News desk

सानिमा माईको खुद नाफा ५.०३% बढ्दा विद्युत बिक्रीबाट कति भयो आम्दानी ?

काठमाडौं ।  सानिमा माई हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २२ करोड ९६ लाख ६३ हजार ९११ रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको तुलनामा ५.०३% धेरै हो । गत वर्ष २१ करोड ८६ लाख ५६ हजार ६९८ रुपैयाँ खुद नाफा कमाएको थियो । सानिमाले विद्युत बिक्रीबाट हुने आम्दानी पनि ३.८६% ले बढाएर ४७ करोड ४७ लाख ८३ हजार ४५४ रुपैयाँ पुर्याएको छ । गत वर्ष …

पुरा पढ्नुहॊस »

लुम्बिनी विकास बैंकको १ लाख ९७ हजार कित्ता सेयर पाँचौं पटक लिलामी खुला

काठमाडौं । लुम्बिनी विकास बैंकको आइतबार (माघ २७ गते) देखि १ लाख ९७ हजार ५९६.४४ कित्ता संस्थापक सेयर लिलामी खुला भएको छ । बैंकले यसअघि ४ पटकसम्म बिक्री खुला गर्दा पनि सबै कित्ता नबिकेपछि फेरि पाँचौ पटक लिलामीमा ल्याएको हो । यसमा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । यो लिलामीमा फागुन ३ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले गत वर्षको माघमा २० लाख ८ हजार ८७८.४७ कित्ता (१०%) हकप्रद सेयर निष्कासन गरेको थियो …

पुरा पढ्नुहॊस »

प्रभु बैंकले फागुुन १९ मा बोलायो एजीएम : ८% बोनस, सेयर संरचना परिवर्तन गरिने

काठमाडौं ।  प्रभु बैंकको सत्रौ वार्षिक साधारण सभा फागुन १९ गते हुने भएको छ । सभामा बैंकले ८% बोनस पारित गर्ने प्रस्ताव पेश गर्दैछ । बैंकले गत आर्थिक वर्षको कमाईबाट ८% बोनस दिन लागेको हो । प्रभुले बोनसमा ६५ करोड ८७ लाख १५ हजार ८८२ रुपैयाँ खर्च गर्नेछ । यस्तै, बोनसमा लाग्ने कर तिर्न ३ करोड ४६ लाख ६९ हजार २५७ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पनि रहनेछ । अन्य कुनै …

पुरा पढ्नुहॊस »

राष्ट्रपतिसहितका विशिष्टले गरे वसन्त श्रवण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा आज बिहान ८ः२४ बजेको शुभसाइतमा वसन्त श्रवण गरिन्। हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरे। परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्त श्रवण गर्ने परम्परा छ। सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा सम्मानगारत अर्पण गर्नुका साथै मङ्गलधुन प्रस्तुत गरेको थियो। उक्त …

पुरा पढ्नुहॊस »

महिन्द्राको युभो ट्याक्टर बजारमा

भैरहवा । महिन्द्रा कम्पनीको युभो नामक नयाँ ट्याक्टर बजारमा आएको छ । भैरहवामा एक कार्यक्रमका बीच महिन्द्राको युभो ४१५ डिआइ र २७५ डिआइ ओआइबी ट्याक्टर लन्च भएका छन् । पश्चिम क्षेत्रको आधिकारीक विक्रेता अम्बुमार्केटिङद्वारा उक्त ट्याक्टरहरु लन्च गरिएको हो । भारतमा नम्बर १ मानिएको महिन्द्रा कम्पनी नेपालमा पनि सहज रुपमा विक्रि भएको र धेरै ग्राहकहरुको मन जित्न महिन्द्रा ट्याक्टर सफल भएको अम्बुमार्केटिङका प्रमुख पर्सुराम पराजुलीले बताए। महिन्द्रा कम्पनीको ट्याक्टर पहाडमा …

पुरा पढ्नुहॊस »

प्राइम बैंकको नाफा ३३.९१% बढ्यो, इपीएस र रिजर्भ कोषमा पनि सुधार

काठमाडौं । प्राइम कमर्सियल बैंकले ३३.९१% ले खुद नाफा वृद्धि गरी चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ६ करोड ८ लाख ९७ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको यसै अवधिमा बैंकले ७९ करोड २२ लाख ५० हजार रुपैयाँ मात्र खुद नाफा गरेको थियो । दोस्रो त्रैमाससम्ममा यसको वितरण योग्य नाफा ९३ करोड ४२ लाख ६८ हजार रुपैयाँ रहेको छ । प्राइमको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि …

पुरा पढ्नुहॊस »

शिव परियारको ‘तिमी नै मेरो सास हौ’ सार्वजनिक (भिडियो)

काठमाडौं । नेपाली सुगम संगीतका चर्चित गायक शिव परियारको नयाँ गीत ‘तिमी नै मेरो सास हौ’को भिडियो सार्वजनिक गरिएको छ। प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको उक्त गीत आफ्नो दर्शक तथा स्रोतालाई प्रेम दिवसको उपहार भएको गायक परियारले बताए। गीतमा एकनारायण भण्डारीको शब्द र आशिष अविरलको  संगीत तथा एरेन्ज रहेको छ। ‘आँसुको अर्थ’बाट चर्चामा आएका जोडी स्वस्तिमा खड्का र आकाश श्रेष्ठले उक्त गीतको भिडियोमा अभिनय रहेकाे छ। शिवकै स्वरमा रहेको ‘आशुको अर्थ’ बोलको …

पुरा पढ्नुहॊस »

महोत्तरीमा चट्याङ पर्दा घर जल्यो, मान्छे जोगिए

 महोत्तरी । जिल्लाको बर्दिवास नगरपालिका–११ को चनौटेमा एउटा घर चट्ययाङ पर्दा नष्ट भएको छ । सो बस्तीका अजय डिम्डोङको घर शनिबार दिउँसो परेको चट्याङले जलेर खरानी भएको हो । बिहानभरि परेको पानी थामिएपछि वस्तुभाउ फुकाउने र घाँसदाउराको जोहो गर्न परिवारका सबै निस्किएका बेला चट्याङ परेकाले मानवीय क्षति भने भएको छैन । दिउँसोतिर पानी थामिएकै बेला ठूलो आवाजमा परेको चट्याङले डिम्डोङको घर र घरमा रहेका अन्नपात, लत्ताकपडा र भाँडाकुँडासहितका सामान भने …

पुरा पढ्नुहॊस »

सेनासँग सहमतिपछि नलगाड आयोजनाको काम सुरू

जाजरकोट । नलगाड जलविद्युत आयोजनाको काम सुरु भएको छ। सेना र नलगाड जलविद्युत आयोजनाका बीचमा विस्फोटक पदार्थ प्रयोग सम्बन्धमा सहमति (एमओयू) भएपछि  तीन महिना देखि रोकिएको काम सुचारु भएको छ। सहमतिसँगै आयोजनाको बाँध स्थलमा सम्म जाने सडक निर्माणका लागि विस्फोटनको काम सुरु भएको छ। विद्युत उत्पादन गृहको भुमिगत सुरुङ (ड्रिफ्ट टनेल टेस्ट)मा विस्फोट गराउन आयोजनासँग सेनाको सहमति भएसँगै काम सुरु भएको हो। सेनाले सहमति विना काम नगर्ने भन्दै विस्फोट पदार्थ प्रयोग …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकमा रोजगारीको अवसर (सूचनासहित)

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेश्नल लि.ले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।

पुरा पढ्नुहॊस »