news

चलचित्र ‘प्रसाद’को ‘लै लै लै’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक

काठमाडौं । चलचित्र ‘प्रसाद’को ‘लै लै लै’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । निःसन्तान दम्पतीबीचको माया र सम्बन्धको कथा बोल्ने  ‘प्रसाद’  मा विपिन र नम्रताले दम्पतीको भूमिका निर्वाह गरेका छन् । लिरिकल भिडियोमा विपिनलाई दर्जीको भूमिकामा देख्न सकिन्छ ।  चलचित्र  ‘प्रसाद’  मंसिर २१ देखि देशव्यापी प्रदर्शनमा आउँदै छ ।

पुरा पढ्नुहॊस »

नेपाल इन्भेष्टमेण्ट बैंकको आठौ एक्स्टेन्सन काउन्टर बुढानिलकण्ठमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको आठौ एक्स्टेन्सन काउन्टर  काठमाडौंको बुढानिलकण्ठमा नगरपालिका वडा नं. १३ स्थित चुनिखेलमा खोलेको छ । उक्त काउन्टरको  उद्घाटन बैंकका नायव महाप्रबन्धक विजेन्द्र सुवाल र वडा अध्यक्ष श्रीकृष्ण श्रेष्ठले संयुक्त रुपमा गरे  । खोलिएको काउन्टरले चुनिखेल क्षेत्रको वडा सम्बन्धी सम्पूर्ण आर्थिक कारोबार गर्न सहयोग गर्ने बैंकको विश्वास छ ।

पुरा पढ्नुहॊस »

तामाकोसी पाँचौं आयोजनामा लगानी एसियन इन्फस्ट्रक्चर इन्भेष्टमेन्ट बैंकले गर्ने

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले १०१ मेगावाट क्षमताको तामाकोसी पाँचौ जलविद्युत आयोजना बनाउन एसियन इन्फस्ट्रक्चर इन्भेष्टमेन्ट बैंकले (एआईआईबी) लगानी गर्ने जानकारी दिएका छन्।  आयोजना नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको तामाकोसी जलविद्युत कम्पनी लिमिटेडले निर्माण गर्न लागेको हो । आगामी सन् २०१९ को मध्यबाट आयोजना निर्माण सुरुभई सन् २०२३ मा सम्पन्न गर्ने लक्ष्य लिएको कम्पनीले आयोजना निर्माण व्यवस्थापन र सुपरिवेक्षणको काम सुरु गर्न परामर्शदाता नियुत्तिको प्रक्रिया सुरु गरेको छ । आयोजनाको …

पुरा पढ्नुहॊस »

मलेशियामा विषाक्त मदिरा सेवनबाट ७ जना नेपालीको मृत्यु

काठमाडौं । मलेशियामा विषाक्त मदिरा सेवनबाट ७ जना  नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा बसेरी-३ धादिङका मिमबहादुर घले, मसिना-६ रुपन्देहीका रामकुमार यादव,अमरगढी-५ डडेल्धुराका विशाल बुढाथोकी, पश्चिमकुसाहा-९ सुनसरीका संजय उराव, सिद्धिथुम्का-९ इलामका बलबहादुर कुलुंग र आइतसिंह गोले छन्।  विषाक्त मदिरा सेवनपछि बिरामी भएका अन्य १६ जनाको मलेसियाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मलेसियाको सेलेङगर शहरमा रोजगारीका लागि गएकाहरु मदिरा सेवनबाट मृत्यु र बिरामी परेका हुन् । मलेसियाको राजाको जन्मोत्सवको अवसरमा दिइएको सार्वजनिक विदाको दिन …

पुरा पढ्नुहॊस »

अाज संविधान जारी भएको तीन वर्ष पूरा,मुलुकभर विविध कार्यक्रम गरी मनाईंदै

काठमाडाैं। नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र सहितको संविधान जारी भएको तीन वर्ष पूरा भएको छ ।  आज मुलुकभर विविध कार्यक्रम गरी मनाईंदैछ । दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्दैछ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्री, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति रहने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ …

पुरा पढ्नुहॊस »

