News desk

हवाई सञ्जाल विस्तार गर्न पहल गरिने

पोखरा । पोखरा पर्यटन परिषद्ले नेपालमा हवाई सञ्जाल विस्तार गर्न पहल गर्ने भएको छ ।पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा गरिएको उत्तरपूर्वी भारतको प्रवद्र्धनात्मक भ्रमणको आइतबार आयोजित समापन समारोहमा परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले भारतीय पर्यटन व्यवसायीले नेपालको हवाई सेवालाई प्रभावकारी बनाउन सुझाव दिएको बताए । नेपाल भारतको काँकडभिट्टा सीमानाका नजिकैको चन्द्रगढी विमानस्थलबाट पोखरा सिधा हवाई सम्पर्क नभएको प्रति त्यहाँका पर्यटन व्यवसायीको गुनासो भएको बताउँदै अध्यक्ष पोखरेलले सिधा …

पुरा पढ्नुहॊस »

प्रादेशिक संरचनाअनुसार पर्यटन ऐन संशोधन हुँदै, आन्तरिक पर्यटनको पनि सम्बोधन हुने

काठमाडौं । सन् १९५३ मे २९ मा एडमण्ड हिलारी र तेन्जिङ शेर्पाले सरमाथाको आरोहणगरेपछि नेपालमा पर्यटन कल्चर भित्रिएपनि यसको २५ वर्षपछिमात्र सरकारले पर्यटन ऐन लागू गरेको थियो । अहिले त्यो ऐन बनेको पनि ४० वर्ष पुगिसकेको छ । यसबीचमा ऐनमा खासै संशोधन गरिएको छैन । बिना संशोधन ४० वर्ष लागू गरेपछि सरकारले पहिलोपटक उक्त ऐन संशोधन गर्ने भएको छ । सरकारले ‘नेपालको पर्यटन ऐन २०३५’ लाई संशोधन गरेर प्रादेशिक संरचना …

पुरा पढ्नुहॊस »

डाउनटाउन हाउजिङ र सोल्टी क्राउन प्लाजामा रोजगारीको अवसर (सूचनासहित)

काठमाडौं– डाउनटाउन हाउजिङ कम्पनीले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले आर्किटेक्ट, सिभिल इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर, इन्टेरियर डिजाइनर र मार्केटिङ पदमा कर्मचारी माग गरेको हो । यसैगरी काठमाडौंको सोल्टीमोडस्थित सोल्टी क्राउन प्लाजाले पनि कर्मचारी माग गरेको  छ । प्लाजाले डाइरेक्टर अफ सेल्स एण्ड मार्केटिङ  र सेल्स एण्ड मार्केटिङ सहायक पदमा कर्मचारी मागेको हो ।

पुरा पढ्नुहॊस »

बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाण्डौ । सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको ज्यान गएको छ । बिहान ६ बजेतिर बा ३ ख ७० ५७ नम्बरको बसले ठक्कर दिँदा सोलुखुम्बु घर भई सिनामङगल बस्दै आएका पदमबहादुर कार्कीको ज्यान गएको हो । ठक्करबाट घाइते भएपछि काठमाण्डौ मेडिकल कलेज सिनामङ्गलमा उपचारका क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

रोनाल्डोको खेल जीवनमा पहिलोपटक भयो यस्तो

कठमाडाैँ । इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिग लिडर युभेन्टस विजयी भएको छ । अवे मैदानमा भएको खेलमा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोसहितको युभेन्टसले सासुओलोलार्य ३–० ले हराएको हो । युभेन्टसको जितमा सामी खेदिरा, क्रिष्टियानो रोनाल्डो र एम्री क्यानले गोल गरे । २३ औँ मिनेटमा खेदिराले गोल गर्दै युभेन्टसलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । रोनाल्डोले ७० औँ मिनेटमा गोल गरे । रोनाल्डोले युभेन्टसबाट २० गोल …

पुरा पढ्नुहॊस »

६५ प्रतिशत हकप्रद पछि नेपाल इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ६५ प्रतिशत हकप्रद सेयरपछिको मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३७१.५२ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ५३७.५४ प्रतिशत रहेको थियो । मूल्य समायोजन पछिको आइतबारको सेयर बजारमा कम्पनीको सेयर मूल्य बढ्दो क्रममा रहेको छ । आइतबार प्रतिकित्ता ३७१ रुपैयाँमा खुलेको कम्पनीको सेयरको मूल्य बढेर ३९५ रुपैयाँसम्म कारोबार भएको छ ।

