News desk

उपप्रधानमन्त्री श्रेष्ठ आज कतार जाँदै

काठमाडौँ । कतारको दोहामा आयोजना हुने अल्पविकसित राष्ट्रहरूको पाँचौं राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ आज त्यसतर्फ प्रस्थान गर्दैछन् । उपप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा रहने नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सांसद डा. जितेन्द्रनारायण देव, नेपाल सरकारका सचिव तथा कतारका लागि नेपाली राजदूतलगायत रहेका छन् । सम्मेलन आइतबारदेखि मङ्गलबारसम्म हुनेछ । मन्त्री श्रेष्ठले अति कम विकसित मुलुक समूहको शिखर सम्मेलनमा सहभागी …

पुरा पढ्नुहॊस »

फागुन १९ गते : कुन-कुन प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना ?

काठमाडौँ । देशका केही भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी …

पुरा पढ्नुहॊस »

नेपाली सेनाका उपरथी शाही बर्खास्त

काठमाडाैं । नेपाली सेनाले उपरथी प्रेम शाहीलाई बर्खास्त गरेको छ । आर्थिक अनियमितताको आरोपमा केही समयदेखि थुनामा रहेका शाहीलाई भविश्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गर्ने फैसला सैनिक अदालतले गरेको सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए । यस्तै उनले आर्थिक अनियमितता गरेको रकम भराउने पनि फैसला भएको छ। उनीसँगै आर्थिक अनियमिततामा जोडिएका भनिएका अन्य दुई कर्णेललाई पनि सैनिक अदालतले आंशिक सजाय तोकेको छ। उनीहरुलाई भने सेवाबाट …

पुरा पढ्नुहॊस »

बालक हत्याको आरोपमा श्रीमान-श्रीमती पक्राउ

काठमाडाैं । मोरङको सुनवर्सी नगरपालिका–१ का १४ वर्षीय बालकको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्थानीय ३५ वर्षीय वीरेन्द्र पासवान र उनको ३४ बर्षीया श्रीमती डल्ली पासवान रहेको प्रहरीले जनाएको छ । सुनवर्सी नगरपालिका–१ का डिल्ली बहादुर माझीको १४ वर्षीय छोरा विशाल माझी फागुन ११ गते बेलुका घरबाट चोक तिर घुम्न निस्केकोमा फर्केर नआए पछि उनको खोजी सुरु भएको थियो । आफन्तले खोजतलासको क्रममा स्थानीय …

पुरा पढ्नुहॊस »

यूएईलाई हराउँदै यू-१९ क्रिकेट विश्वकपमा नेपाल छनोट

काठमाडौँ । नेपाल यु १९ क्रिकेट विश्वकपमा छनोट भएको छ । घरेलु टोली यूएईलाई पराजित गर्दै नेपाल आगामी वर्ष सन् २०२४ मा श्रीलंकामा हुने विश्वकप खेलका लागि छनोटमा परेको हो । २०१६ को विश्वकप पछि पहिलो पटक नेपाल विश्वकपमा छनोट भएको हो । नेपाले दिएको १९२ रनको सामान्य लक्ष्य पूरा गर्न नसकी युएई ४८ ओभरमा १८४ रन बनाउँदै अलआउट भयो । अजमानको इडन ग्रार्डेन ओभलमा भएको खेलमा यूएईका लागि इथान …

पुरा पढ्नुहॊस »

इ-सेवाको नयाँ योजना, एपमार्फत स्क्यान गरी भुक्तानी गर्दा आइफोन-१४ जित्ने मौका

काठमाडौं । भुक्तानी सेवा प्रदायक इ-सेवाको ‘स्कयान टू विन अफर’ सुरू भएको छ। यस अफरअन्तर्गत इ-सेवाको मोबाइल एपमार्फत क्युआर स्क्यान एन्ड पे गर्दा एक जना भाग्यशाली नेपालीले आइफोन-१४ प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ। इ-सेवाको यो नयाँ योजनामा सहभागी हुनका लागि इ-सेवा मोबाइल एपमार्फत अनिवार्य क्युआर स्क्यान पे गर्नुपर्ने हुन्छ। यसैगरी हरेक हप्ता यस योजनामा सहभागी एक जनाले रेड्मी वाच-२ लाइट पाउनेछन‍्। साथै १० हजार प्रयोगकर्ताले एक हजारसम्मको पुरै क्यासब्याक …

