सभामुख सापकोटाद्वारा अर्थमन्त्री शर्मासँग बजेटबारे जानकारी

सभामुख अग्निप्रसाद सापकोटाले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको बजेटका सम्बन्धमा जानकारी लिएका छन् ।

शनिबार विहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा अर्थमन्त्री जनार्दन शर्माले सभामुख सापकोटा समक्ष आगामी वर्षको बजेट एवं प्राथमिकताका सम्बन्धमा जानकारी गराएका हुन्। सो अवसरमा सभामुख सापकोटाले संघीय संसदको बजेटसँग जोडिएका विषयमा स्मरण गराए।

उक्त अवसरमा संघीय संसदका महासचिव डा. भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, अर्थसचिव मधुकुमार मरासिनी लगायतको उपस्थिति रहेको थियो ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस