News desk

छतबाट खसेर माधव नेपालका भाइ सरोजको निधन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्याय नेपालको निधन भएको छ। नेकपा एसका केन्द्रीय सदस्यसमेत रहेका सरोजकुमार उपध्याय नेपाल आफ्नो घर नजिकैको एक घरबाट खसेर गम्भीर घाइते भएका थिए । ६ तलामाथिबाट खसेका नेपालको अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा उपचारका क्रममा ज्यान गएको हो। पार्टीका नेता बिजय पौडेलका अनुसार दुई जना अपरिचित युवाले देखेर उनलाई निजामती अस्पताल पुर्‍याएकोमा उनलाई पछि अन्नपूर्ण न्युरो लगिएको थियो ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना ?

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही रहेको छ । दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा अपरान्हतिर …

पुरा पढ्नुहॊस »

प्रभु बैंक दोलखा शाखाद्वारा अग्निपीडितलाई आर्थिक सहयोग वितरण

काठमाडौं । प्रभु बैंकको दोलखा शाखाले गत माघ १८ गते कालिन्चोक गाउँपालिका-९ स्थित कटुवाचौर बजारमा भएको भीषण आगलागीबाट पीडित १६ परिवारलाई राहत वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पीडित घरपरिवारलाई शुक्रबार प्रभु बैंक दोलखा शाखाले उक्त आर्थिक सहयोग वितरण गरेको हो । अग्निपीडित प्रतिपरिवार १० हजार रुपैयाँका दरले कूल रु‍. एक लाख ६० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको बैंकका कर्जा अधिकृत दीपेन्द्र खड्काले जानकारी दिए । नेपाल …

पुरा पढ्नुहॊस »

फेरि आयो ‘बिग सीजी डे २.३.२३’, यस्ता छन् छुट योजना

काठमाडाैँ । चौधरी ग्रुप अन्तर्गत सीजी डिजीटल ई. कमर्सले विगतमा जस्तै बिग सीजी डे २.३.२३ योजना फेरि पनि ल्याएको छ। बिग सीजी डे योजना प्रत्येक साल एक विशेष योजनाका रुपमा सीजी डिजीटल ई कमर्सले मनाउँदै आएको छ। यस योजनामा चौधरी ग्रुपअन्तर्गत रहेका विभिन्न प्रोडक्ट र सेवाहरु विशेष आकर्षक छुटमा यही मार्च ०२ देखि मार्च १० सम्म उपलब्ध हुनेछ। यस योजनामा निःशुल्क जडान, फ्रि डेलिभरी, बम्पर लक्की ड्र, बैंक कार्ड छुट …

पुरा पढ्नुहॊस »

साथीको विवाहमा जीवन बीमा उपहार

काठमाडाैँ । महेन्द्रनगर–८, धनुषा निवासी राजिव कुमार पण्डितको विवाहमा साथीहरुले जीवन बीमा योजना उपहार दिएका छन्। प्रभु लाइफ इन्स्योरेन्सका बर्दिबास शाखा प्रमुख राकेश कुमार सिंह र एजेन्सी म्यानेजर एमडी सिराजुल आलमले आफ्ना साथी राजिव कुमार पण्डितको यही फागुन १७ गते सम्पन्न भएको विवाहमा जीवन बीमा योजना उपहार दिएका हुन्। प्रभु लाइफ इन्स्योरेन्सको सम्बृद्ध जीवन बीमा योजना उपहार दिएका हुन्। आफ्नो साथीको विवाहमा सुनिश्चित र निर्धक्क जीवनयापनार्थ उक्त उपहार दिएको शाखा …

पुरा पढ्नुहॊस »

नोबेल शान्ति पुरस्कार विजेता बेलारुसी अधिकारकर्मीलाई १० वर्ष जेल सजाय

एजेन्सी । बेलारुसको एक अदालतले नोबेल शान्ति पुरस्कार विजेता एलेस बियालियात्सकीलाई १० वर्षको जेल सजाय सुनाएको छ । बेलारुसी अदालतले ६० वर्षीय एलेसलाई हिजो १० वर्षको जेल सजाय सुनाएको मानवअधिकारवादी संस्था भियास्नाले जनाएको छ । भियास्ना एलेसद्वारा स्थापित मानवअधिकारवादी संगठन हो । उनीमाथि सरकारविरोधी गतिविधि गर्नका लागि बेलारुसमा अवैध रूपमा पैसा भित्र्याएको आरोप छ । सार्वजनिक व्यवस्थाको उल्लङ्घन गर्ने कार्य तथा तस्करीमा दोषी ठहराइएको भियास्ना मानव अधिकार समूहले भनेको बीबीसीले उल्लेख …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फौजदारी कसुरमा पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले उक्त रिट दर्ता गर्न आदेश दिएपछि दुई वर्षपछि अर्थात् आइतबार रिट दर्ता गरिन लागेको हो । २०७६ माघ १ गते माघी पर्वका दिन टुँडिखेलमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मेवारी आफूले लिएको अभिव्यक्तिलाई लिएर …

पुरा पढ्नुहॊस »

दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढ्यो, नयाँ मूल्य कति ?

काठमाडौं । सरकारले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाएर ६५ रुपैयाँ प्रतिलिटर पुर्‍याउने निर्णय गरेको हो । किसानको लागत बढेको भन्दै मूल्य बढाउन कृषि मन्त्रालयबाट आएको प्रस्तावपछि सरकारले यस्तो निर्णय गरेको जनाइएको छ । यस अघि गत २७ माघ २०७८ मा तत्कालीन देउवा सरकारले दूधको मूल्य कम्तीमा ६ देखि १४ रुपैयाँसम्मले वृद्धि गरेको थियो ।

पुरा पढ्नुहॊस »

सरकारले तोक्यो दुई अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारी आएका छन् भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकको जिम्मेवारी हंशराज पाण्डेलाई दिइएको छ । तत्कालीन महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस मागेको अभियोगमा निलम्बनमा परेपछि यो पद खाली थियो । तिवारी यसअघि नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानमा उपमहानिर्देशक थिए । हंशराज भने यसअघि एभिएशन सर्भिसेज निर्देशनालयमा उपमहानिर्देशक थिए। उनीहरूलाई शुक्रबार सरकारले उक्त जिम्मेवारी दिएको हो …

पुरा पढ्नुहॊस »

बैंक–वित्तीय संस्थाविरुद्धको गतिविधि रोक्न सबै जिप्रकालाई गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलन गरेर अवाञ्छित गतिविधि फैलाउनेलाई रोक्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र पठाएर गृहले बैंकका शाखाको सुरक्षामा खलल पार्ने तथा आन्दोलनको नाममा शान्ति सुरक्षा हनन गर्ने क्रियाकलाप बढ्न सक्ने भएकाले त्यसलाई रोक्न परिपत्र जारी गरेको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीविरुद्ध संगठित रूपमा नै आन्दोलन हुन थालेको छ । …

पुरा पढ्नुहॊस »