news

चन्द्रबिनायक मन्दिरको संरक्षण गर्न समिति गठन

 भक्तपुर । भक्तपुर सिपाडोल स्थित वडा नं ८ मा रहेको चन्द्रबिनायक मन्दिर प्रचारप्रसारको अभावले ओझेलमा परेको छ । केदारनाथको शिर डोलेश्वर मन्दिरको नजिकै रहेको यो मन्दिरको संरक्षण र प्रर्वद्धनको अभावमा ओझेलमा परेको स्थानियहरुले बताउँछन् । लामो समयसम्म संरक्षणको अभावमा रहेको यो मन्दिरको ब्यवस्थापन गर्न स्थानीयहरु यति बेला जुटेका छन् । चन्द्रबिनायक मन्दिरको समग्र व्यवस्थापनका गर्न एक समिति गठन गरिएको छ । परापूर्वकाल देखिनै यो मन्दिर रहेता पनि यसको स्थापना कहिले …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंक र नर्भिक इन्टरनेसनल हस्पिटलबीच सम्झौता

काठमाडौं  । एनआईसी एशिया बैंक र नर्भिक इन्टरनेसनल हस्पिटलबीच सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका चिफ मार्केटिङ्ग अफिसर जयेन्द्र रावल र हस्पिटलको तर्फबाट नर्भिक इन्टरनेसनल हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गरे। सम्झौता पश्चात बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकहरुलाई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट पाउने भएका छन् ।

पुरा पढ्नुहॊस »

श्रद्धा कपुरले उछिनन् दीपिका र प्रियंकालाई

एजेन्सी । नायिका श्रद्धा कपुरले  इन्स्टाग्राममा दीपिका पादुकोण, प्रियंका चोपडा र आलिया भट्टलाई उछिन्दै उनी सर्वाधिक लोकप्रिय बन्न सफल भएकी हुन् । अघिल्लो वर्ष सातौं नम्बरमा रहेकी श्रद्धा एकैचोटि एक नम्बरमा उक्लेकी हुन् ।  र्‍याङ्किङमा श्रद्धालाई १०० अंक प्राप्त भएको छ । आलियालाई ८५ र दीपिकालाई ६८ अंक प्राप्त भएको छ । 

पुरा पढ्नुहॊस »

फिजीको टोङ्गा टापुमा ८.२ म्याग्निच्यूडको भूकम्प

एजेन्सी । फिजीको टोङ्गा टापु क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । नेपाली समयानुसार बिहान ६ बजेर २२ मिनेटमा ८.२ म्याग्निच्यूडको भूकम्प गएको हो । क्षतिको विवरण आउन बाँकी ।

पुरा पढ्नुहॊस »

दीपकराज जोशीको बिदा आजदेखि सकियो

काठमाडाैं । गत साउन २० गतेबाट  बिदामा बसेका दीपकराज जोशीको बिदा आजदेखि सकिएको छ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशबाट अस्वीकृत गरेपछि बिदामा बसेका कायम मुकायम प्रधानन्यायाधीश जोशीको बिदा आजदेखि सकिएको हो । बिदा सकिएसँगै जोशीले अब  राजिनामा दिन्छन् या कामलाई निरन्तरता दिन्छन् यो विषयमा भने सबैको खुल्दुली बनेको छ । जोशीको बिदापछि सर्वोच्चको दैनिक पेसी व्यवस्थापनको कार्य न्यायाधीश ओमप्रकाश मिश्रले गर्दै आएका छन् । विगत लामो समयदेखि न्यायालय प्रमुखविहिन बन्दै आएको …

पुरा पढ्नुहॊस »

