काठमाडौं । विश्वकप समूह ‘सी’ को अन्तिम खेलमा फ्रान्स र डेनमार्क गोलरहित बराबरीमा रोकिएका छन् । अर्को खेलमा पेरुले अष्ट्रेलियालाई २–० ले हराएको छ । पेरुका लागि १८ औं मिनेटमा आन्द्रे कारिलोले बललाई जाली चुमाए । त्यसैगरी दोस्रो हाफको पाँच मिनेटमै पेरुवाका पावलो गुरेरोले अर्को गोल थप्दै पेरुको अग्रतालाई दोब्बर बनाए । हारसंगै अष्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ । अर्को खेलमा फ्रान्स र डेनमार्कले गोलरहित बराबरी खेले । समूह सी …
पुरा पढ्नुहॊस »नाइजेरियामाथि कठिन जित निकाल्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौं । नाइजेरियालाई हराउँदै अर्जेन्टिना रसियामा जारी विश्वकप २०१८ को अन्तिम १६ मा प्रवेश गरेको छ । निर्णायक मानिएको समुह चरणको अन्तिम खेलमा दुईपटकको विश्वविजेता अर्जेन्टिनाले नाइजेरियालाई २–१ ले हरायो । अर्जेन्टिनाका लागि लियोनल मेसीले खेलको १४ औं मिनेटमा गोलको खाता खोलेका थिए । तर खेलको ५१ औं मिनेटमा पेनाल्टीमार्फत नाइजेरियाका भिक्टो मोसेसले बराबरी गोल फर्काए । त्यसपछि दबाबमा देखिएको अर्जेन्टिनाको उद्धार मार्कस रोजोले गरे । उनले गरेको दाहिने खुट्टाले …
पुरा पढ्नुहॊस »नेपालका सुरक्षाकर्मी इमान्दारः राष्ट्रसंघ
काठमाडौं । संयुक्त राष्ट्रसंघले विश्वशान्ति स्थापनामा नेपालका सुरक्षाकर्मीले पुर्याएको योगदान अतुलनीय रहेको जनाएको छ । द्वन्द्वग्रस्त मुलुकको शान्ति र स्थायित्वका लागि नेपालका सुरक्षाकर्मीले जुनसुकै चुनौचीका बीच पनि इमान्दारिताका साथ जिम्मेवारी निर्वाह गरेको राष्ट्रसंघका अधिकारीले बताएका छन् । नेपालको औपचारिक भ्रमणमा आएका राष्ट्रसंघीय पिस किपिङ डिपार्टमेन्टका प्रमुख तथा उपमहासचिव जिन पाइरे लाक्रोइक्सले प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँगको भेटमा द्वन्द्वग्रस्त मुलुकको संकट निवारण गर्न राष्ट्रसंघलाई आवश्यक परेको फौज खटाएर नेपालले महत्त्वपूर्ण योगदान पुर्याएको बताए …
पुरा पढ्नुहॊस »विदेशी नागरिक अनुगमन निर्देशिका जारी
काठमाडौं । नेपाल भ्रमणमा आउने विदेशी नागरिकको गतिविधिलाई निगरानीमा राख्न सरकारले विदेशी नागरिक अनुगमन निर्देशिका जारी गरेको छ । निर्देशिका कार्यान्वयनमा आएसँगै भ्रमणको उद्देश्यभन्दा फरक काम गर्नेलाई कानुनी दायरामा ल्याउन सहज हुने अपेक्षा गरिएको छ । उनीहरूको नेपाल प्रवेशसँगै प्रवेशाज्ञा प्रक्रिया, उपस्थिति, बसाइ, पदयात्रा र प्रस्थानलाई व्यवस्थित एवं सरलीकृत बनाउन अनुगमन निर्देशिका उपयुक्त हुने अपेक्षा गरिएको छ । भिजिट भिसाका नाममा व्यापार व्यवसाय गर्ने, समाजसेवाका नाममा जासुसी तथा धर्म परिवर्तन …
पुरा पढ्नुहॊस »गाडीका नाममा सरकारको खर्चै खर्च
काठमाडौं । प्रधानमन्त्री, मन्त्रीदेखि कर्मचारीसम्मको गाडी मोहबारेको एक तथ्यांकीय सामग्री प्रकाशित गरेको छ । नयाँ पत्रिकामा प्रकाशित समाचार अनुसार गाडी खरिद, इन्धन र मर्मतका नाममा १४ वर्षमा ५४ अर्ब रुपैयाँ खर्च भएको छ । २३ अर्ब १४ करोड खरिदमा खर्च भएको छ भने इन्धन खर्च १७ अर्ब ६६ करोड भएको छ । मर्मतमा पनि उत्तिकै खर्च छ । १४ वर्षको हिसाब हेर्ने हो भने मर्मत शीर्षकमा मात्रै १२ अर्ब ९१ …
