रश्मी

आज देशभरको मौसम सामान्यतया सफा रहने

काठमाडाै । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर शुक्रबारको मौसम सामान्यतया सफा रहने जनाएको छ। हाल प्रदेश १ को पहाडी भु-भागमा आंशिक  बदलीको अवस्था रहेको छ र तराईका भु-भागमा हुस्सु् / कुहिरो लागेको छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ । आगामी तीन दिनको मौसम पूर्वानुमानक    पौष २४ गते (शुक्रबार) दिउँसो :  प्रदेश १ र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । राति :  प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनि प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम आंशिक बदली रहनेछ । पौष २५ गते (शनिबार) दिउँसो : प्रदेश …

पुरा पढ्नुहॊस »

भालुको आक्रमणबाट २ गम्भीर घाइते

डोटी ।  भालुको आक्रमणबाट २ गम्भीर घाइते भएका छन् । डोटीको आदर्श गाउँपालिका-१ मा जङ्गली भालुको आक्रमणमा परी ८४ वर्षीय रामबहादुर खड्का र उनकी पाँच वर्षीया नातिनी सरस्वती खड्का गम्भीर घाइते भएका छन् । बिहीबार साँझ खेतबारीको काम सकेर घर फर्किँदै गर्दा घरनजिकैउनीहरुलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते उनीहरुको दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेकोे छ ।

पुरा पढ्नुहॊस »

भोलि शनिबार पनि बैंक खुला गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । भोलि शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले भनेको हो । राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु भोलि शनिबार पनि खुला रहने भएका छन् । केहि बैंकहरुले शुक्रबार नै सूचना प्रकाशित गरेर भोलि दिउसो बैंक खुला रहने जानकारी गराएका छन् …

पुरा पढ्नुहॊस »

अमेरिकामा कोरोनाबाट एकैदिन ४ हजार १ सय जनाको मृत्यु

काठमाडौं ।   कोरोना भाइरसको कहर अमेरिकामा अहिलेसम्मकै उच्च देखिएको छ । कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म ३ लाख ६९ हजार ९९० जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २ करोड १८ लाख ५७ हजार ६१६ जना छन् । कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा ४ हजार १ सय जनाको मृत्यु भएको छ भने २ लाख ६० हजार ९७३ जना संक्रमित भएका छन् ।

पुरा पढ्नुहॊस »

चलचित्र ‘एउटा यस्तो प्रेम कहानीको शिर्ष गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘एउटा यस्तो प्रेम कहानीको शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शक्ति श्रेष्ठ र कविता मानन्धरलाई देख्न सकिन्छ । शिव श्रेष्ठको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, मिथिला शर्मा, बसुन्धरा भुषाल, नरेन खड्का लगायतका कलाकारको अभिनय रहेको छ । यो चलचित्र माघ १ गतेबाट रिलिज हुँदैछ ।

पुरा पढ्नुहॊस »

ज्योति लाईफ इन्स्योरेन्सको ‘ज्योति ईजी पे’

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले ‘ज्योति ईजी पे’ जीवन बीमा योजना बजारमा ल्याएको छ । प्रत्येक वर्ष समान बीमाशुल्क तिर्नुपर्ने अवस्थालाई अन्त्य गर्दै कम्पनीले उक्त योजना बजारमा ल्याएको जनाएको छ । प्रत्येक वर्ष ठुलो बीमा शुल्क बुझाउनु पर्ने अवस्थाबाट मुक्त पार्दै तयार पारिएको यस योजनामा प्रत्येक वार्षिकोत्सवमा भुक्तानी हुने बीमाङ्कको ५ प्रतिशत रकम दोस्रो वर्षदेखिको नवीकरण बीमाशुल्कमा मिलान गरि कम बीमाशुल्कमा नै बीमालेख जारी हुने व्यवस्था गरिएको कम्पनीले जनाएको …

पुरा पढ्नुहॊस »

अमेरिकी संसद्‌मा ट्रम्प समर्थकले गरे हिंसात्मक आक्रमण : मृत्यु हुनेको सख्या चार पुग्यो

एजेन्सी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार वासिङ्टनस्थित संसद भवनमा फैलाएको हिंसामा परी चार जनाको मृत्यु भएको छ। अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पका हिंसक समर्थकहरूले क्यापिटल बिल्डिङमा छिरेरै आक्रमण गरेका छन्। अमेरिकी कङ्ग्रेसमा सांसदहरूले जोन बाइडनको विजयकाे पुष्टि गर्न कुराकानी गरिरहेका समयमा उनीहरुले संसद्‍भित्रै पसेर यस्ताे आक्रमण गरेका हुन्। सदनमा छलफल चलिरहेकै समयमा अचानक ट्रम्प समर्थकहरू क्यापिटल बिल्डिङभित्र  गएका थिए। त्यसपछि बहस रोकिएकाे थियाे। ट्रम्प समर्थकहरू चुनावी परिणाम रद्द गर्न माग गर्दै …

पुरा पढ्नुहॊस »

गायिका मेलिना राईको आवाजमा ‘जाले रुमाल बैना’

काठमाडौं ।  गायिका मेलिना राई र गायक पुरुषोत्तम गैरेको आवाजमा ‘जाले रुमाल बैना’ बोलको गीत सार्वजनिक भएको छ । बिमल पौडेलको शब्द रहेको गीतमा संगीत गायक गैरेकै छ । गीतको   भिडियोमा रियाशा दाहाल र अर्जुन न्यौपानले अभिनय गरेका छन् । भिडियोलाई काजिश श्रेष्ठले कोरियोग्राफी गरेका हुन् । अर्जुन तिवारी र टिमको छायाँकन रहेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन् ।

पुरा पढ्नुहॊस »

बिहीबार १३ सयले घट्यो सुनको मूल्य

काठमाडाै ‌। आज बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार सुन १ हजार ३ सय र चाँदी १० रुपैयाँले घटेको हो । आज बिहीबार १ हजार ३ सय रुपैयाँले घटेर ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने अन्तिम सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली ,२०७३ बमोजिम सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त, बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी आज उक्त बैंकसंग अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । बैंकको मुख्य कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमका बीच यस बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल …

पुरा पढ्नुहॊस »