News desk

स्लिम मोडलको रियलमी १० नेपाली बजारमा

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले आफ्नो १० नम्बर सिरिजको दोस्रो मोडल रियलमी १० नेपाली बजारमा सार्वजनिक गरेको छ । जसमा मेडियाटेक हेलियो जी ९९ प्रोसेसर र ९० हर्जको एमोलेड डिस्प्लेको कम्बो रहेको छ भने आठ जिबी र्‍याम र १२८ जिबी रोमको स्टोरेजमा उपलब्ध फोनको मूल्य २९ हजार नौ सय ९९ रुपैयाँ रहेको छ । कम्पनीका अनुसार रियलमी १० मा आठ जिबीसम्मको भर्चुअल ¥याम राखिएको छ, जसले गर्दा र्‍यामको स्टोरेज १६ …

पुरा पढ्नुहॊस »

घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडाैँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक सयले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार छ सय कायम भएकोमा आज एक लाख दुई हजार पाँच सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार छ । यसको मूल्य अघिल्लो दिन एक लाख दुई हजार एक सय थियो । आज …

पुरा पढ्नुहॊस »

तारजाली नाघेर बाटो काट्नेलाई खादाले सम्मान

काठमाडौँ । कैलालीको धनगढीमा ६ लेन सडक खण्डमा पैदलमार्ग छोडेर तारजालीमाथिबाट सडक काट्दै गरेको एक व्यक्तिलाई खादा ओढाएर सम्मान गरिएको फोटो तथा स्ट्याट्स मेयर हमालले हटाएका छन् । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले सडक काट्दै गरेको अवस्थामा भेटिएका धनगढी १३ राजपुरका शिवराज पाध्यायलाई खादा लगाई सम्मान गरेको फोटो बिहीबार उनले आफ्नो फेसबुक वालमा पोष्ट गरेका थिए । तर उनले केही समयपछि त्यो पोष्ट डिलिट गरेका हुन् । उनले त्यसरी …

पुरा पढ्नुहॊस »

पूर्वकुमारी समिता बज्राचार्य राप्रपा प्रवेश

काठमाडौं । पूर्वकुमारी समिता बज्राचार्य राप्रपा प्रवेश गरेकी छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले समितालाई खादा र सदस्यता प्रदानसहित पार्टीमा स्वागत गरेका छन् । समिता २०६७ देखि २०७१ सालसम्म जीवित देवी कुमारीको रूपमा पुजिएकी थिइन् । ‘पूर्वकुमारीलाई राप्रपामा स्वागत गर्न पाउँदा हर्षित छौं’, लिङदेनले लेखेका छन् ।

पुरा पढ्नुहॊस »

विश्वकपमा छनोट हुने यू-१९ क्रिकेटरले जनही १ लाख पाउने

काठमाडौँ । नेपाली यू-१९ क्रिकेट टीम आज आज स्वदेश फर्किँदैछ । आगामी वर्ष श्रीलंकामा हुने यु १९ को विश्वकपमा स्थान पक्का गरेर नेपाली टोली आज स्वदेश फर्कन लागेको हो । नेपाली टोली साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने बताइएको छ । बिहीबारको खेलमा यूएईलाई ७ रनले हराएर यू-१९ विश्वकपमा नेपालले ८ वर्षपछि स्थान पक्का गरेको हो । यसैबीच विश्वकपमा छनोट भएको नेपाली यू-१९ क्रिकेट टिमका हरेक सदस्यलाई क्रिकेट एसोसिएसन …

पुरा पढ्नुहॊस »

सुरक्षित तवरले होली पर्व मनाउन काठमाडौं प्रहरीको अनुरोध

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले सुरक्षित तरिकाले होली पर्व मनाउन आग्रह गरेको छ । सभ्य एवम् सुरक्षित तवरले होली पर्व मनाउन आग्रह गर्दै प्रहरी परिसर काठमाडौंले आत्मिय रूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न भनेको छ । “होली पर्वको नाममा उश्रृंखल क्रियाकलाप नगरौं । अपरिचिते समूहमा होली नखेलौं,” प्रहरी परिसर काठमाडौंले भनेको छ, “कसैको इच्छा विपरित रंग, लोला, मोबिल, मोसो, केमिकल र फोहोर पानी नलगाऔं, केमिकल रगंको …