पुरा पढ्नुहॊस »दुईवटा बुलेटप्रुफ गाडी हुदाँ हुदैँ प्रधानमन्त्री ओलीले मर्सिडिज गाडी मगाए
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र मन्त्रालयबाट मर्सिडिज गाडी मगाएका छन् । जबकि उनीसँग टोयोटाका दुईवटा बुलेटप्रुफ ल्यान्डक्रूजर प्राडो गाडी पहिल्यै नै छन् । नेपाली बजारमा ल्यान्डक्रूजर प्राडोको मूल्य २ करोड ७० लाख छ । यो खबर आजको नयाँ पत्रिकामा छ ।
पुरा पढ्नुहॊस »आइएमई जनरल इन्स्योरेन्स र कुमारी बैंकबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । कुमारी बैंक लिमिटेड र आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । आज उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र कुमारी बैंकको तर्फबाट बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले सम्झौता–पत्रमा संयूक्त रुपमा हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले कुमारी बैंकका जुनसुकै शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्सले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् । साथै, बैंकका …
पुरा पढ्नुहॊस »सिटिजन्स बैंकका ग्राहकले नर्भिक हस्पिटलमा उपचारमा छुट पाउने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र थापाथलीको नर्भिक इन्टरनेसनल हस्पिटलबीच ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्झौता भएको छ । यस सम्बन्धि सम्झौतामा बैंक र हस्पिटलबीच एक कार्यक्रमका बीच आज हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंककातर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत गणेश राजपोखरेल तथा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका छन् । यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले नर्भिक हस्पिटलमा उपचार गराउँदा …
पुरा पढ्नुहॊस »काठमाडौंमा मोनोरेल सर्वाेच्चमा पुग्यो
काठमाडौं । काठमाडौंमा मोनोरेल सञ्चालनका लागि विस्तृत सम्भाव्यता अध्ययन डीपीआर गर्ने कम्पनी छनोटको विवाद यतिवेला सर्वाेच्च अदालत पुगेको छ । उपत्यकाको रिङरोडमा मोनोरेल गुडाउने योजनाअनुसार लगानी बोर्डले टेण्डरमार्फत डीपीआर निर्माणका लागि काठमाडौंं मोनोरेल प्रा ली लाई छनौट गरेको थियो । तर, कम्पनीले बैंक बोर्डले मागिएको १० करोड बैंक ग्यारेन्टी ग्यारेन्टी देखाउन नसकेपछि लगानी बोर्डले सम्झौता नगरेको बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले वताए । तोकिएको समयमा बैंक ग्यारेन्टी दिन नसकेको मोनोरेल कम्पनीले …
पुरा पढ्नुहॊस »नेपालको जलविद्युतमा चिनियाँ लगानीकर्ता आकर्षित
काठमाडौं । नेपालका जलविद्युत आयोजनामा भारतीय कम्पनीको चासो घट्दै गएपछि चिनियाँ कम्पनीहरुले आयोजना ओगट्ने क्रम बढेर गएको छ । पछिल्ला केही वर्षयता नेपालका जलविद्युत आयोजनामा भारतीय कम्पनीले छोड्ने र चिनियाँ कम्पनीहरुले आयोजना ओगट्ने क्रम बढ्दो देखिएको हो । पछिल्लो समय चिनियाँ कम्पनीहरुले नेपालका जलविद्युत आयोजनामा खुबै चासो बढाएका छन । बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनी गेजुवाले निर्माण गर्ने इच्छा देखाएको थियो । जसका कारण पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले बिना …
पुरा पढ्नुहॊस »