News desk

लुम्बिनी प्रदेशकाका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । १४ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका चौधरीले मंगलबार प्रदेश सभामा विश्वासको मत पाऊँ भन्दै राखेको प्रस्तावको पक्षमा बहुमत पाएका हुन् । चौधरीको उक्त प्रस्तावको पक्षमा ५३ मत र विपक्षमा २९ मत परेको छ । संघीय सरकारको सत्ता गठबन्धनमै रहेका देशहरु मिलेर लुम्बिनीमा नयाँ सरकार गठन गरेका हुन् । नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री बनेका चौधरीलाई माओवादी केन्द्र, …

पुरा पढ्नुहॊस »

राष्ट्रपति पौडेलले भारतमा गरेको उपचार खर्च आफै ब्यहोर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचारका क्रममा भएको खर्च आफै व्यहोर्ने घोषणा गरेका छन् । सरकारी ढुकुढीबाट राष्ट्रपतिको उपचार भएकोबारे आलोचना भएपछि राष्ट्रपतिले व्यक्तिगत खर्चमै उपचार गर्ने घोषणा गरेका हुन् । उपचारका क्रममा भएको सम्पूर्ण खर्च राष्ट्रपति स्वंमले बेहोर्न चाहेको प्रेस संयोजक खिला कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल हुँदै भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा …

पुरा पढ्नुहॊस »

मोदी इनर्जीको आईपिओ खुला

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । मोदी इनर्जीले आज वैशाख १९ गते मंगलबारदेखि सर्वसाधारणका लागि आईपिओ निष्काशन गरेको छ । यस आईपिओमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ भने सो समयसम्ममा सबै सेयर बिक्री नभएमा भने जेठ २ गतेसम्म खुला रहनेछ कम्पनीले जनाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ७२ लाख ५० हजार कित्ता आईपिओ जारी गर्न लागेको छ । जसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि २९ लाख कित्ता र वैदेशिक रोजगारीमा …

पुरा पढ्नुहॊस »

एसियन लाइफको लाभांश पारित

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको सोमबार बसेको १५औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ सम्मको सञ्चित नाफाबाट ८.९४७ प्रतिशतले हुन आउने लाभांश पारित गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजी दुर्ई अर्ब ९० करोड ८१ लाख ११ हजारको ८.५ प्रतिशतले हुन आउने २४ करोड ७१ लाख ८९ हजार चार सय ४२ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । साधारणसभाले कर प्रयोजनका लागि एक करोड …

पुरा पढ्नुहॊस »

भवानी राणालाई अवार्ड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणालाई वल्र्ड बुक अफ रेकर्डले एसियन म्यागनम अवार्ड २०२३ बाट सम्मान गरेको छ । भारतको इन्दोरमा आयोजित एक कार्यक्रमबीच राणालाई उक्त सम्मान गरिएको हो । गत शनिबार राणाको संयोजकत्वमा भारतको मध्य प्रदेशका उद्योगी व्यवसायीसहित बिजनेस मिट पनि सम्पन्न भएको थियो । नेपाल र मध्य प्रदेशबीच खाद्य प्रशोधन, मल, जडीबुटी, ठूला पूर्वाधार निर्माण सामग्री र धार्मिक पर्यटनको क्षेत्रमा सहकार्य गरेर अघि बढ्न सकिने …

पुरा पढ्नुहॊस »

मौलाकाली केबलकार सञ्चालनमा

काठमाडौं । मौलाकाली केबलकार सोमबारदेखि औपचारिकरूपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले गैंडाकोट–१ स्थित मौलाकाली केबलकार बटम स्टेसनमा ताम्रपत्र अनावरण गरेर केबलकार उद्घाटन गर्दै शिथिल अर्थतन्त्र उकास्न मौलाकालीजस्ता पर्यटकीय पूर्वाधारको महत्व हुने बताउनुभयो । प्रधानमन्त्री दाहालले आर्थिक वृद्धि र रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका ठूलो रहेको भन्दै तनहुँ, नवलपुर र चितवन जिल्ला पर्यटकीय हब बन्दै गएकाले सो क्षेत्रलाई आर्थिक समृद्धिको क्षेत्रका रूपमा विकास गरिने बताउनुभयो । मौलाकाली केबलकारका अध्यक्ष …

पुरा पढ्नुहॊस »

युएईलाई सहजै हराउँदै नेपाल पुग्यो एसिया कपमा

काठमाडौँ । नेपाल एशिया कपमा छनौट भएको छ । टियु क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गर्दै एसीसी प्रिमियर कपको उपाधि जितेर एशिया कपमा छनौट भएको हो । युएईले दिएको ११८ रनको सामान्य लक्ष्यलाई नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । नेपालका लागि गुलशन झाले सर्वाधिक ६७ रन बनाए भने भीम सार्कीले ३६ रन बनाएका थिए । त्यसअघि नेपालले लगातार तीन विकेट …

पुरा पढ्नुहॊस »

ब्रोकर लाइसेन्सका लागि १६ कम्पनीले पाए आशयपत्र

काठमाडौं । नेपाल धितोपत्र बोर्डले १६ वटा नयाँ ब्रोकर कम्पनीलाई आशयपत्र दिएको छ । बोर्डको आज बिहान बसेको सञ्चालक समितिको बैठकले गत असोजमा आवेदन दिएका ४५ मध्ये १६ वटा कपनीलाई आशय पत्र दिने निर्णय गरेको हो । अन्य कम्पनीको आवेदनमाथि पनि अध्ययन भइरहेको बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले बताए । हाल आशयपत्र पाउनेमा नबिल सेक्युरिटिज, मेघा स्टक मार्केट, हिमालयन ब्रोकेज कम्पनी, सीबीआईएल सेक्युरिटिज, केबीएल सेक्युरिटिज, एनएमबी सेक्यूरिटिज,आरबीबी सेक्युरिटिज, सानिमा सेक्युरिटिज रहेका …

पुरा पढ्नुहॊस »

सुनको मूल्य ओरालो लाग्ने क्रम जारी, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैँ । सुनचाँदीको भाउ आज सामान्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको छ भने चाँदी १० रुपैयाँले घटेको छ। सुनको भाउ आज तोलामा १ लाख ८ हजार ८ सय रुपैयाँ तोकिएको छ । हिजो तोलामा १ लाख ९ हजार रुपैयाँ थियो । यस्तै, चाँदीको आज तोलामा १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको भाउ तोलामा १ …

पुरा पढ्नुहॊस »

जमिन भासिएर अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

काठमाडाैँ । पृथ्वी राजमार्गको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एक तर्फी खुलेको छ । भासिएको ठाउँमा ग्यावियन जाली भरेपछि केहीबेर अघिदेखि एकतर्फी सडक खुलाइएको हो । यातायात ठप्प हुँदा धार्के र धार्के आसपासमा सवारीसाधनको लामो जाम लागेको थियो । धादिङको धार्केबजार नजिकैको गणेशखोला पुलको मुखमा जमिन भासिएको हो । पृथ्वीराजमार्ग हुँदै पूर्वपश्चिमका जिल्लाबाट राजधानी काठमाडौँ भित्रने र बाहिरने यो नै एकमात्र राजमार्ग हो । सोमबार दिउँसो केही समय …

पुरा पढ्नुहॊस »