पुरा पढ्नुहॊस »

सातै प्रदेशका सांसदसँग आज अन्तर्क्रिया गर्दै ८ दल

काठमाडौं । ८ दलले आज सातै प्रदेशका प्रदेश सभा सदस्यहरूसँग अन्तर्क्रिया गर्ने भएका छन्। फागुन २५ मा हुने राष्ट्रपति निर्वाचन केन्द्रित रहेर ८ दलका नेताहरूले प्रदेश सभा सदस्यहरूसँग छलफल गर्न लागेका हुन्। यसका लागि नेपाली कांग्रेससहित दलहरूले सबै प्रदेशमा प्रतिनिधि खटाएका छन्। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवारमा समर्थन गरेका दलहरूले प्रदेश सभा सदस्यहरूसँग राष्ट्रपति निर्वाचन र गठबन्धनबाट भावी केन्द्रीय र प्रदेश सरकार विस्तार र गठनलगायत विषयमा कुराकानी गर्न …

पुरा पढ्नुहॊस »

नयाँ सिस्टम लागू भएपछि वैदेशिक लगानीमा सहज

काठमाडौं । उद्योग विभागले प्रत्यक्ष वैदेशिक लगानी भिœयाउने लगानीकर्ताका लागि अनलाइनबाटै आवेदन दिने ‘सिस्टम’ सुरु गरेपछि सेवाग्राही लाभान्वित हुन थालेका छन्। गत साउन १ गतेदेखि सुरु गरिएको ‘इन्डस्ट्री म्यानेजमेन्ट इन्फरमेसन सिस्टम’ लागू भएपछि तीन दिनभित्रै विदेशी लगानी स्वीकृत हुन थालेको छ। भिसा सिफारिसको काम पनि एकैदिनमा हुने गरेको वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण शाखाले जनाएको छ। अध्यागमन, कम्पनी रजिस्ट्रर्ड कार्यालय, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान), आन्तरिक राजस्व विभाग र भन्सार …

पुरा पढ्नुहॊस »

चिया निर्यात ३० प्रतिशतले बढ्यो

काठमाडौं । नेपाली चियाको निर्यात करीब ३० प्रतिशतले बढेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार चालू आर्थिक वर्षको पहिलो ७ महीना (साउन–माघ) मा चिया निर्यात अघिल्लो आर्थिक वर्ष ९आव० को सोही अवधिको तुलनामा २९ दशमलव ९ प्रतिशतले बढेको हो । गत आवको ७ महीनामा नेपालबाट २ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको ७ हजार ८४६ मेट्रिक टन चिया निर्यात भएको थियो । चालू आवको सोही अवधिमा निकासी रकम २९ …

पुरा पढ्नुहॊस »

नेपाली चलचित्र ‘छक्का पञ्जा ४’ र ‘छड्के २.०’ हलमा

काठमाडौँ । दुई नेपाली कथानक चलचित्र आजबाट एक साथ प्रदर्शनमा आउने भएका छन् । आजबाट ‘छक्का पञ्जा ४’ र ‘छड्के २.०’ एकसाथ प्रदर्शनमा आउन लागेको हो । दीपकराज गिरीसहित दीपाश्री निरौला र केदार घिमिरे समूहको चलचित्र ‘छक्का पञ्जा ४’ लाई हेमराज बिसीले निर्देशन गरेका छन् । राजनीतिलाई पृष्ठभूमि बनाएर चलचित्र तयार गरिएको हो । यसको पटकथा तथा संवाद अभिनेता गिरीले तयार पारेका छन् । हेमराज बिसीको निर्देशन रहेको चलचित्रमा दीपकसँगै …

पुरा पढ्नुहॊस »