News desk

तीन हजार कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । हरेक वर्ष आर्थिक वर्ष सकिएको ६० दिनभित्र आफ्नो र आफ्नो परिवारको सदस्यको नाममा रहेको चलअचल सम्पत्तिको सम्पत्ति विवरण बुझाउनु पर्ने प्रावधानलाई करिव ३ हजार निजामती कर्मचारीहरूले उल्लंघन गरेका छन्। भ्रष्टाचार निवारण ऐन २०४९ ले सार्वजनिक पद धारण गरेको व्यक्तिले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्बन्धित कार्यालयमा सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था गरेको छ । यसअनुसार गत आव २०७४\ ७५का लागि सम्पत्ति विवरण बुझाउनुपर्ने अन्तिम म्याद भदौ २९ सम्म रहेको …

पुरा पढ्नुहॊस »

चीनद्वारा अमेरिकासँगको सैन्य अभ्यास रद्द

काठमाडाैं । अमेरिका र चीनबीच ब्यापार युद्धलाई लिएर दुई देशको सम्बन्ध तनावपुर्ण बनेको छ । ट्रम्प प्रशासनद्वारा लगाइएको पछिल्लो २ खर्ब डलरको चिनियाँ सामान माथिको अतिरिक्त शुल्क सोमबारबाट लागु भएको छ । एक अर्काको उत्पादनमाथि कर लगाएपछि चीनले अमेरिकी राजदुतलाई गत हप्ता बोलाएर यस विषयमा छलफल गरेका थिए । त्यहीबेला चीनले अमेरिकासँग हुने भनिएका सैन्य अभ्यास पनि रद्द गरेको छ । चीनको विदेशमन्त्रालयले जारी गरेको विज्ञप्तीमा उक्त जानकारी उल्लेख गरिएको …

पुरा पढ्नुहॊस »

निर्मला हत्या प्रकरण: प्रहरीको अनुसन्धान शून्य

काठमाडाैं । कञ्चनपुर भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना पूरा भएको छ । ठीक दुई महिना अगाडि, गत साउन १० गते साथीको घरमा ‘होमवर्क’ गर्न गएकी उनको बलात्कारपछि हत्या भएको थियो । साउन ११ गते निर्मलाको शव घर नजिकैको उखुबारीमा फेला परेको थियो । यो खबर आजको नेपाल समाचारपत्रमा छ । घटनाको भएको दुई महिना भइसक्दा पनि दोषी पहिचान हुन सकेको छैन । साउन …

पुरा पढ्नुहॊस »

एन्फा निर्वाचन :आर्थिक चलखेलको गम्भीर आरोप

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) को पछिल्लो निर्वाचनमा अध्यक्ष पदका प्रत्याशी रहेका मणि कुँवरले चुनावका बेला ठूलो आर्थिक चलखेल भएको आरोप लगाएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै कुँवरले आर्थिक चलखेलको प्रमाण आफूसँग सुरक्षित रहेको छ र चाहिएको बेला प्रस्तुत गर्न सक्षम रहेको दाबी गरे । उनले यी सबै प्रमाण अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) मा पठाइसकेको बताए । ‘विश्व फुटबलको सर्वोच्च निकाय भनेकै फिफा र एएफसी …

पुरा पढ्नुहॊस »

२० वर्ष पुराना गाडी फेरि चलाउने तयारी

काठमाडाैं । सरकारले २० वर्ष पुराना गाडी फेरि सञ्चालन गर्ने दिने तयारी गरेको छ । पुराना सवारीसाधानले दुर्घटना र प्रदूषण बढाएपछि सरकारले नै डेढ वर्षअघि यस्ता गाडी सञ्चालनमा रोक लगाएको थियो । काठमाडौं र पोखराबाहेकका क्षेत्रमा २० वर्ष पुराना गाडी सञ्चालन गर्न दिने प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिपरिषद्‌मा पुर्‍याएको छ । यसलाई मन्त्रिपरिषद्बाट स्वीकृत गराउने तयारी छ । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा निर्दोष घोरसाइनेले लेखेका छन् । …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्रीले भने- चिल्ने अरिंगालः गोरखामा खाइँदै ‘टेस्टी’ अरिंगाल !

