News desk

पानीको कमीले शरीरमा देखिने यी हुन् ७ समस्या

काठमाडाैँ । पानी हाम्रो शरीरमा चाहिने अत्यावश्यक पदार्थ हो । करिब ७० प्रतिशत मानव शरीर पानीबाट नै बनेको हुन्छ । स्वस्थ रहन शरीरमा पानीको मात्रा कायम राख्न आवश्यक छ । यद्यपि, शरीरमा विभिन्न कारणले पानीको कमी हुन्छ । यसरी पानीको कमी हुनुलाई डिहाइड्रेसन भनिन्छ । अत्यधिक गर्मी, झाडापखाला, शरीरबाट रगत बगेमा र पानी कम पिउने गरेमा डिहाइड्रेसनको उच्च जोखिम हुन्छ । त्यस्तै, दैनिक धेरै शारीरिक परिश्रम गर्ने मानिसको शरीरमा समेत …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको नाफा पौने अर्ब, कस्ता छन् अरु सूचांक ?

काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक बर्षको ६ महिनामा ८७ करोड नाफा आर्जन गरेको छ । बैंकले पुस मसान्त अवधीमा कमाएको यो नाफा गत आर्थिक बर्षको पुस मसान्तको तुलनामा १६ करोड रुपैंयाँले बढी हो । बैंकले गत आवको पुस मसान्तमा ७१ करोड नाफा कमाएको थियो । सिद्धार्थ बैंकले असोज मसान्तदेखि पुस मसान्त अवधीमा एक खर्बमा रहेको निक्षेपलाई १ खर्ब ६ अर्ब पुर्याएको छ भने कर्जा लगानी ९० अर्बबाट ९७ अर्ब …

पुरा पढ्नुहॊस »

डडेल्धुरामा चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

डडेल्धुरा । डडेल्धुरामा चट्याङ लागेर मंगलबार एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा आलिताल गाउँपालिका–३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहेका छन्। मंगलबार बिहान १० बजेतिर घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए। यस्तै आलिताल गाउँपालिकाकै वडा नं ५ भित्रीसैनमा पनि चट्याङ लागेर दुईजना घाइते भएका छन्। घाइते हुनेमा मानबहादुर विष्ट र गोमति विष्ट रहेका छन्। दुबै जनालाई …

पुरा पढ्नुहॊस »

प्रचण्डको परिवारमा भाइरल ज्वरोको संक्रमण, पत्नी सीता र बुहारी बिना अस्पताल भर्ना

काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएकीछिन् । भाइरल ज्वरोका कारण मन्त्री मगर ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना भएकी हुन् । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार मन्त्री मगरको नाक र घाँटीमा इन्फेक्सन भएको छ । अहिले उनको स्वास्थ्यमा सुधार भइरहेको मन्त्री मगरका भाइ प्रकाश मगरले बताए । उनलाई सोमबार बेलुका उपचारका लागि अस्पताल पुर्याइएको हो । घर लैजानु भन्दा अस्पतालमै भर्ना गरेर उपचार गर्न सहज हुने भएकाले …

पुरा पढ्नुहॊस »

किन खाने गाजर ? यस्ता छन् फाइदा

काठमाडौं । जाडोमा गाजर खान खुबै मज्जा हुन्छ । दिनदिनै काँचो गाँजर खाँदा वा त्यसको जुस पिउँदा स्वास्थ्यसम्बन्धी अनेकौं समस्या समाधान हुन्छ । औषधीय गुणहरूले भरिएको गाजरले जाडोमा फाइदा पनि गर्छ । दिनदिनै गाजर खानुका यस्ता फाइदा हुन्छन् : गाजर र पालुंगोको रसमा भुटिएको जीरा र वीरेनून मिसाएर पिउँदा शरीरको कमजोरी हट्छ ।  जाडोमा दिनदिनै गाजर वा त्यसको जुस सेवन गर्दा शरीर तातो रहन्छ । गाजरको रसमा मरिच मिसाएर पिउँदा …

पुरा पढ्नुहॊस »

सेञ्चुरी बैंकको सामाजिक उत्तरदायित्व बहन, सरकारी विद्यालयका ७० बालबालिकालाई स्वेटर बाँड्यो