पुरा पढ्नुहॊस »

रामचन्द्र पौडेललाई समर्थन गर्ने दलहरूको संख्या ११ पुगिसक्यो : प्रकाशशरण महत

काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले राष्ट्रपतिमा रामचन्द्र पौडेलले जित्नेमा कुनै संका नरहेको बताएका छन् । बिहीबार ८ दलीय गठबन्धनले काठमाडौँमा आयोजना गरेको सांसद अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रदेशमात्रै रहेका २ दलसहित अहिलेसम्म राष्ट्रपतिका उम्मेदवार पौडेललाई समर्थन गर्ने दलहरुको संख्या ११ पुगिसकेको दाबी गरे । उनले अहिलेको परिस्थितिलाई बुझ्ने उपयुक्त पात्र पौडेल मात्रै भएको पनि बताए ।  

पुरा पढ्नुहॊस »

काठमाडौँ-५ का सांसद पौडेल र मेयर बालेनबीच मिलेर काम गर्ने ७ बुँदे सहमति

काठमाडौँ । काठमाडौँ संसदीय निर्वाचन क्षेत्र नम्बर ५ का सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच भेटवार्ता भएको छ । भेटमा काठमाडौँ महानगर र क्षेत्र नं ५ को विकासका लागि संघ र स्थानीय सरकार बीच आपसी समन्वय, सहयोग र सहकार्य गरेर अघि बढ्ने सहमतिभएको नेता पौडेलले जानकारी दिएका छन् । सडक विस्तार, सांस्कृतिक सम्पदा र धरोहरको संरक्षण, खानेपानी, ढलनिकासलगायत पूर्वाधार विकास, विस्तार र …

पुरा पढ्नुहॊस »

राष्ट्रपति भएपछि रामचन्द्र पौडेलले हस्तक्षेपकारी भूमिका खेल्नु हुन्न : प्रदीप पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद प्रदीप पौडेलले राष्ट्रपति भएपछि रामचन्द्र पौडेल दलभन्दा माथि उठेर राष्ट्रकै लागि अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् । आठ दलले बिहीबार आयोजना गरेको सांसदहरुलाई अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘राष्ट्र र संविधानका निम्ति राष्ट्रपति पदमा इमानदारीपूर्वक काम गर्ने उहाँले बताउनु भएको छ,’ उनले भने, ‘संविधानको संरक्षकको रुपमा अघि बढ्ने, हस्तक्षेपकारी भूमिका नखेल्ने, कुनै दलको प्रतिनिधि …

पुरा पढ्नुहॊस »

सुवास नेम्वाङले रास्वपाको मत पाउनु हुन्छ : योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका नेताहरुले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत सुवासचन्द्र नेम्वाङको पक्षमा आउने विश्वास व्यक्त गरेका छन् । रास्वपाका सभापति रवि लामिछानेसहितका नेताहरुसँगको भेटवार्तापछि एमाले सचिव योगेश भट्टराईले रास्वपाको मत नेम्वाङको पक्षमा पर्ने बताएका हुन् । ‘रास्वपाका अध्यक्षले आफ्नो पार्टी छलफलमा रहेको र केही समय हामी सहकार्यमा समेत रहेको हुनाले एकअर्कालाई बुझेका छौं । सुवास नेम्वाङ जत्तिको व्यक्तित्व मुलुकले कमै पाउँछ । यो एउटा मौका हो भन्नु भएको छ’, …

पुरा पढ्नुहॊस »