रश्मी

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार प्रदेशसभामा भएको मदतानमा उनले विश्वासको मत प्राप्त गर्न सफल भएका हुन् । ५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री भट्टलाई ३० सांसदले विश्वासको मत दिए भने  विपक्षमा ९ मत परेको छ । नेकपा एमालेको माधव नेपाल पक्षधर १७ जना र माओवादी केन्द्रका १३ सांसदले पक्षमा मतदान गरेका हुन् । विपक्षमा मत दिनेमा जसपाका २ र एमालेका ७ सांसद …

पुरा पढ्नुहॊस »

जर्मनीले पठाएको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

काठमाडौँ ।   जर्मन सरकारले नेपाललाई ६२ वटा भेन्टिलेटरसहित पठाएको विभिन्न स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । जर्मन सरकारले नेपालमा कोभिड १९ नियन्त्रणका लागि सहयोगस्वरुप ६२ वटा भेन्टिलेटर, २७ हजार ५०० एसएसपी २ मास्क, ३० हजार सर्जिकल मास्क, १०० गम बुट, २०० बडी ब्याग, पाँच वटा आइसोलेसन सेन्टर टेन्ट र २५ हजार …

पुरा पढ्नुहॊस »

६४ एमपी ट्रेन्डसेटिङ्ग क्यामेरा र एमोलेड डिस्प्ले सहित नेपालमा रियलमी ८ सार्वजनिक

काठमाडौँ ।संसाारमा तिव्र रुपमा आफ्नो बजार विस्तार गर्दै गएको स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा रियलमी ८ सार्वजनिक गरेको छ । मध्यम रेन्जको नम्बर सिरिज रियलमीको ख्याती प्राप्त सिरिज हो, र यो सिरिज तीन वर्षको अवधिमा ६ वटा जेनेरेसन अपग्रेड र ३ करोड ३० लाख विक्रीका साथ यो मोबाइल फोनको क्षेत्रमा उत्कृष्ट सिरिजका रुपमा देखा परेको छ । रियलमी ८ उत्कृष्ट विकासका साथ ६४ एमपी सेन्सर र नयाँ ट्रेन्डसेटिङ्ग फिचरहरुका साथ …

पुरा पढ्नुहॊस »

नबिल बैंकको एटिएम तोडफोड गर्न खोज्ने पक्राउ

उदयपुर । त्रियुगा नगरपालिका-११ स्थित नबिल बैंकको एटिएम मेसिन तोडफोड गर्न खोज्ने १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका-३ बस्ने भारत मधुवनी ग्राम पंञ्चायत लौकाहा घर भएका १८ वर्षीय किशोर छन् । तोडफोडमा संलग्न अन्य व्यक्तिहरुको   भने  प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमाआवश्यक अनुसन्धान गरिरहेको  बताएको छ  ।

पुरा पढ्नुहॊस »

टिका सानुको‘आकासै राम्रो जुन लाएर’

काठमाडौँ ।   गायिका टिका सानु, सम्झना कँडेल र गायक सुन्दर परियारको स्वरमा रहेको लोक गीत ‘आकासै राम्रो जुन लाएर’ सार्वजनिक भएको छ । गीतमा सुन्दर परियारको शब्द तथा लय सिर्जना र झलक संगीतमको एरेन्ज रहेको   छ । यो भिडियोमा गायिका टिका र सम्झनाको अलवा मानसिंह खड्का, किरण मगर, मनिषा र सजिनालाई हेर्न सकिन्छ । प्रकाश खड्काको छायाँकन, विनोद बमको सम्पादन रहेको भिडियो मानसिंह खड्काले निर्देशन गरेका हुन् ।

पुरा पढ्नुहॊस »

बौद्धमा बोराभित्र शव फेला

काठमाडौं ।काठमाडौँको बौद्धस्थित नयाँबस्तीको प्लानिङ चउरमा बोराभित्र शवको केही भाग फेला परेको छ । आज बिहान दुबो टिप्न गएका स्थानीयले बोराभित्र शवको घुँडा र खुट्टाको भाग देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार दुई साताअघि नै हत्या भएर शरीरका केही भाग मात्रै फ्याँकिएको पाइएको हो । शवको पहिचान नै नभएकाले प्रहरीले हालसम्म कसैलाई पक्राउ गर्न सकेको छैन भने अनुसन्धान प्रक्रिया सुरु भएको जनाएको छ ।

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र मंगलबारबाट बिक्री खुल्ला

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ८.५% आरबीबीएल डिबेन्चर २०८३ नामको ऋणपत्र जेठ २५ गते मंगलबार बाट बिक्री खुला हुने भएको छ । बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैयाँ (२५ लाख कित्ता) मूल्य बराबरको ऋणपत्र बिक्री गर्न लागेको हो । यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिने पनि बैंकले जनाएको छ । ८.५% आरबीबीएल डिबेन्चर २०८३ नामको प्रतिकित्ता १ हजार …

पुरा पढ्नुहॊस »

मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना

कलाकार मदनकृष्ण श्रेष्ठलाई  अचानक मुटुमा समस्या देखिएपछि  गंगालाल अस्पताल  भर्ना भएका छन् । शुक्रबार राती अस्पताल भर्ना गरिएका उनको शनिबार मुटुको एन्जिओप्लास्टी गरि दुईवटा स्ट्याण्ड राखिएको जनाइएको छ । अहिले उनको स्वास्थ्य अवस्था ठिक रहेको  छ । मदनकृष्ण कोरोना संक्रमण भएपछि दुई पटक अस्पताल भर्ना भएर गत सातामात्रै डिस्चार्ज भएका थिए ।

पुरा पढ्नुहॊस »

२४ घण्टामा ६ हजार ९५१ मुक्त,४ हजार ४७२ कोरोना संक्रमित थपिए

काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४७२  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसै गरि पछिल्लो २४ घण्टामा थप ९२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ७ हजार ९९० जना पुगेको छ । त्यस्तै,पछिल्लो २४ घण्टामा ६ हजार ९५१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

पुरा पढ्नुहॊस »

धनुषामा जेठ ३१ गतेसम्‍म निषेधाज्ञा थप

धनुषा । जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञाको समयावधि जेठ ३१ गतेसम्‍म थप गरेको छ । जिल्ला कोरोना सङ्क्रमण व्यवस्थापन समितिको बैठकले यही जेठ २४ गते अर्थात् आज राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो । निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका बाहेक अन्य सबै सेवा बन्द रहने बताइएको छ ।

पुरा पढ्नुहॊस »