पहिरोसहित आएको बाढीले बाह्रबिसे बजार बगरमा परिणत

सिन्धुपाल्चोक । शनिबार राति आएको पहिरोसहितको  बाढीले बाह्रबिसे बजार  पूर्ण रुपमा बगाएको छ । बाढी बजार क्षेत्रमा पसेपछि बजार बगरजस्तो भएको छ । राति आएको बाढी बाह्रविसे बजारमा पसेपछि बजारबासी भागाभाग गरेका थिए । सडकको सतहभन्दा निकै माथीसम्म भल पसेको स्थानीयले जानकारी दिएका छन् । यस्तै,  बाह्रबिसे माथिका सात गाविसका स्थानीय समेत मर्कामा परेका छन् ।

पुरा पढ्नुहॊस »

चन्द्रागिरी नगरपालिकाले गर्‍यो सामाजिक सेवाको सिफारिश निःशुल्क

 काठमाडौं ।चन्द्रागिरि नगरपालिकाले सामाजिक सेवासँग सम्बन्धित रहेका प्रमुख सिफारिशलाई निःशुल्क गरेको छ । नगरपालिकाले नागरिकताको प्रमाणपत्र सिफारिश, जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ दर्ता, सम्बन्ध विच्छेद दर्ता, मृत्यु दर्ता, छात्रवृत्ति सिफारिश, स्वास्थ्य, पेन्सन, रातो कार्ड प्राप्त भूकम्पपीडितको नक्सा पास दस्तुर छुटसम्बन्धी सिफारिशलगायतका सबै कार्य निःशुल्क गरेको छ । नगरपालिका अन्तर्गतका सबै १५ वडा कार्यालयले ती सामाजिक सेवाका कर (सिफारिश शुल्क) लाई यस वर्ष पनि निःशुल्क बनाइ अन्य स्थानीय सरकारको लागि अनुकरणीय …

पुरा पढ्नुहॊस »

बलात्कारीलार्इ फाँसी दे भन्दै पेटिकोट लगाएर माइतीघरमा प्रदर्शन

काठमाडौं । बलात्कारीलार्इ फाँसी दे भन्दै अाज कालो पेटिकोट लगाएर  माइतीघर मण्डलामा  महिला र पुरुष प्रदर्शन गरेका छन् । उनीहरुलार्इ प्रहरीले पक्राउ गरेको छ। बलात्कारीलाई फाँसी दिनु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका अधिकारकर्मीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनीहरु पछिल्ला दिनमा बलात्कार बढ्दै गएको विरोधमा कालो पेटिकोट लगाएर प्रदर्शनमा उत्रिएका हुन् । केहि महिला र पुरुषलाई प्रहरीले अनामनगर बृतमा राखेकाे छ ।  साे प्रदर्शनमा  महिला, पुरुष सँगै तेस्रो लिंगीसमेत …

पुरा पढ्नुहॊस »

गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा गणेश कार्की सर्वसम्मत

काठमाडौं । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारणसभा सम्पन्न भएको छ । साधारसभा आज काठमाडौंमा सम्पन्न भएको हो । प्रथम साधारणसभाले फेरि पनि गणेश कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । एक वर्षअघि स्थापना भएको संघको पहिलो साधारण सभाले ३५ सदस्यिय कार्य समिति सर्वसम्मत चयन गरेको हो । कार्की यसअघि पनि संघका अध्यक्ष थिए । उनको नेतृत्वका कार्यसमितिमा रामचन्द्र सुवेदी, बालकृष्ण असरपती र ऋषिकेश जंग शाह उपाध्यक्षमा …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकको ब्राण्ड एम्बेसडरमा खेलकुद क्षेत्रका मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरी

काठमाडौं । माछापुच्छ्रे बैंकले ब्राण्ड एम्ब्यासडरमा खेलकुद क्षेत्रका मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीलाई नियुक्त गरेको छ । बैंकले शुक्रबार पत्रकार सम्मेलन गर्दै कम्पनीको ब्राण्ड एम्ब्यासडरमा तीन जनालाई नियुक्त गरेको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरी जस्ता खेलाडीहरुलाई बैंकसँग आवद्ध गर्न पाउन गौरवको विषय रहेको बताएका छन् ।

पुरा पढ्नुहॊस »