रश्मी

सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा जाजरकोट जिल्लाको कालीमाटी बजारमा

काठमाडाै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसै क्रममा बैंकले जाजरकोट जिल्लाको नलगाड नगरपालिका, कालीमाटी बजारमा यहि पौष २४ गतेबाट १०७ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी अमर बहादुर बोहरा लाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । यस शाखा रहित बैंकिङ्गबाट …

पुरा पढ्नुहॊस »

महिन्द्रा केयर फेस्ट २०२१ आयोजना हुँदै

काठमाडौं ।  अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कस् प्रालिले महिन्द्रा केयर फेस्ट आयोजना गर्ने भएको छ । उक्त आयोजना पौष २६ गतेदेखि माघ २ गतेसम्म देशव्यापी रुपमा आयोजना गर्ने भएको हो । नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेताले नेपालभर रहेका सम्पूर्ण आधिकारिक सर्भिस सेन्टरले निःशुल्क ६० प्वाइन्ट भेहिकल चेकअप गर्ने भएका हुन् । महिन्द्राको ग्राहकले अन्य विशेष छुट तथा आकर्षक उपहार पनि पाउनेछन् ।

पुरा पढ्नुहॊस »

माघे संक्रान्तिमा सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले माघ १ गते माघि तथा माघे संक्रान्ति पर्वका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले माघ १ गते माघीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।  

पुरा पढ्नुहॊस »

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

बिराटनगर । १ नम्बर प्रदेशका झापा र मोरङ जिल्लाको तिन छुट्टाछुट्टै स्थानमा शनिवार भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका-३ झिलमिले पुल नजिकै शनिवार दिउँसो १ बजे मे १ च ५३९६ नम्बरको पिकअप र मे २ प ६९८४ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालक झापा अर्जुनधाराका ५३ बर्षीय छत्र बहादुर मगरको बि.एण्ड.सी. अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ …

पुरा पढ्नुहॊस »

२३ सयले घट्यो सुनको मूल्य

काठमाडाै ‌। आईतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य पनि घटेको छ । आज सुन २३ सय रुपैयाँले घटेको छ भने चाँदी ६० रुपैयाँले घटेको हो । सुन आज आइतबार ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । …

पुरा पढ्नुहॊस »

“मुक्तिनाथ विकास बैंकको चौधौं वार्षिक साधारण सभा सम्पन्न”

काठमाडौं । मुक्तिनाथ विकास बैंकले पोखरामा चौधौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन, आ.व. २०७७/०७८ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु सहित आ.व. ०७६/०७७ को मुनाफाबाट सेयरधनीहरुलाई (४.२५७४ प्रतिशत नगद लाभांस र ११.२५ बोनस सेयर सहित) १५.५०७४ प्रतिशत लाभांस वितरण गर्ने सामान्य तथा विषेश प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ । बंैकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक …

पुरा पढ्नुहॊस »

बाँकेमा दुईजना कोरोना संक्रमितको मृत्यु

काठमाडाै । बाँकेमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रोल्पाको लिवाङ-४ की ४२ वर्षीया महिला र भेरी अस्पताल नेपालगञ्जमा दाङको बबई-६ की ८० वर्षीया वृद्धाको आइतबार बिहान मृत्यु भएको हो । उनीहरुको

पुरा पढ्नुहॊस »

कालिमाटी तरकारी तथा फलफूल बजारमा क्यू आर कोड सेवा सञ्चालनमा

काठमाडौं ।  प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले काठमाण्डौस्थित कालिमाटी फलफूल तथा तरकारी बजारमा कारोबार गर्दा क्यू आर कोड मार्पmत् भुक्तानी गर्न मिल्ने सेवा सञ्चालनमा ल्याएको छ । दिन कालिमाटी फलफूल तथा तरकारी बजारको प्राङग्णमा आयोजित एक समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कालिमाटी फलफूल तथा तरकारी बजार समितिलाई क्यू आर कोड हस्तान्तरण गरी सेवा सञ्चालनको समुद्घाटन गरे। समुद्घाटन मन्तव्य …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकद्वारा जाडोमा न्यानो कपडा वितरण

काठमाडाै । ग्लोबल आइएमई बैंक लिमिटेडको कर्णाली प्रादेशिक शाखा कार्यालयले बैकको १४औं वार्षिकोत्सवको उपलक्ष्यमा, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विरेन्द्रनगर, सुर्खेतस्थित मानव सेवा आश्रमका विभिन्न उमेर समुहका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ । बैंकको कर्णाली प्रादेशिक शाखा कार्यालय प्रमुख विष्णु अर्यालले मानव सेवा आश्रम, सुर्खेत शाखालाई न्यानो कपडा हस्तान्तरण गरे । ग्लोबल आइएमई बैंकले समाजलाई टेवा पु¥याउने उद्देश्यकासाथ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समाजपयोगी कार्यहरु गर्दै आएको छ । …

पुरा पढ्नुहॊस »

आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड अम्बासडरमा मनिषा कोइराला

काठमाडाै ।आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको ब्रान्ड अम्बासडरमा अन्तराष्ट्रिय रुपमा ख्याति प्राप्त नेपाली नायिका मनिषा कोइराला तीन वर्षको लागि नियुक्त भएकी छिन् । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड नेपालको निर्जीवन बीमा कम्पनीहरुमा उत्कृष्ठ कम्पनीको रुपमा स्थापित बीमा कम्पनी हो । मनिषा कोइरालाको सहकार्यले कम्पनीेको प्रबद्र्घन गर्न थप सहयोग पुग्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बताए । साथै श्रेष्ठले नयाँ सोच भएका युवालाई उद्यमी बन्न प्रेरित गरिरहेको व्यक्तिलाई ब्रान्ड अम्बासडर नियुक्त …

पुरा पढ्नुहॊस »