काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पेलेस एप्स बीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले पेलेस एप्ससँग आवद्ध ४५० भन्दा बढी आउटलेटहरूमा विशेष छुट पाउनेछन् । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ …
पुरा पढ्नुहॊस »अजोड इन्स्योरेन्स र नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघबीच बीमा सेवा सम्बन्धि सम्झौता
काठमाडौं । अजोड इन्स्योरेन्स र नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ बीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघका अध्यक्ष रामेश्वर पराजुलीले हस्ताक्षर गरे। नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघसँग आबद्ध विभिन्न उद्योग तथा व्यवसायहरुको बीमा सेवा गर्ने गराउने कार्यका लागि सम्झौता भएको हो ।
पुरा पढ्नुहॊस »नेपाल बैंकको एक्स्टेन्सन काउन्टर राष्ट्रिय बीमा कम्पनीमा
काठमाडौं । नेपाल बैंकको एक्सटेन्सन काउन्टर राष्ट्रिय बीमा कम्पनीमा संचालनमा आउने भएको छ । बैङ्क र बीमा कम्पनीबीच उक्त कम्पनीका ग्राहकहरुबाट प्राप्त हुने प्रिमियम रकम संकलन गर्ने उद्देश्यले राष्ट्रिय बीमा कम्पनीमा बैङ्कको एक्स्टेन्सन काउन्टर संचालन हुने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्ली राज अर्यालले हस्ताक्षर गरेका छन् । साथै कम्पनीमा कार्यरत कर्मचारीहरुलाई बैंकले सहुलियत दरमा …
पुरा पढ्नुहॊस »अशोक लेलैण्डका बसहरूको च्यासिस हस्तान्तरण
काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा. लिद्धारा प्रवद्र्धित अशोक लेलैण्डले काठमाडौंमा एक कार्यक्रम गरी VIKING 222 मोडल बसका ग्राहकहरुलार्ई च्यासिसहरु हस्तान्तरण गरेको छ । व्यावसायिक भ्रमणका लागि नेपाल आउनुभएका प्रेसिडेन्ट इन्टरनेश्नल अपरेशन संजय सारस्वत र सार्क राष्ट्रका रिजनल म्यानेजर तन्मय मित्रबाट संयूक्त रूपमा उक्त च्यासिसहरू हस्तान्तरण गरिएको हो । च्यासिस हस्तान्तरण कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै प्रेसिडेन्ट संजय सारस्वतले १० वटा बस एकैसाथ हस्तान्तरण गर्न पाउँदा ज्यादै खुशी …
पुरा पढ्नुहॊस »गरिमा विकास बैंकले वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ‘अटो लोन’ दिने
काठमाडाैं । गरिमा विकास बैंकले आफ्नो कर्जा प्रवाह रणनितीलाई थप आक्रामक बनाउँदै न्यूनतम वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ‘गरिमा सजिलो अटो लोन’ सार्वजानिक गरेको छ । यो सुविधा अन्तर्गत बैंकले खरिद मुल्यको ८८० प्रतिशतसम्म अधिकतम १० वर्षको लागी कर्जा प्रवाह गर्न सक्नेछ । आफ्नो सवारी चढ्ने सपना पुरा गर्न ‘गरिमा सजिलो अटो लोन’ एकदमै प्रभावकारी सावित हुने बैंकले जनाएकाे छ ।
पुरा पढ्नुहॊस »२४ घण्टामा थपिए १२५ जना कोरोना संक्रमित
काठमाडौं । आज, बुधबार १२५ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२५ जनामा संक्रमण भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७० पुगेको छ भने त्यस्तै पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । संक्रमित मध्ये २ लाख ६९ हजार ३९४ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या २ हजार …
पुरा पढ्नुहॊस »आईएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को सञ्चित मुनाफबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा ७ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा संस्थाको आगामी वार्षिक …
पुरा पढ्नुहॊस »मोटरसाईकल दुर्घटनाबाट चालकको मृत्यु
झापा । झापा गाँउपालिका-६ शरणामति बस्ने २२ बर्षीय सनम तामाङको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । मंगलवार साँझ ७ बजे झापा-७ स्थितमा रहेको कानोमाई खोलाको पुलमा को १३ प ९०० नम्बरको मोटरसाईकल आफै अन्यन्त्रित भई दुर्घटना हुदाँ चालक तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहॊस »नेको इन्स्योरेन्सद्वारा विद्यार्थीहरुलाई स्टेशनरी सामान सहयोग
काठमाडौं । नेको इन्स्योरेन्सले आफनो रजत महोत्सवको अवसर पारेर विद्यार्थीहरुलाई स्टेशनरी सामान सहयोग गरेको छ । कम्पनीले निर्माण क्षेत्रमा कार्य गर्ने श्रमिकहरुका बालबालिकालाई संरक्षण दिंदै आएको काठमाडौंको कालोपुलस्थित अर्किड गार्डेन नेपालमा रहेका १५० जना बालबालिकाहरुलाई श्रीपञ्चमीको अवसरमा स्टेशनरी सामान हस्तान्तरण गरेको हो । उक्त स्टेशनरी सामान कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले बालबालिकाहरुलाई स्टेशनरी सामान प्रदान गरे ।
पुरा पढ्नुहॊस »छतबाट खसेर २ वर्षीय बालकको मृत्यु
सप्तरी । सप्तरीमा छतबाट खसेर २ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका वडा नम्बर -१० बनौला बस्ने खुशीलाल मण्डलका २ बर्षीय छोरा दीपक मण्डल छन् । मण्डलको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका बालकलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्ताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।
पुरा पढ्नुहॊस »