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले भनेको आक्रामक अरिंगालभन्दा धेरै यहाँ ‘टेस्टी’ अरिंगालको चर्चा छ। प्रधानमन्त्रीले आफ्ना कार्यकर्तालाई अरिंगालजस्तै आक्रामक बन्नू, खनिनू भनिरहँदा यहाँ अरिंगाललाई पारखीहरुले शक्तिवद्र्धक भोजनको रुपमा स्वाद लिने क्रम बढेको छ। अहिले प्रतिमाना एक हजार पाँच सय रुपैयाँ अर्थात् प्लेटको पाँच सयसम्म लिएर होटल रेस्टुरेन्टहरुले अरिंगाल व्यापार गरिरहेका छन्। व्यापार यतिसम्म बढेको छ कि भनेको जति अरिंगाल खान पनि पाइँदैन। यो खबर आजको नागरिकै दैनिकमा गोरखाबाट नरहरि सापकोटाले लेखेका …

पुरा पढ्नुहॊस »

नबिल बैंकका कार्ड प्रयोगकर्ताले ग्रान्डी अस्पतालमा विशेष छुट पाउने

 काठमाडौं । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ७ दशमलब ५ प्रतिशत छुट पाउने भएका छन् । सेवाग्राहीलाई छुट र सुविधा दिने गरी नबिल बैंक र ग्रान्डी अस्पतालबीच सम्झौता भएको हो । उक्त विषेश छुट बाहृय सेवा, औषधी तथा चिकित्सकीय सामग्री र स्वास्थ केन्द्रको सुस्वास्थ्य प्याकेज, बहिरङ्ग परामर्श शुल्क बाहेक अन्य सम्पूर्ण सुविधाहरुमा लागु हुने बैंकले जनाएको छ । नबिल बैंकका प्रमुख खुद्रा बैंकिङ निरज …

पुरा पढ्नुहॊस »

पाँच हजार मेगावाटको पञ्चेश्वरको डिपिआर २३ वर्षसम्म पनि किन बन्न सकेन ?

काठमाडाैं । २३ वर्षअघि भएको महाकाली सन्धिअन्तर्गत बन्ने भनिएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको संयुक्त विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अझै बन्न सकेको छैन । भारतको प्रधानमन्त्रीमा निर्वाचित भएको तेश्रो महिना नरेन्द्र मोदीले नेपाल भ्रमण गर्दा पनि एक वर्षभित्र परियोजना सुरु गर्ने भनिएको थियो । तर, उनी प्रधानमन्त्री भएको साढे चार वर्षसम्म पनि डिपिआर बन्न नसकेको खबर आजको नयाँ पत्रिका दैनिकमा जनार्दन बराल र पुष्प कोइरालाले लेखेका छन् । १८ साउन ०७१ मा मोदीको नेपाल …

पुरा पढ्नुहॊस »

ओली सरकार गर्जिन्छ, अनि झुक्छः यी हुन् ९ तथ्य

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीको स्वभाव फरक छ । कडा बोल्छन् । प्रायः अडान राख्छन् । बरु झुकाउँछन्, झुक्दैनन् । तर, उनैले नेतृत्व गरेको सरकार शक्तिशाली निजी क्षेत्रसामु एकपछि अर्को गर्दै झुक्दै गएको छ । सर्वसाधारणको हितमा सरकार कडा रूपमा देखिन्छ । निजी क्षेत्र सडकमा उत्रिन्छ । सरकार केही दिन अडिन्छ । अन्ततः लुत्रुक्क पर्छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा राजेश बर्माले लेखेका छन् । यस्ता घटनाका चाङ लाग्दै गएका …

पुरा पढ्नुहॊस »

सोह्रश्राद्ध सुरु, पक्षभर गरिँदैछ पितृको सम्झना

काठमाडौ‌ं । पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ । सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षलाई पितृपक्षका रूपमा पितृहरूको सम्झना गर्ने पर्वका रूपमा मनाउँछन् । पर्वमा मनाइने श्राद्धको स्वरूप भएकाले यसलाई पार्वण श्राद्ध पनि भनिन्छ । यो पक्षका १५ दिनमा अघिल्लो वा पछिल्लो पक्षको एक तिथिसमेत समावेश गरी सोह्र तिथिमा श्राद्ध गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । भाद्रशुक्ल पूर्णिमादेखि आश्विनकृष्ण औंसी वा आश्विनकृष्ण प्रतिपदादेखि आश्विनशुक्ल प्रतिपदासम्मका तिथिलाई लिएर सोह्र दिन पुर्‍याइन्छ । यी …

पुरा पढ्नुहॊस »