पुरा पढ्नुहॊस »

सहयोगी विकास बैंकले लोहिआ कम्पनीका तीन चक्के सवारीमा कर्जा उपलब्ध गराउने

काठमाडाैँ । सहयोगी विकास बैंकले लोहिआ कम्पनीको तीन चक्के टेम्पु (सवारी साधान) मा लगानी गर्ने भएको छ । सो सम्बन्धमा बैंकले बाबा अटोमाटा ट्रेडिङ्ग प्रा.लि.सँग सम्झौता गरिसकेको जनाएको छ । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय रिजाल र बाबा अटोमाटा ट्रेडिङ्ग प्रा.लि.को तर्फबाट प्रोपाइटर विशाल शाहले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बाबा अटोमाटा ट्रेडिङ्गले विक्री गर्ने तीन चक्के टेम्पु (सवारी साधान) लाई ट्रडिङ्गले सिफारिस गरे अनुसार बैंकले रित पु¥याई कर्जा …

पुरा पढ्नुहॊस »

प्रभु बैंककाे साधारणसभा फागुन १९ गते, संस्थापक सेयरधनीहरुको स्वामित्व ५५ प्रतिशत कायम गर्ने

काठमाडौं । प्रभु बैंक लिमिटेडले आगामी फागुन १९ गते आफ्नो १७औँ वार्षिक साधारणसभा बोलाएको छ । उक्त प्रयोजनको लागि बैंकको आगामी फागुन ६ गतेदेखि १९ गतेसम्म १४ दिन बुक क्लोज हुँदै छ । उक्त सभाले सेयरधनीलाई ८ प्रतिशत बोनस र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ३ करोड ४६ लाख ६९ हजार २५७ रुपैयाँ नगद लाभांश दिने बैंकको प्रस्तावलाई पारित गर्दै छ । बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०७५/०७६ को …

पुरा पढ्नुहॊस »

बहुप्रतिक्षित काठमाडौं–निजगढ फास्ट ट्रयाक : ८० प्रतिशत काम पूरा

काठमाडौँ । बहुप्रतिक्षित काठमाडौं–निजगढ फास्ट ट्रयाकअन्तर्गत निजगढतर्फको ८० प्रतिशत काम पूरा भएको छ । नेपाली सेनाको सडक निर्माण कार्यदलका अनुसार अहिलेकै अवस्थामा निजगढतर्फ मात्र करिब ८० किमि प्रतिघण्टामा मोटर गुड्न सक्ने भएको छ । बाराको निजगढ खोकना जोड्ने द्रुतमार्ग निर्माणमा जुटेका सवारी साधन । कट र फिलको काम अन्तिम चरणमा पुगेको नेपालीले सेनाले जनाएको छ । ‘हालको अवस्थामा निजगढ कार्यदलले पाएको जिम्मेवारी मध्ये ७० देखि ८० प्रतिशत काम पूरा भएको …

पुरा पढ्नुहॊस »

मस्तिष्क पक्षाघातका लक्षण यस्ता…

काठमाडाैँ । मस्तिष्क पक्षाघात ज्यानै लिन सक्ने रोग हो ।  यसर्थ, जोसुकैलाई मस्तिष्कघात हुन सक्छ । तर, यस्तो समस्या हुनुभन्दा केही दिनअघि शरीरले केही संकेत दिने गर्छ । यस्ता लक्षणको समयमै पहिचान गरी उपचार गर्नतर्फ लागे सम्भावित खतराबाट बच्न सकिन्छ । -बोल्ने र सम्झने क्षमतामा बिस्तारै समस्या देखिन थाल्छ । -आवाजमा समस्या देखिन्छ । बोल्न खोज्दा बोली नै लरखराउन थालेमा त्यसलाई मस्तिष्क पक्षाघातको संकेतका रूपमा बुझ्न सकिन्छ । -अनुहार, हात र खुट्टामा कमजोरी देखिन थाल्छ । -मस्तिष्क पक्षाघात …

पुरा पढ्नुहॊस »