्तरका विद्यार्थी तथा शिक्षकका लागि पनि उपलब्ध गराउन प्याब्सनसँग सम्झौता भएको हो । यो प्याकेजका प्रयोगकर्ताले तीन सय १५ रुपैयाँमा २४ जीबी र पाँच सय रुपैयाँमा ३५ …

पुरा पढ्नुहॊस »

बाँकेको भेरी अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु

बाँकेको भेरी अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका-८ कि ६५ वर्षीय महिला छिन् । उनको उपचारका क्रममा  शनिबार राति १: ३८ बजे मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि  पुस १३ गते अस्पताल भर्ना भएकी महिलामा १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंक १४ वर्षमा प्रवेश

काठमाडौं । निजी क्षेत्रको अग्रणी वित्तीय संस्था ग्लोबल आइएमई बैंक लिमिटेड आजदेखि आफ्नो स्थापनाको १४ औँ वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो अवधिमानै बैंक पूँजी, व्यवसाय, शाखारसञ्जाल समेतका हिसाबले नेपालकै ठुलो तथा मजबुत बैंक बनेको छ । बैंकको हाल चुक्ता पूँजी करिब रु १९ अर्ब पुगेको छ । प्रस्तावित १४ प्रतिशत बोनस पश्चात करिब रु २१ अर्बभन्दा बढी पुग्नेछ । यस्तै सञ्चित कोष गरी प्राथमिक पूँजी रु २७ अर्ब …

पुरा पढ्नुहॊस »