News desk

स्ट्याण्डर्ड चार्टर्ड बैंकको साढे १७ प्रतिशत नगद लाभांश पास

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको प्रस्तावित १७.५० प्रतिशत नगद लाभांश पास भएको छ । सोमबार सम्पन्न बैंकको ३२औँ वार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको नगद लाभांश वितरण गर्ने छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब एक करोड रुपैयाँ रहेको छ । एनएफआरएस अनुसार बैंकले कर पछिको खुद मुनाफा अघिल्लो वर्षको तुलनामा ४१ …

पुरा पढ्नुहॊस »

नेपाल रेमिटसँग कामना सेवाको विप्रेषण कारोबार सम्झौता

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड र नेपाल रेमिट इटरनेशनलप्रा. लि.बीच सोमबार विप्रेषण कारोबार सेवाप्रदानगर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका ६३ वटै शाखाहरुबाट सहज रुपमा नेपाल रेमिट इटरनेशनल प्रा.लि.को विप्रेषण कारोबार सेवा प्रदान गर्न सक्ने छन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ्ग …

पुरा पढ्नुहॊस »

आर्मी बेसक्याम्प तथा प्रहरी तालिम केन्द्रमा तालिबान आक्रमण, १०० भन्दाबढी सुरक्षाकर्मीको मृत्यु

अफगानिस्तान । अफगानिस्तानको राजधानी काबुलको बाहिरी क्षेत्रमा रहेको अफगान सेनाको बेस क्याम्प तथा प्रहरी तालिम केन्द्रमा तालिबान बिद्रोहीले गरेको आक्रमणमा १०० जना भन्दा बढी सुरक्षाकर्मीको ज्यान गएको सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । वारडक राज्यको राजधानी मैदान शहरमा भएको आक्रमणमा धेरैको ज्यान गएको हो । समाचार संस्था रोयटर्ससँग एक उच्च सैनिक अधिकारीले भनेका छन्, ‘सेनाको तालिकम केन्द्र भित्र भएको आक्रमणमा १२६ जनाको ज्यान गएको खबर हामीले …

पुरा पढ्नुहॊस »

मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउने सहमति

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको बाँकी कामलाई विभाजन गरी छिटो सम्पन्न गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिले बाँकी रहेको सुरुङ‘फिनिसिङ, हेडवक्स निर्माण र भेन्टिेलेसन’को कामलाई विभाजनगरी अगाडि बढाउने सहमति एसियाली विकास बैङ्क (एडीबी)सँग गरेको जनाएको छ । समिति र एडीबीको बैठकमा कम्पनी नआएर विभाजन गरी काम अगाडि बढाउने सहमति भएको समितिले जनाएको छ । इटालियन ठेकेदार कम्पनी सीएमसी डी–रेभेन्नालाई सम्झौता रद्द गरिएको पत्र १४ दिनको म्यादसहित पठाइएपछि अबको …

पुरा पढ्नुहॊस »

मनाङमा सवारीसाधानबाट मात्रै ८ लाख ५४ हजार राजस्व

मनाङ । मनाङमा  यातायातबाट गत साउन महिनादेखि हालसम्म  ८ लाख ५४ हजार ५००राजस्व  जम्मा भएको छ। सबैभन्दा सानो जिल्ला सवारीसाधनको खासै चाप नभए पनि विभिन्न घटनाबाट राजस्व  संकलन भएको मनाङ जिल्ला ट्राफिक कार्यालय धारापानीले जानकारी  दिएको छ। जिल्लामा संचालन हुने ट्रक, जिप, ट्याक्टर, मोटर बाइक लगायतका सवारीसाधनबाट राजस्व संकलन गरिएको हो।  जिल्ला ट्राफिक इन्चार्ज राजेन्द्र बिकका अनुसार  ट्रक ५५ वटा, जिप बलेरो ८६८, ट्याक्टर १२४र मोटरबाइक ८० वटा संचालनमा छन्। …

पुरा पढ्नुहॊस »

सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं . साताको दोस्रो दिन सोमबार सुनको भाउ तोलमा रु १०० ले बढेको छ ।  सोमबार सुनको भाउ तोलामा  ६० हजार ९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन तोलामा ६० हजार ८०० मा कारोबार भएको थियो । यस्तै सोमबार तेजाबी सुन तोलमा ६० हजार ६०० मा कारोबार भइरहेको छ । यस्तै चाँदी तोलमा रु ७५५ मा कारोबार भइरहेको छ । आइतबार पनि सुन यही मूल्यमा …

पुरा पढ्नुहॊस »

गाईको घ्यूले तौल घटाउन र पेटको बोसो कम गर्न सहयोग गर्छ, यस्ता छन् फाइदा

काठमाडाैँ । तौल कम गर्ने सोचमा भएका धेरैले घ्यू खाँदैनन् तर यहाँ बुझ्नुपर्ने कुरा के छ भने घ्यूले मोटाइँदैन । वास्तवमा घ्यू विभिन्न गुणले भरिपूर्ण  हुन्छ । घ्यूले खाना पचाउन, घाउ भर्न, एलर्जीलाई टाढा राख्न, हड्डीलाई बलियो बनाउन निकै सहयोग गर्छ । यी फाइदाका साथै गाईको घ्यूले तौल घटाउन पनि सहयोग गर्छ । दिनमा दुई÷तीन चम्चा घ्यू खानु स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । तौल घटाउनका लागि घ्यूः घ्यू डिएचएले भरपुर …

पुरा पढ्नुहॊस »

जागिरको खोजीमा हुनुहुन्छ ? यहाँ छ आवेदन दिने ठाउँ

काठमाडौं । के तपाई रोजगारीको खोजीमा हुनुहुन्छ ? हुनुहुन्छ भने आजको कान्तिपुर दैनिकमा रोजगारसम्बन्धी विभिन्न सूचना प्रकाशित भएका छन् ।

पुरा पढ्नुहॊस »

एनआईसी एशिया लघुवित्तकाे प्रतिशेयर आम्दानी २३ रुपैंया माथि

काठमाडौं । एनआइएसी एशिया बैंकले उत्साहप्रद वित्तीय विवरण गरेको एनआईशी एसिया बैंकको सहायक कम्पनी एनआईशी एशिया लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा आश्चर्यजनक प्रगति हासिल गरेको छ । उक्त अवधिमा लघुवित्तले कुल ५ करोड ७७ लाख भन्दा बढी मुनाफा कमाएको छ । यो आकार अघिल्लो त्रैमासको तुलनामा १९१ प्रतिशतले बढी हो । असोज मसान्तमा लघुवित्तको नाफा १ करोड ९७ लाख थियो भने अघिल्लो वर्षको सोही अवधिमा लघुवित्त २३ हजार रुपैंयाले …

पुरा पढ्नुहॊस »

केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु भएको छ । कारागारभित्रको चिसो र विभिन्न रोगका कारण चालू आर्थिक वर्षमा १३ कैदीबन्दीको मृत्यु भएको कारागार अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा भगतलाल श्रेष्ठले जानकारी दिए । “रुघा, खोकी, दम, ज्वरो, टाइफाइड एवं विभिन्न किसिमका सरुवा रोग र बूढाबूढी कैदीबन्दी भएका कारण मृत्यु भएको हो”, उनले भने । कारागार अस्पतालमा उपचार हुन नसकेको बिरामीलाई रोगको प्रकृति हेरेर वीरअस्पताल, शिक्षण …

पुरा पढ्नुहॊस »