रश्मी

उत्तर कोरियाली नेताकी पत्नी एक वर्षपछि सार्वजनिक कार्यक्रममा

उत्तर कोरियाका नेता किम जङ-अनकी पत्नी एक वर्षभन्दा लामो समयपछि पहिलो पटक सार्वजनिक रूपमा देखा परेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ। री सोल-जु मङ्गलवार आफ्ना पतिसँग आफ्ना ससुरा किम जङ-इलको जन्मजयन्तीको अवसरमा आयोजित साङ्गीतिक कार्यक्रममा सहभागी भएकी थिइन्। प्राय: किमसँगै सार्वजनिक कार्यक्रमहरूमा देखिने री गत सन् २०२० को ज्यानुअरीदेखि कतै देखा परेकी थिइनन्। उनी देखिन छोडेपछि उनी बिरामी भएको वा गर्भवती भएको आकलन गरिएको थियो। दक्षिण कोरियाको गुप्तचर संस्थाले सोमवार मात्रै …

पुरा पढ्नुहॊस »

नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन सुरु

काठमाडौँ ।  नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन काठमाडौंमा सुरु भएको छ । महाधिवेशनको उदघाटन उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय सभागृहमा गरे । खुलासत्र सकिएलगत्तै राष्ट्रिय सभागृहमै बन्दसत्र सुरु हुने छ । बन्दसत्रबाट महासचिव रमेश विष्ट र कोषाध्यक्ष राजेश मिश्रले पेश गर्ने प्रतिवेदनहरु पारित गरेर आजै कार्यक्रम सक्ने तयारी रहेको छ ।

पुरा पढ्नुहॊस »

११ सयले घट्याे सुनकाे मूल्य

काठमाडौँ ।  बुधबार  सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ११  सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ८ सयमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला ८९ हजार ३५० रुपैयाँ पुगेकाे छ । त्यसैगरी तर चाँदीको मूल्य घटेको छ। चाँदीको मूल्य तोलामा  २० रुपैयाँले घटेर १३  सय ४० रुपैयाँमा कारोबार भइरहेको  महासंघले जनाएको छ ।

पुरा पढ्नुहॊस »

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं ।  नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने बैठकमा पार्टीको आगामी १४औँ महाधिवेशन र समसामयिक राजनीति विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ । बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका, वर्तमान केन्द्रीय समितिको समयावधि थप गर्ने, प्रतिनिधिसभा विघटनविरुद्धको पार्टीको आन्दोलनको समीक्षा र भावी कार्यक्रमलगायत समग्र विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । साथै बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा …

पुरा पढ्नुहॊस »

कुमारी बैङ्कले ठमेलका पर्यटन व्यवसायीलाई १५ लाखसम्मको पुनर्जीवन कर्जा सेवा दिने

काठमाडौं । कुमारी बैंक र ठमेल पर्यटन विकास परिषदबीच ठमेल पर्यटन व्यवसाय पुनर्जीवन कर्जा सेवा उपलब्ध गराउने सम्बन्धमा सहकार्य भएको छ । उक्त सहकार्यअन्तर्गत ठमेल पर्यटन विकास परिषद्मा आबद्ध रजिष्टर्ड सदस्य व्यवसायीहरुलाई उक्त कर्जा सुविधा प्रदान गरिने छ । यसरी प्रदान गरिने अधिविकर्ष तथा चालु पुँजी कर्जा लगायत आवधिक कर्जाको सीमा अधिकतम १५ लाख रहने छ । उक्त कर्जाहरु व्यवसायको संचालन तथा प्रशासनिक खर्च व्यवस्थापनको लागि लगानी गर्ने बैंकले जानकारी …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको नँया एटिएम भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्यामपसमा

काठमाडाैं । सिद्धार्थ बैंकले भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा एटिएम सेवा सुरु गरेको छ । सो एटिएम सेवा वीरेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दयाराम पौडेलले उद्घाटन गरेका थिए । बैंकले भरतपुरस्थित उक्त क्याम्पसका कर्मचारी, विद्यार्थी साथै अन्य सर्वसाधारण ग्राहकहरुलाई लक्षित गरी सो एटिएम सेवा सञ्चालनमा ल्याएको जनाएकाे छ ।

पुरा पढ्नुहॊस »

भागरथीकै विद्यालयका छात्रद्वारा बलात्कार र हत्या गरेको स्वीकार

काठमाडौं । गत माघ २१ गते बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न अभियुक्तले प्रहरीसमक्ष आफ्नो अपराध स्वीकार गरेको छ । पक्राउ परेका व्यक्ति भागरथीसँगै सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने विद्यार्थी हुन। उनी भागरथी भट्टकै छिमेकी रहेको प्रहरीले जनाएको छ। माघ २१ गते विद्यालय गएकोमा भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दा माघ २२ गते विभत्स अवस्थामा स्थानीय लवलेक जङ्गलमा फेला परेकी …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा,धनगढीस्थित त्रिनगर कृषि हाटबजारमा

काठमाडाैं । डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेश त्रिनगर कृषि उपज हाटबजारमा क्युआर कोड सेवा संचालनमा ल्याएको छ । उक्त सेवाको सुरुवात  नेपाल राष्ट्र बैंकका निर्देशक सुवाष चन्द्र घिमिरेले त्रिनगर कृषि उपज हाटबजारमा क्यूआर कोडमार्फत् भुक्तानी गरी गरेका हुन् । उक्त कार्यक्रममा घिमिरेले गोलभेडा तथा टपरी किनेर क्युआर कोड मार्फत उक्त सामानको रकम भुक्तानी गरी क्युआर कोड सेवाको शुभारम्भ गरेका थिए । उक्त क्युआर कोड सेवा …

पुरा पढ्नुहॊस »

आज नेपालमा १०५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आज,मंगलबार १०५  जनामा कोरोना पुष्टि भए​को छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १०५ जनामा संक्रमण भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ९४५  गेको छ भने त्यस्तै पछिल्लो २४ घण्टामा  कसैको पनि मृत्यु भएको छैन । संक्रमित मध्ये २ लाख २ लाख ६९ हजार ३०३  जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको …

पुरा पढ्नुहॊस »

एनएमबिको क्युआर कोडबाट चितवनकाे महानगर फलफूल तथा तरकारी बजारमा काराेबार सुरु

काठमाडौं । एनएमबि  बैंकले नगदरहित कारोवारलाई प्रवर्धन गर्ने उद्देश्यसहित महानगर फलफूल तथा तरकारी बजार, क्षेत्रपुर, चितवन क्षेत्रमा क्यूआरमार्फत नगदरहित भुक्तानी सेवा शुरु गरेको छ एनएमबि बैंकको वागमति प्रदेश प्रमुख गणेश पराजुलीले चितवनको क्षेत्रपुरमा रहेको फलफूल तथा तरकारी बजारका व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेका छन् । बैंकले साना तथा मझौला उद्यमीलाई विगत देखी केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको छ ।

पुरा पढ्नुहॊस »