रश्मी

सिटिजन्सको १६७ औं शाखा सिराहाको लहानमा

काठमाडौँ ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १६७ औं शाखा सिराहाको लहानमा  संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालयमा पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरिएको छ । उक्त समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । यी शाखाहरू मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा …

पुरा पढ्नुहॊस »

नेपालमा आज १६२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आज, बुधबार १६२ जनामा कोरोना पुष्टि भए​को छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १६२ जनामा संक्रमण भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ३०९ पुगेको छ भने पछिल्लो २४ घण्टामा  कसैको पनि मृत्यु भएको छैन। संक्रमित मध्ये २ लाख ७२ हजार ७८६  जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ३ …

पुरा पढ्नुहॊस »

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड २१ लाख नाघ्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ । भारतमा  कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १ करोड २१ लाख ४९  हजार भन्दा बढी पुगेको छ । पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ५३ हजार १५८ जना नयाँ संक्रमित थपिएका छन् भने ३ सय ५५ जनाको मृत्यु भएको छ । यो सगै भारतमा कोरोना संक्रमितबाट मृत्यु हुनेको सख्या १ लाख ६२  हजार …

पुरा पढ्नुहॊस »

पाँचथरमा जीप दुर्घटना, चालकको मृत्यु

पाँचथर । पाँचथरको याङवरक गाउँपालिकामा आज जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । याङवरक गाउँपालिका-१, च्याङथापू जाँदै गरेको मे१ज ३५६ नं को जीप याङवरक-३ यलम्बर चोकमा दुर्घटना हुँदा सवारी चालक फिदिम नगरपालिका- २ पल्लोटारका ३५ वर्षीय फूलकुमार राईको मृत्यु भएको छ । गम्भिर घाइते भएका राईको  उपचारको क्रममा अस्पताल फिदिममा  मृत्यु भएको  प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका फिदिम-२ का २२ वर्षीय आशिष राईको उपचार भइरहेको छ …

पुरा पढ्नुहॊस »

कुमारी बैंकले उपाय सिटी कार्गोका ड्राइभर पार्टनरलाई सहुलियतमा कर्जा दिने

काठमाडौं । कुमारी बैंकले उपाय सिटी कार्गोबीच सहकार्य गर्ने सम्झाैता भएकाे छ । बैंक र कार्गाेबीच विभिन्न शिर्षकमा सहकार्य गर्ने सम्झाैता भएकाे हाे । बैंकको नक्साल परिसरमा भएको एक संक्षिप्त कार्यक्रममा बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप राणाको सभापत्य लगायत उपाय सिटि कार्गोका अध्यक्ष सुमन रायमाझीको र एफवान स्फट इन्टरनेसनलका बिश्वास ढकाल र युके एड अन्तर्गतको “सीप” का नेपाल प्रमुख बल्जित बोहराको आतिथ्यता लगायत सम्पूर्ण संस्थाका व्यवस्थापन समूहका सदस्य एवं प्रतिनिधिकोबीच यस …

पुरा पढ्नुहॊस »

सिटिको ठक्करबाट साईकलयात्रीको मृत्यु

सुनसरी  । सुनसरी भोक्रहा नरसिंह-४ मिलनचोक स्थितमा बस्ने ५५ बर्षीय बेचन उराउको सिटिको ठक्करबाट मृत्यु भएको छ । सोमबार बेलुका साढे ७ बजे मिलनचोक स्थित भित्रि सडक खण्डमा को १ ह १५७० नम्बरको सिटिले बिपरित दिसाबाट साईकलमा आईरहेका उराउलाइ ठक्कर दिदा उनि गम्भिर घाइते भएका थिए । गम्भिर घाइते भएका उराउको म्याक्स हस्पिटल बिराटनगरमा उपचारको क्रममा मंगलबार अपरान्ह  मृत्यु भएको  प्रहरीले जनाएको छ । ठक्कर दिने सिटि र चालक भोक्रहा-१ …

पुरा पढ्नुहॊस »

बैंक अफ काठमाण्डूद्वारा अन्तर्राष्ट्रिय भुक्तानी सेवा सुरु

काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्ना ग्राहकहरुलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘बिओके इकम युएसडी प्रिपेड कार्ड’ सेवा सुरु गरेको छ । यस सुविधा अन्तर्गत बैंक अफ काठमाण्डूका खातावाल ग्राहकहरुले प्रति वर्षमा पाँच सय अमोरिकी डलरसम्मको प्रिपेड कार्ड सुविधा प्राप्त गर्न सक्नेछन् । बैंककाे अनुसार ग्राहकहरुले यो सेवा भारतबाहेक अन्य देशहरुको ई-कमर्स साइटहरुबाट एक पटक वा पटक पटक गरी पाँच सय अमोरिकी डलरसम्मको वस्तु वा सेवा अनलाइन भुक्तानी गर्न सक्नेछन् ।

पुरा पढ्नुहॊस »

आज ४ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । बुधबार  सुनको मूल्य ४ सयले घटेको छ भने चाँदी २० रुपैयाँले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ८५ हजार ६ सयमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ८५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदी  १ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पुरा पढ्नुहॊस »

सनराइज बैंकको ७२ औं शाखारहित बैंकिङ्ग सेवा फक्ताङलुङमा

ताप्लेजुङ । सनराइज बैंकले ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा नं.–६, लेलेपमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ७२ पुगेको छ । बैंकले फक्ताङलुङ गाउँपालिका वडा नं.-६, लेलेपमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको व्यवसाय प्रतिनिधिका रुपमा फुपु डोमा शेर्पालार्ई नियुक्त गरेको छ । बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टी.एम …

पुरा पढ्नुहॊस »

महोत्तरीबाट हराएका सात बालिका र किशोरी भारतमा भेटिए

जनकपुरधाम । मंगलबारबाट सम्पर्कविहीन बनेका महोत्तरीका सात बालिका तथा किशोरी भारतको भारतको विहारस्थित सीतामढीमा भेटिएका छन्। भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई बिहारको सितामढीबाट उद्धार गरिएको हो । घाँस काट्न जाँदा हराउनेहरुमा १७ वर्षीया अस्मिता पासवान, साेही उमेरकी नगिना पासवान, १५ वर्षीया रिया पासवान, सोही उमेरकी अर्चना पासवान, १३ वर्षीया ज्योती पासवान, १० वर्षीया रञ्जना पासवान र सीमा पासवान रहेका छन् ।

पुरा पढ्नुहॊस »