News desk

कञ्चन डेभलपमेन्ट बैंकको नाफा ६८ प्रतिशतले वृद्धि

काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंक लिमिटेड ( Kanchan Development Bank Limited.) ले दोस्रो त्रैमासमा खुद मुनाफा ३ करोड ६१ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधकिो तुलनामा नाफा ६८ दशमलव ६८ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहिअवधिको नाफा २ करोड १४ लाख रुपैयाँ आर्जन गरेको थियो । ५३ करोड १३ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा ९ करोड ९७ लाख रुपैयाँ छुटाएको छ । बैंकले …

पुरा पढ्नुहॊस »

कस्तो अबस्थामा बढ्छ कोलेस्ट्रोल, कसरी रहने सुरक्षित ?

काठमाडौं । जाडो याममा बिहान चिसो छ भनेर अल्छि मानेर बस्ने बानी हुन्छ । जाडोयाममा शारीरिक अभ्यास गर्न अल्छी मानेर बस्दा शरीरमा कोलेस्ट्रोल बढ्ने खतरा रहने स्वास्थ्य विज्ञ बताउँछन् । जाडो याममा घाम कम लाग्ने कारण शरीरले भिटामिन डी कम मात्रामा सोस्न पाउँछ । भिटामिन डीको कमी हुँदा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न जान्छ । प्रशस्त मात्रामा घाम लागेको बेला शरीरले पर्याप्त मात्रामा भिटामिन डी सोस्न पाउँछ । यसले शरीरमा कोलेस्ट्रोलको मात्रा …

पुरा पढ्नुहॊस »

नयाँ प्रविधिमा चीनको उदय

काठमाडाैँ । चीन पछिल्लो समय प्रविधिमा विश्वको फ्याक्ट्रीको रूपमा उदाउने प्रयासमा छ । आर्टिफिसियल इन्टेलिजेन्स, भर्चुअल समाचार वाचकदेखि मोबाइल भुक्तानीको प्रयोगसम्ममा चीन अगाडि छ । चीनका ७३ करोड १० लाख इन्टरनेट प्रयोगकर्ता चीनको प्राविधिक विकासको योजनामा साथ दिइरहेका छन् । यसैबीच त्यहाँको सरकारले ल्याएको ‘मेड इन चाइना २०२५’ जस्ता योजनाले चीनलाई प्रविधिमा महङ्खवपूर्ण फाइदा पुग्ने देखिएको छ । चिनियाँ कम्पनी ग्लोबल ग्रूपका अध्यक्ष जोनी होन चीन अहिले प्रविधिमा सबैभन्दा अगाडि …

पुरा पढ्नुहॊस »

३५ हजार ५१२ सहकारीमा ३ खर्ब २ अर्ब बचत

काठमाडौं । नेपालका सहकारीमा रु तीन खर्ब दुई अर्ब बचत सङ्कलन भएको छ । राष्ट्रिय सहकारी महासङ्घका अनुसार कूल ३५ हजार ५१२ सहकारीमा उक्त रकम बचत सङ्कलन भएको हो । सङ्कलित रकममध्ये रु दुई खर्ब ७२ अर्ब ऋण लगानी भएको महासङ्घका नायव महाप्रबन्धक बाबुल खनालले जानकारी दिनुभयो । राज्यको तीनखम्बे अर्थनीतिमध्येको एक सहकारीले ६० हजार बढीलाई रोजगारी दिएको खनालले बताए। विभिन्न २० प्रकारका सहकारीहरू महासङ्घमा आबद्ध रहेको बताउँदै खनालले कूल गार्हस्थ्य …

पुरा पढ्नुहॊस »

नेपाल इन्स्योरेन्स कम्पनीको मूल्य समायोजन

काठमाडौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (Nepal Insurance Co. Ltd.) को ६५ प्रतिशत हकप्रद शेयर पछिको मूल्य समायोजन भएको छ । हकप्रद शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ३ सय ७१ दशमलव ५२ रुपैयाँ कायम भएको छ । जसको औषत मूल्य भने ३ सय ३७ दशमलव ५४ रुपैयाँ रहेको छ ।

पुरा पढ्नुहॊस »

