News desk

मोलुङ्ग हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले शुक्रबार आईपीओ बाँडफाँड गरको हो । कम्पनीले ४ देखि १० फागुनसम्म सर्वसाधारणका लागि २२ लाख ६४ हजार ६५५ कित्ता साधारण सेयर निष्कासन गरेको थियो । उक्त आईपीओमा कुल १४ लाख २४ हजार ३५१ जनाले कुल १ करोड ५५ लाख ७९ हजार ८०० कित्ताका लागि आवेदन दिएका थिए …

पुरा पढ्नुहॊस »

सन्दीप र आशिफको उत्कृष्ठ प्रदर्शनले नेपाल विजयी

काठमाडौं । नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई पराजित गरेको छ । नेपाली राष्ट्रिय क्रिकेटले आइसीसी विश्वकप लिग टू अन्तर्गतको आजको खेलमा नेपालले पिएनजीलाई ३ विकेटले पराजित गरेको हो । पिएनजीले दिएको १८० रनको लक्ष्य पछाएको नेपालले ४८ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा आसिफ सेख र सन्दीप लामिछानेले महत्वपूर्ण भूमिका खेलेका थिए । दुवैले आठौं विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए । आसिफले अविजित …

पुरा पढ्नुहॊस »

एनआइसी एशियाको बहादुरगञ्ज शाखा स्थानान्तरण हुँदै

काठमाडाैं । एनआइसी एशिया बैंक लिमिटेड बैंकले बहादुरगंज शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले २१ गते आइतबारका दिन उक्त शाखा स्थानान्तरणा गर्न लागेको हो । बैंकको कृष्णनगर नगरपालिका वडा नं. ८ बहादुरजञ्ज कपिलवस्तुमा संचालनमा रहेको बहादुरगञ्ज शाखा आइतबारदेखि कृष्णनगर नगरपालिका वडा नं.८ बहादुरगञ्च कपिलबस्तु (साविकको स्थानबाट करिब १०० मिटर अगाडि दक्षिणतर्फ) स्थानान्तरण गर्न लागेको जनाएको छ ।

पुरा पढ्नुहॊस »

आइएमई-पेबाट होली विशेष कार्यक्रमको टिकट खरिद गर्न सकिने

काठमाडाैं । आइएमई-पेले यो वर्षको होलीको लागि विभिन्न इभेन्ट आयोजकहरू सँग आबद्ध भएको छ। होली इभेन्टहरूको टिकट प्रदायकका रुपमा रहने जानकारी सार्वजनिक गरेको छ। ग्राहकहरूलाई आफ्नो मित्रजन तथा परिवारसँग होली मनाउन सजिलै टिकट उपलब्ध गराउने उदेश्यले आइएमई पेले होली इभेन्ट टिकटिङ सुविधा प्रदान गरेको हो। आइएमई पेमा ग्राहकहरूले तीन फरक-फरक होली इभेन्टको टिकट प्राप्त गर्न सक्नेछन्। कलरेल्ला, अन्नपूर्ण होटल, कलर स्प्ल्यास, द मल्लहोटल होली फिएस्ता २०२३, सिद्दार्थ बुटिक होटल लगायत …

पुरा पढ्नुहॊस »

आइएमई-पेको सेन्ड मनी फिचरबाट पैसा पठाउँदा शुल्क नलाग्ने

काठमाडाैं । आइएमई-पेमा रहेको सेन्ड मनी फिचरबाट प्रयोगकर्ताहरूले पैसा पठाउदा कुनै शुल्क नलाग्ने भएको छ। उक्त विशेषताहरूले नै सेवाग्राहीबीच आइएमई-पे रूचाइएको कम्पनीले बताएको छ। आइएमई-पे आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक हो। कम्पनीले आईएमई पे ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउँछ। यसको मद्दतले सेवाग्राही आफैंले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइलमार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्छन्।

पुरा पढ्नुहॊस »

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट ३ जनामा मिर्गौला र कलेजोको सफल प्रत्यारोपण

काठमाडौँ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई जनामा मिर्गौला र एक जनामा कलेजोको सफल प्रत्यारोपण गरिएको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले एक व्यक्तिबाट प्राप्त अङ्गलाई तीन जनामा सफल प्रत्यारोपण भएको जानकारी दिएका छन् । उनले भने, ‘गत मङ्गलबार सवारी दुर्घटनाबाट परी मस्तिष्क मृत्यु भएकी १७ वर्षीय युवतीबाट केन्द्र र भारतीय चिकित्सकको टोलीले तीन जनामा मृगौला …

पुरा पढ्नुहॊस »

होलीको अवसरमा बिजबजारमा छुट

काठमाडौँ । ई–कमर्स प्लेटफर्म बिजबजारले प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने “२० मा बजी” नामक अभियानअन्तर्गत फागुन १९ गते राति १२ बजे देखि २० गतेसम्म लाइभ गर्ने भएको छ । केही योजनाहरू फाल्गुन २५ गते सम्म उपलब्ध हुने तथा यस पटकको २० मा बीज होली पर्वलाई लक्षित गरिएको कम्पनीले बताएको छ । यही फाल्गुन २० गतेका दिन बिजबजारले अपराह्न ६ बजे देखि आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंक र सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरीबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक र कमलपोखरी स्थित सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरीबीच सम्झौता भएको छ। बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिनेगरी समझदारीपत्रमा हस्ताक्षर भएको हो। सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरीमा १० प्रतिशतसम्मको छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ। बैंकले डिजिटल बैंकिङ्गमाध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानीगर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको कुन-कुन शाखा गाभिदैछन् ?

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंक अफ काठमाण्डुसँग मर्जरपश्चात एकै स्थानमा सञ्चालनमा रहेका केही केही शाखा कार्यालय गाभेर सञ्चालन गर्दैछन् । बैंकले यहि फागुन २८ गतेदेखि एकीकृत रुपमा संचालन भइ कारोबार हुन लागेको जनाएको छ । बैंक अफ काठमाण्डुको साविक संचालनमा रहेको सुन्दरबजार नगरपालिका वडा नं. ७, लमजुङमा रहेको सुन्दरबजार शाखा कार्यालय गाभिएर मिलनचोक सुन्दरबजार नगरपालिका वडा नं. ६ लमजुङ्गमा सञ्चालनमा रहने भएको छ । त्यस्तै ग्लोबल आइएमई बैंकको …

पुरा पढ्नुहॊस »

नबिल बैंकका ग्राहकले सिजी डिजिटलमा १५ प्रतिशतसम्म छुट पाउने

काठमाडाैं । नबिल बैंकका ग्राहकले सिजी डिजिटलमा नबिल कार्ड प्रयोग गरी अनलाइन खरिद गर्दा १५ प्रतिशत वा २ हजार रूपैयाँसम्म छुट पाउने भएका छन् । यस सम्बन्धमा नबिल बैंक र सिजी डिजिटलबीच सम्झौता भएको बैंकले जनाएको छ । बैंकका अनुसार उक्त अफर मार्च ८ सम्म जारी रहने छ । हाल बैंकका देशभर १३५ शाखा कार्यालय र १८३ एटिएम सञ्चालनमा छन् ।

पुरा पढ्नुहॊस »