काठमाडौं । सनराइज बैंकले होटल क्षेत्रमा विभिन्न छुट दिने उद्देश्यका साथ होटल भिभान्ता काठमाडौंमा बैंकका ग्राहकहरुलार्ई विशेष छुट प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । सम्झौताअनुसार बैंकका ग्राहकहरुले भिभान्ता काठमाडौंको मायन्ट र अकारी रेस्टुरेन्टमा खाना र बेभरेजको सनराइज बैंकको के्र्रडिट तथा डेबिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्नेछन् । बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको …
पुरा पढ्नुहॊस »माछापुच्छ्रे बैंकले गर्यो गोकर्ण फरेस्ट र पार्क भिलेज रिसोर्टबीच छुट सम्झौता
काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकहरुले गोकर्ण फरेस्ट र पार्क भिलेज रिर्सोटमा छुट पाउने भएका छन् । बैंक र दुई रिर्सोटबीच छुट सम्झौता भएकाे हाे । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले गोकर्ण फरेस्ट रिसोर्टको खाना, स्पा र पेय पदार्थमा १०प्रतिशतसम्म छुट पाउनेछन् । त्यसैगरी पार्क भिलेज रिसोर्टको सम्पुर्ण सुविधाहरुमा बैंकका ग्राहकहरुले १०प्रतिशतसम्म छुट पाउनेछन् ।बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्युआर काेड प्रयाेग गरी बिल भुक्तानी प्रदान गर्नेछन् ।
पुरा पढ्नुहॊस »सिटिजन्स बैंकको मनछुने भिडियो (भिडियो सहित)
काठमाडौं । सिटिजन्स बैकले भर्खरै नयाँ भिडियाे सावर्जनिक गरेकाे छ । साे भिडियाेमा आमा र छाेरीलाइ प्रस्तुत गरिएकाे छ । मनछुने गरी प्रस्तुत गरिएकाे भिडियाेमा सन्तानकाे प्रगति देख्न अभिभावक कति आतुर हुन्छन् त भनेर देखाइएकाे छ। तथापि सबै सन्तान किन सफल हुँदैनन् त भनेर अभिभावकले साेच्न आवश्यक रहेकाे सन्देश भिडियाेले दिएको छ । बैंकले प्रस्तुत गरेकाे उक्त भिडियोमा नेहा नाम गरेकी एकजना पात्र हुन्छिन्, जसलाई ‘कुकिङ’ मा निकै रुची हुन्छ …
पुरा पढ्नुहॊस »२४ घण्टामा थपिए ५२२ जना कोरोना संक्रमित, ८जनाको मृत्यु
काठमाडौं । आज मंगलबार ५२२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५२२ जनामा संक्रमण भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जनाको मृत्यु भएको छ। संक्रमित मध्ये २ लाख ५५ हजार ६६६ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल …
पुरा पढ्नुहॊस »ट्रकको ठक्करबाट एकजनाको मृत्यु
राजविराज । सप्तरीको वीरेन्द्र बजारमा आज बिहान ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका-१ का ३५ वर्षीय रामकुमार खत्वे मण्डल छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रकले उनलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका मण्डलको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहॊस »गायक शिव परियारको ‘तिम्रो याद भुलाउन’
काठमाडौं । गायक शिव परियारको स्वरमा रहेको ‘तिम्रो याद भुलाउन’को गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उमेश रेग्मीको शब्द तथा संगीतमा तयार भएको भिडियोमा नरेश भट्टराई र साक्षी लम्सालले अभिनय गरेका छन् । गीतको भिडियोमा यूवराज वाइवाको निर्देशन रहेको छ ।विकास दाहालको सम्पादन रहेको भिडियोमा निसाल पौडेलको छायांकन छ ।
पुरा पढ्नुहॊस »नेपाल एसबिआई बैक र होटल बाराहीबीच सम्झौता
काठमाडाैं । नेपाल एसबिआई बैंकका ग्राहकले पाेखराकाे हाेटल बारहीमा छुट पाउने भएका छन् । बैक र होटल बाराहीबिच भएकाे सम्झाैता अनुसार बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकको ग्राहकले हाेटलमा छुट पाउनेछन् । उक्त सम्झौता पत्रमा बैंकका प्रमूख व्यवसाय प्रबन्ध अधिकृत छपि राज पन्त तथा होटल बाराहीका अपरेशन म्यानेजर बुद्धि मान शर्माले हस्ताक्षर गरे ।
पुरा पढ्नुहॊस »जोखिम तथा विपन्न घरपरिवारलाई खाद्यान्न सहयोग
सर्लाही ।बागमती सेवा समाज नेपालद्वारा वर्ल्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालित बाल स्पोन्सरशिप परियोजना अन्तर्गत अन्यन्त जोखिम घरधुरीलाई खाद्यान्न सहयोग प्रदान गरिएको छ । संस्थाद्वारा पौष २० गते आयोजित एक कार्यक्रमकाबीच हरिपूर्वा नगरपालिका वडा नं.३ स्थित धनकौल टोल निवासी मन्तोरिया देवी माझी र फूलो साह तथा पर्सा गाउँपालिका वडा नं. १ स्थित मुस्लिमटोलका रइमुल खातुनको परिवारलाई उक्त खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको हो । उक्त सहयोगबाट तीन घरपरिवारका १९ जना सदस्यहरु लाभान्वित …
पुरा पढ्नुहॊस »महामारी पुर्वतयारी तथा प्रतिकृया सम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन
काठमाडौं । नेपाल सरकार स्वास्थ्य मन्त्रालय, नबिल बैंक, चौधरी फाउन्डेसन, एसियाली विपद पुर्वतयारी केन्द्र तथा एनडिआरसीको संयुक्त साझेदारीमा महामारी पूर्वतयारी तथा प्रतिकृया सम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन भएको छ । कोविड सम्बन्धी जनचेतनामा बिशेष जोड दिने र भविष्यमा आइपर्ने जस्तोसुकै अवस्थाको लागि जनस्वास्थ्य क्षेत्रलाई तयारी अवस्थामा राखिनुपर्ने आवश्यकता महसुश गर्दै सो चेतनामुलक कार्यक्रम संचालन भएको हो । स्वास्थ्य क्षेत्रमा कार्यरत स्थानीय स्वास्थ्यकर्मी तथा मानवीय सेवामा कार्यरत विभिन्न संघसंस्थाहरुको क्षमता अभिवृद्धिका लागि उक्त …
पुरा पढ्नुहॊस »कुमारी बैंकद्वारा नौं वटा नयाँ शाखाहरुको भर्चुअल उद्घाटन
काठमाडौं । कुमारी बैंकले आफ्ना नौं वटा नयाँ शाखाहरुको भर्चुअल उद्घाटन गरेको छ । उपत्यका भित्रका सात शाखाहरुः बाफल, नयाँपाटी, खुसिबु, मैतीदेवी, पानीपोखरी, मालीगाउँ र नरेफाँटको भौतिक उद्घाटन सम्बन्धित ठाँउबाट भएता पनि मोबाइल प्रविधिबाट विद्युुतीय माध्यममार्फत बैंकको केन्द्रिय कार्यालयबाटै बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब.राणाले बैंकका उच्च पदाधिकारी तथा अन्य कर्मचारीको उपस्थितिमा सम्पन्न गरे । यसैगरी, बेलबारी शाखा बैंकका संचालक समितिका सदस्य महेश प्रसाद पोखरेल तथा बेलबारी नगरपालिकाका मेयर …
पुरा पढ्नुहॊस »