साहित्यकार वर्षाको ‘अन्ततः यन्त्रणा’ उपन्यास लोकार्पण

कवि तथा साहित्यकार सुमन वर्षाको उपन्यास ‘अन्ततः यन्त्रण’ एक भव्य कार्यक्रमका विच नेपाल प्रज्ञा प्रतिष्ठानमा सार्वजनिक भयो । नेपाली कांग्रेसका महामन्त्री तथा साहित्यकार कवि, विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा वरिष्ठ साहित्यकार भुवन दुङ्गाना, प्रयागराज भट्टराई, महेश पौडेल, अनुपमा रेग्मी, लेखक सुमन वर्षा र शिखा प्रकाशनका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले संयुक्तरुपमा कृतिको सार्वजनिक गरेका हुन् ।

लोकार्पित पुस्तक अन्ततः यन्त्रणामाथि समीक्षा गर्दै समालोचक महेश पौडेलले पुस्तक मार्फत सुमन वर्षाले धेरै प्रश्न राखेको र पुस्तक वर्तमान नारीको समवेदनाप्रति केन्द्रित रहेको धारणा राखे । छोरा र छोरी जन्मिनु प्राकृतिक कुरा हो । यसमा नारीको मात्र होइन पुरुष पनि उत्तिकै जिम्मेवार छ । विभेदलाई विषय बनाउनु हुन्नँ । उनले भने ।

त्यसैगरी अर्का समीक्षक अनुपमा रेग्मीले उपन्यास हाम्रो घर गाउँको कथा भएको र महिलाले महिलाको सामाजिक अवस्थाको सुन्दर वर्णन उपन्यासमा रहेकोले सबैलाई पढ्न सिफारिस गरे।

वरिष्ठ साहित्यकार भुवन ढुङ्गानाले नारी विषयमा समेटिएको यस उपन्यासमा जति पुस्ता आए पनि नारीका पीडाहरू उस्तै रहेका र महत्वपूर्ण विषयवस्तुको उठान गरिएकोले खुसी लागेको बताए । प्रमुख अतिथी शर्माले राजनीतिभन्दा साहित्य निकैमाथि रहेको र समाज रुपान्तरणमा साहित्यले ठूलो टेवा दिने बताए।

उनले साहित्य गहना र गौरब दुबै हो। राम्रा र उत्कृष्ट साहित्यले थुप्रै यन्त्रणाहरूको हल गर्न सक्दछन् भन्ने विचार राखेका थिए। ऋषभदेव घिमिरेले संचालन गरेको उक्त कार्यक्रम शिखा बुक्सले आयोजना गरेको हो। अन्ततः यन्त्रणा आख्यान धनुषचन्द्र गोतामे आख्यान पुरस्कार २०७८ बाट पुरस्कृत भएको छ। रोशन थापा निरवद्वारा सम्पादित ३६५ पेज रहेको पुस्तकको मूल्य ५२५/– रहेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कविता : बादल लागेपछि

(२०७८ सालमा पार्टी फुटकाे प्रभाव)

प्रतिकृया दिनुहॊस