नुवाकोटका ३ किशोरी २ सातादेखि बेपत्ता

नुवाकोट । जिल्लाको तादी गाँउपालिका–१ उर्लेनी काल्चेका तीन किशोरी दुई सातादेखि हराइरहेका छन् । गत भदौ १८ गते तादी–३ खरानीटारमा लाग्ने श्रीकृष्ण जन्माअष्टमीको रथयात्राको जात्रामा सहभागी हुन गएका उनीहरु फर्केर घर नआएको भन्दै परिवारले खोजी गर्न प्रहरीसमक्ष आग्रह गरेका छन् । काल्चेका १८ वर्षीया शर्मिला भनिने आइती तामाङ, उनकी फुपू १७ वर्षीया सम्झना तामाङ र उनका साथी १७ वर्षीया हसिना भनिने माया तामाङ जात्रामा गएपछि सम्पर्कमा नआएको शर्मिलाको बुबा सोम्बरबहादुर …

पुरा पढ्नुहॊस »

कञ्चनपुरमा अपहरण परेकी ९ महिने शिशु बलात्कृत

कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा अपहरणमा परेकी  ९ महिने अबोध बालिका बलात्कृत भएकी छन्। सुतेको बेला आमाको काखबाट   अपहरणमा परेकी बालिकालाई   ७ घण्टा पछि धानबारीबाट  ‘सकुसल’ फेला पारेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कर्ण बहादुर बमले बताए।  ती अबोध बालिका अपहरणमा परेको  राती नै चौतर्फी हल्ला भएपछि १ बजेदेखि नै इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको टोलीले बिहान पौने ८ बजेतिर धानबारीमा फेला परेको थियो। बालिकाको योनीमा घाउ देखिएपछि बलात्कृत भएकी स्थानीयले जनाएका छन्।  …

पुरा पढ्नुहॊस »

बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेजको दसैँ अफर

काठमाडौं ।  विगत २५ बर्ष देखि बाथरुम सामान, टायल्स र सेनिटरी सामानहरुको विश्वबिख्यात ब्राण्ड  KOHLER , Porcelonasa, CRW, Hindware, Luxicon, Supreme, Somany  आदिका आधिकारिक वितरक भइ नेपालमा सामाग्रीहरु उपलब्ध गराउदै आएको बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेज तथा  B & B Multinational ले नजिकिदै गरेको दशैको पावन अवसर पारि, आफ्ना ग्राहकहरुलाई विभिन्न अफर ल्याएको छ । जस अन्तर्गत रु २५,९९९ मा कम्बोट सेट, Buy 1 get 1 offer, Scratch Card, Cash Back offer र …

पुरा पढ्नुहॊस »

सरकारमा पुगेका ठूला नेता विदेशीका एजेन्ट

काठमाडौं । नेपाली काँग्रेस बिपीका महामन्त्री पुष्पराज पराजुलीले सत्तामा पुगेका राजनीतिक दलका ठूला नेताहरु कुनै न कुनै देशको एजेन्ट भएको आरोप लगाएका छन् । रफत सञ्चार क्लबमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पराजुलीले नेपाल र नेपालीको हितमा रहेर भन्दा पनि आफूले एजेन्टको भूमिका निर्वाह गरिरहेको देशको हितमा काम गर्ने गरेको आरोप लगाए । उनले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको खोक्रो राष्ट्रबाद भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गर्दै नाकाबन्दिको …

पुरा पढ्नुहॊस »

हराएकी युवतीमाथि काठमाडौंकै होटेलमा सामूहिक बलात्कार, मामा नै यस्ताे घृणित कार्यमा अगुवा

काठमाडौं । तीन दिनदेखि हराएकी नागार्जुन नगरपालिकाकी एक युवतीलाई उनकै मामा नाता पर्नेको सहयोगमा काठमाडौँकै एक होटेलमा राखेर सामूहिक बलात्कार गरेका छन् । नागार्जुन नगरपालिका-७ हसनटारमा बस्रने २१ वर्षीया ती युवती सोमबारदेखि कलंकी स्युचाटारबाट हराएकी थिइन् । उनलाई भिमढुङ्गा नर्सरीमा होटल सञ्चालन गर्ने ४० वर्षीय रामकृष्ण नगरकोटी, नुवाकोटको रालुकादेवी गाउँपालिका-९ घर भई कलंकी बस्ने ३९ वर्षीय युवतीका मामा पर्ने अर्जुन लामा र नागार्जुन नगरपालिका-८ मजुवा बस्ने ३३ वर्षीय सूर्य रानाले बलात्कार …

पुरा पढ्नुहॊस »