जाडो मौसममा ओठ किन फुट्छ ? यी हुन् समाधानका उपाय

काठमाडाैँ । यति खेर जाडोको मौसम छ । ठिक यहि बेला हाम्रा हात, खुट्टा, गाला, ओठ बढी फुट्ने गर्छ । तर यो साधारण स्वास्थ्य समस्या हो ।अरु भन्दा ओठ शरीरको सानो भाग भएकोले पनि यो फुट्यो अलि धेरै समस्या पार्छ । ओठ फुटेपछि केही खाँदा पोल्ने, हाँस्दा दुख्ने र अनुहारको सौन्दर्य बिग्रने हुन्छ । जाडोमा किन फुट्छ ओठ ? बरिष्ठ छालारोग विशेषज्ञ डा.अनिल झा भन्छन् , जाडोको समय वा सुख्खा …

पुरा पढ्नुहॊस »

आबुधाबीमा अलपत्र १ सय ५० नेपाली कामदार मध्ये २८ जना नेपाल फर्किए

यूएई । आबुधाबीमा अलपत्र परेका १ सय ५० जना नेपाली कामदारसहित साढे ७ सय कामदारको उद्दार गरेर सम्बन्धित देश फर्काउने प्रक्रिया सुरु भएको छ । यूएई सरकारले चासो देखाएपछि कम्पनीको नयाँ व्यवस्थापनले गएको बिहीबारदेखि कामदारलाई क्षतिपुर्तीसहित सम्बन्धित देश फर्काएको हो । अलपत्र डेढ सय नेपाली कामदार मध्ये २८ जना नेपाल फर्किएका छन् । कम्पनीले शुक्रबार १४ जना नेपालीलाई नेपाल पठाएको थियो । शुक्रबार नेपाल फर्किनेमा कुलबहादुर ओली, राजेन्द्र कार्की, पूर्णबहादुर मन्धाने, …

पुरा पढ्नुहॊस »

अमेरिकी सेनाको तलब ८ दशमलब २ प्रतिशतले वृद्धि गर्ने दक्षिण कोरियाकाे घोषणा

सिओल । दक्षिण कोरियाली भूमिमा कार्यरत अमेरिकी सेनाको व्यवस्थापनका लागि बजेट बढाउन सहमत भएको सिओलले आइतबार जानकारी गराएको छ। लामो समयदेखि सहयोगीका रूपमा रहेको अमेरिकी सेनाको खर्चका लागि वासिङ्टनको अनुरोधमा उक्त निर्णय लिएको हो। दक्षिण कोरियाले सेनाको खर्चबारे अमेरिकासँगको विवादलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जाेङ–उनबीच दोस्रो वार्ता हुने मिति तय भएको केही घन्टाभित्रै अन्तिमरूप दिएको हो। सन् १९५० देखि सन् १९५३ सम्म चलेको कोरियाली युद्धका समयदेखि …

पुरा पढ्नुहॊस »

पर्यटन विकासको ६३ लाख रुपैयाँ मदिरा सेवन र मासुभातमा स्वाहा

धरान । धरान उप–महानगरपालिकाले पर्यटन विकासमा छुट्याएको ठूलो रकम बजेट जनप्रतिनिधि र कर्मचारीले मदिरा सेवन र मासुभातमा स्वाहा बनाएका छन् । धरान उपमहानगरपालिकाको पर्यटन क्षेत्रको विकासमा खर्चनु पर्ने बजेट जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा दुरुपयोग गरेका हुन् । उनीहरुले ६३ लाख २५ हजार तीन सय ७० रुपैयाँ मदिरा र मासुभात शीर्षकमा स्वाहा पारेका छन् । उपमहानगरपालिकाले उक्त बजेटबाट पर्यटक प्रवद्धनको कुनै पनि काम भने गरेको छैन । पर्यटनमा विनियोजन गरेको रकमबाट …

पुरा पढ्नुहॊस »

सेनामा भ्रष्टाचारको खेल अढाई अर्बमा पाइने प्लान्ट किन्न ठेकेदारको मिलेमतोमा चार अर्ब खर्च

काठमाडौं । नेपाली सेनाका लागि गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट (एम्युनेसन) खरिद प्रक्रिया विवादित बनेको छ । अढाई अर्बमा पाइने प्लान्ट किन्न सेनाले केही ठेकेदार कम्पनीसँगको मिलेमतोमा चार अर्ब खर्चिने निर्णय गरेको हो । राज्यलाई झण्डै डेढ अर्ब रूपैयाँ भार पर्ने गरी तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले प्लान्ट खरिद निर्णय टुंग्याएको स्रोतले बतायो । जानकारहरूका अनुसार उक्त प्लान्ट अढाईदेखि तीन अर्ब रूपैयाँमा पाइन्छ । विवादका कारण सेनाले अहिलेसम्म गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट …

पुरा पढ्नुहॊस »