News desk

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट के गर्न कति कर्जा पाइन्छ ?

काठमाडौं । गत पुसमा नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर भएको छ । मर्जरपछिको एकीकृत नाम ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’ दिइएको छ । यो बैंकले भर्खरै एकीकृत कारोबार सुरु गरेको छ । एक साताअघि मात्रै यो बैंकले ३७ औं वार्षिक उत्सव मनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बजारमा एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैंकका रूपमा स्थापित भएको बताउँछन् । ‘समृद्धिको पथमा सँगै …

पुरा पढ्नुहॊस »

फुटेका माओवादी जुटेर नयाँ आन्दोलन सुरु गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले प्रतिक्रियावादी शक्तिले माओवादीलाई घेरा हालिरहेको बताएका छन् । उनले फेरि नयाँ आन्दोलनको आवश्यकता रहेको बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका उनले काठमाडौँमा सहिद तथा वेपत्ता याेद्धा सन्तति फाउन्डेशनले आयोजना गरेकाे जनयुद्ध आन्दोलनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् । उनले जनयुद्धका सहीदको योगदानलाई कदर गर्न जगडोलमा सहीद स्मृत पार्क निर्माण गरिएको, जनयुद्ध दिवसमा सार्वजनिक विदा दिइएको र जनयुद्धका सहिदका नाम सरकारले …

पुरा पढ्नुहॊस »

११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसमा महिला चेम्बरद्वारा महिला उद्यमी सम्मानित

काठमाडौँ । नेपाल महिला चेम्बरले ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर सांस्कृतिक एवम् सम्मान कार्यक्रम आयोजना गरेको छ । महिला  चेम्बरले संयुक्त राष्ट्र संघले २०२३ को नारी दिवसका लागि तय गरेको ‘डिजिटल इनोभेसन एण्ड टेक्नोलोजी फर जेन्डर ईक्वालिटी’ भन्ने नाराका साथ कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा उद्योगतर्फ सुभद्रा अधिकारी ढकाल, निर्याततर्फ पार्वता खरेल विमली, आई टितर्फ न्हशला जोशी, कृषितर्फ सरिता भट्टराई श्रेष्ठ र स्वास्थ्यतर्फ …

पुरा पढ्नुहॊस »

माधव भण्डारीको ‘मालती’ सार्वजनिक

काठमाडौं । लोकप्रिय गायक माधव भण्डारीको स्वरमा रहेको गीत ‘मालती’ सार्वजनिक भएको छ । भण्डारीलाई स्वरमा रूपी सिंजालीले साथ दिनुभएको गीतको भिडियो सार्वजनिक भएको हो । भण्डारीकै लय, शब्द, एरेञ्ज रहेको गीतको भिडियोलाई शुक्र लामाले निर्देशन गर्नुभएको छ । भिडियोमा निर्देशक लामासँगै सीता तामाङलाई फिचरिङ गरिएको छ । मरुभूमि नारायणको छायांकन र रोशन धितालको सम्पादन रहेको गीतको भिडियो माधव भण्डारी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । भण्डारीको पछिल्लो गीत …

पुरा पढ्नुहॊस »

बैंकको ऋण नतिर्ने हल्लाको पछि नलाग्नुस् : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले लोकप्रिय बन्नका लागि सस्ता र मिठा कुरा नगर्न व्यवसायीहरूलाई आग्रह गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६४औं वार्षिक साधारण सभा तथा अधिवेशनलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रका नेतृत्वमा रहेका व्यक्तिले व्यवसायीहरू माझ लोकप्रिय बन्ने होडबाजीमा सस्ता मिठा कुरा नगरी जिम्मेवार भएर कुरा उठाउन पनि आग्रह गरेका छन्। ‘हामी निजी क्षेत्रको नेतृत्वमा रहेका …

पुरा पढ्नुहॊस »

राष्ट्र बैंक १५ अर्ब बढीको ट्रेजरी बिल बिक्री गर्दै

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै छ । आन्तरिक ऋण उठाउन राष्ट्र बैंकले २८ दिन अवधिका लागि दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै छ । राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिका लागि छ अर्ब चार करोड ५० रुपियाँ बराबरको र १८२ दिन अवधिको ७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यसमध्ये ९१ दिन …

पुरा पढ्नुहॊस »

बद्रीको ‘पैसा सापटी’ लाई श्रोता/दर्शकको साथ

काठमाडौं । ‘पैसा सापटी दिएपछि बोलचाल हरायो, पैसा सापटी दिएपछि साथी हरायो’ लोकप्रिय लोकगायक बद्री पंगेनीले सामाजिक विषयमा तयार पारेको यो गीत सार्वजनिक भएको तीन दिनमा १० लाख बढीले हेरिसकेका छन् । आफन्त, नातेदार र साथीभाइले अनेकन बहानामा पैसा सपाट लिने र तिर्ने बेलामा सयौं बहाना बनाएर लापत्ता हुने विषयमा उहाँले गायिका रचना रिमालका साथ गाएको यो गीतलाई रिलिज भएलगत्तै दर्शक श्रोताले मन पराएका छन् । आफन्त र साथीभाइलाई सहयोग …

पुरा पढ्नुहॊस »

सुनचाँदी महासंघको १० औँ स्थापना दिवस

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको १०औँ स्थापना दिवस शनिबार महासंघको केन्द्रीय कार्यालय नक्सालमा सम्पन्न भएको छ । महासंघ अध्यक्ष माणिकरत्न शाक्यले नेपाली परम्पराअनुसार दहीको सगुन बाँडेर स्थापना दिवसको उद्घाटन गर्नुभयो । उहाँले महासंघको स्थापना भएको १० वर्षमा महासंघले धेरै काम गरेको र बाँकी काम पनि सबै मिलेर गर्नुपर्ने खाँचो औँल्याउनुभयो । महासंघका सल्लाहकार तेजरत्न शाक्यले महासंघको स्थापनादेखि हालसम्मका विभिन्न पक्षबारे चर्चा गर्नुभयो भने महासंघका संस्थापक अध्यक्ष एवं विशिष्ट सदस्य …

पुरा पढ्नुहॊस »

आजदेखि इङवा हाइड्रोपावरको आइपीओ निष्काशन

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । इङवा हाइड्रोपावरले आजदेखि आइपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ निष्काशन गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ६ लाख कित्ता सेयर निष्कासन गरेको छ । हाइड्रोपावरले आयोजना अति प्रभावित क्षेत्र ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गाउपालिका वडा नं ३ र पाँचथर जिल्लाको यङपरक गाउपालिकाको वडा नं २ स्थानीय बासिन्दाहरुका लागि उक्त …

पुरा पढ्नुहॊस »

बढ्यो सुनको मूल्य, आज कति पुग्यो ?

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख दुई हजार आठ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन रू …

पुरा पढ्नुहॊस »