रश्मी

नेशनल लाईफ इन्स्योरेन्सको सेयर सूचीकृत

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको आज (चैत ११ गते) ३० लाख ८२ हजार ६२६ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको हो । यससँगै कम्पनीको सो मात्राको सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच हुनेछ ।

पुरा पढ्नुहॊस »

म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर ७ वर्षीया बालिकाको मृत्यु

एजेन्सी।  म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर ७ वर्षीया बालिकाको मृत्यु भएको छ ।  म्यान्मारको मन्डालेत आफ्नै घरमा ती बालिकालाई गोली लागेको उनको परिवारले जनाएको छ । सुरक्षाकर्मीको गोली लागेर मारिने उनी सबैभन्दा कम उमेरकी हुन् । माघ १९ गते सेनाले ‘कू’ गरेपछि दैनिक सैन्य सरकारविरुद्ध आन्दोलन भइरहेको छ। सेनाले भने बालिकाको मृत्यु भएको बारेमा केही सार्वजनिक गरेको छैन।

पुरा पढ्नुहॊस »

नर्भिकले टेस्टट्यूब बेबी सेन्टर संचालनमा ल्याउने, सेवा अत्याधुनिक र सुविधायुक्त हुने

काठमाडौं । देशकै स्तरीय अस्पताल, नर्भिक इन्टरनेशनल हस्पिटलमा अब बाँझोपनको समेत अत्याधुनिक प्रविधिबाट उपचार हुने भएको छ । विभिन्न कारणले सन्तान नभएकाहरुका लागि आधुनिक प्रविधिहरु भित्राएर नर्भिक अस्पतालले छिट्टै बाँझोपनको उपचार गर्ने विशेष प्रजनन् केन्द्र नै स्थापना गरी अन्तराष्ट्रिय स्तरको सेवा दिने तयारी थालेको हो । नर्भिक इन्टरनेशनल हस्पिटलकी प्रबन्ध निर्देशक मेघा चौधरीकाअनुसार नर्भिकले २ महिनाभित्रमा छुुट्टै आइभिएफ एण्ड फर्टिलिटि सेन्टर सञ्चालनमा ल्याउन लागेको हो । नेपालकै चर्चित बरिष्ठ स्त्री …

पुरा पढ्नुहॊस »

आमिर खानलाई कोरोना संक्रमण

काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमण बढिरहँदा बलिउड नायक आमिर खानलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पोजेटिभ पाइएपछि आमिर खान होम क्वारेन्टिन भएका छन् ।

पुरा पढ्नुहॊस »

आइएमई पे एपबाट सबै क्यु आर स्क्यान गर्न मिल्ने

काठमाडौँ । आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्यु आर स्क्यान गर्न मिल्ने भएको छ । नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्यु आर, युनियन पे र आइएमई पे क्यु आर सेवाग्राहीहरुले सजिलै आइएमई पे एपबाट स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् । सबै क्यु आर स्क्यान गरी भुक्तानी गर्न मिल्ने आइएमई पे एप एक मात्र विद्युतीय भुक्तानी सेवा प्रदायक एप हो । नेपालमा क्यु आर स्क्यान गरी भुक्तानी गर्ने व्यवहार …

पुरा पढ्नुहॊस »

ओपो ब्याण्ड स्टाइलको पनि विक्रि खुल्लाः

काठमाडौं । ओपोले नेपालमा  एफ१९ प्रोको विक्रि आरम्भ गरेको छ । कम्पनीले देशभर रहेका प्रमुख अफलाईन रिटेल स्टोर्स मार्फत स्मार्टफोनको विक्रि खुल्ला गरेको हो । मार्च १६मा एक अनलाइन लञ्च ईभेन्ट मार्फत ओपोले नेपालका लागि आफ्नो फ्ल्यागशिप मोडल ओपो एफ१९ प्रोका साथमा ओपो ब्याण्ड स्टाइल र ओपो एफ१९ पनि सार्वजनिक गरेको थियो । नेपालमा ओपोको तेस्रो अनलाईन लाइभ लञ्च ईभेन्टमा नेपाली मनोरञ्जन जगतका चर्चित हस्तिहरु, ओपोका ब्राण्ड फ्रेन्ड तथा नायिका …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको शाखा बिस्तार ७६औँ जिल्लामा, बजुराको मार्तडीमा नयाँ शाखा सञ्चालनमा

काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बाजुरा जिल्लाको बडीमालिका नगरपालिका –८, मार्तडीमा  चैत्र १० गते मंगलबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा बिस्तार ७६औं जिल्लामा पुगेको छ । ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा २७० शाखा, २४२ एटीएम, २५६ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन …

पुरा पढ्नुहॊस »

सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रदेश ५,६ र ७ मा एजेन्ट् मीट् कार्यक्रमहरु सम्पन्न

काठमाडाैँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत चैत्र ५, ६ र ७ गते धनगढी, नेपालगन्ज र दाङ गरि ३ ठाउँमा आफ्नो सेवा प्रदान गर्ने एजेन्ट्हरुका लागि एक÷एक दिने एजेन्ट् भेटघाट र AML/CFT  तालिम कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा लुम्बिनी र सुदुरपश्चिम प्रदेशबाट उल्लेखनिय सहभागिता रहेको थियो । सो कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन लगायत व्यबस्थापन समूहको उपस्थिति रहेको थियो । बिगतको समिक्षा तथा आगामी …

पुरा पढ्नुहॊस »

नेपाल बङ्गलादेश बैंक र नेपाल सुनचाँदी ब्यवसायी महासंघबीच सम्झौता

काठमाडाैं । नेपाल बङ्गलादेश बैंक लिमिटेड र सुनचाँदी ब्यवसायीहरुको छाता संगठन नेपाल सुनचाँदी ब्यवसायी महासंघ बिच बैंकिङ्ग साझेदारी सम्झौता भएको छ । उक्त सम्झौतामा नेपाल बङ्गलादेश बैंक लिमिटेडको तर्फबाट बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह तथा नेपाल सुनचाँदी ब्यवसायी महासंघको तर्फबाट महासंघका अधक्ष्य माणिक रत्न शाक्यले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार महासंघसँग आवद्व सुन ब्यबसायीहरुले नेपाल बङ्गलादेश बैंक लिमिटेडका नेपालभरिका शाखाहरुबाट बिभिन्न बैंकिङ्ग सुबिधाहरु प्राप्त गर्न सक्नेछन् । साथै नेपाल …

पुरा पढ्नुहॊस »

सरकारले दियो ७७ वटै जिल्लामा क्वारेन्टिन तयार राख्न निर्देशन

सरकारले आइसोलेसन र क्वारेन्टिनलाई तयार राख्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । कोरोना महामारीको जोखिम बढेको भन्दै गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर स्वास्थ्य मापदण्डसमेत अनिवार्य लागू गर्न निर्देशन दिएको छ । जिल्ला कोभिड व्यवस्थापन र रोकथाम तथा नियन्त्रणसम्बन्धी काम प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले गर्छ । केन्द्रमा संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) यससम्बन्धी निर्णय गर्न सरकारलाई सुझाव दिने उच्चस्तरीय संयन्त्र …

पुरा पढ्नुहॊस »