वीरगंज। सेञ्चुरी बैंकको वीरगंज शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगंजका ७० जना बालबालिकालाई स्वेटर बाँडेको छ । वीरगंज महानगरपालिकाको खर्चबाट चल्ने महानगरपालिका आधारभूत विद्यालय प्रगतिनगरका छात्रछात्राहरुलाई ३५ हजार मूल्य बराबरको न्यानो कपडा अन्तर्गत स्वेटर बाँडेको बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकको नाफाको १ प्रतिशत सामाजिक काममा खर्च गर्नुपर्ने व्यवस्था अनुसार बैंकले विद्यार्थी चिसोबाट बचाउन स्वेटर बाँडेको वीरगंज शाखाका शाखा प्रबन्धक शिवनाथ साहले बताए । २०५४ सालमा स्थापना भएको …

पुरा पढ्नुहॊस »

कुमारी बैंकले बढायो २७ प्रतिशत नाफा, सीसीडी खुकुलो बन्दै

काठमाडौं । कुमारी बैंकले यो आर्थिक वर्षको पुस महिनासम्म अघिल्लो वर्षको तुलनामा स्वतन्त्र नाफामा २७ प्रतिशत वृद्धि गरेको छ । बैंकको दोस्रो त्रैमासको लेखापरीक्षण नगरिएको वित्तीय विवरण अनुसार बैंकको नाफा ४८ करोडबाट बढेर ६१ करोड रुपैंया पुगेको छ । खुद नाफा भने बैंकले ५२ करोडबाट वृद्धि गरी ६८ करोड रुपैंया पुगेको छ । तीन महिनाकाे अवधिमा बैंकले रिजर्भमा गत असारको तुलनामा करिब ३३ करोड रुपैंया वृद्धि गरेको छ । बैंकले …

पुरा पढ्नुहॊस »

बच्चा नजन्माएको आरोपमा जिउँदै चितामा राखेर जलाउने प्रयास

काठमाडाैँ । भारतको बिहारमा बच्चा नजन्माएको भन्दै एक महिलालाई जिउँदै जलाउने प्रयास गरिएको छ । यो घटना बिहारको भोजपुर जिल्लाको सारीपुर गाउँको हो । स्थानीय पत्रिका प्रभात खबरमा उल्लेख भएअनुसार स्थानीय सोन नदीको किनारमा एक महिलामाथि कुटपीट गरी जिउँदै चितामा राखेर जलाउने प्रयास गरिएको थियो । स्थानीय एक व्यक्तिको सूचनाका आधारमा ठिक समयमा प्रहरीले ती महिलाको उद्धार गरेको थियो । महिलाका दाई गणेश ठाकुरका अनुसार बच्चा नजन्माएको आरोपमा पटक पटक उनकी …

पुरा पढ्नुहॊस »

पत्रकारलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चारगृहको सेवा सुविधा रोक्नू: सञ्चार मन्त्री

काठमाडौं । सरकारले पत्रकार तथा कर्मचारीलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चारगृहलाई सरकारी सेवा सुविधाबाट बञ्चित गर्न सम्बद्ध निकायलाई पत्राचार गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमवार सूचना विभाग, प्रेस काउन्सिल नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई अलगअलग पत्रमार्फत् न्यूनतम पारिश्रमिक लागु भए–नभएको विवरण मागेको छ । सञ्चारमन्त्री गोकुल बास्कोटाले कात्तिक १ देखि लागू भएको पत्रकारहरुको न्यूनतम पारिश्रमिक कार्यान्वयन भए–नभएको जानकारी मागेका छन् । सरकारले कात्तिक १ देखि लागू हुने …

पुरा पढ्नुहॊस »

हुम्ला र बाजुरामा भारी हिमपात

हुम्ला । सोमबार रातिदेखि अचानक परेको भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ । हुम्लामा सोमबार रातिदेखि हिमपात हुनुका साथै हुरी चलिरहेको छ । हिमपातले सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या बनाएको छ । हिमपात हुन थालेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । अहिले सिमकोटमा झण्डै एक फिट हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ । हिमपातले जिल्ला सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका सबै …

पुरा पढ्नुहॊस »