उदयपुर त्रियुगाको मेयरमा कांग्रेसका बसन्तकुमारको अग्रता

काठमाडाैँ । उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका बसन्तकुमार बस्नेतले अग्रता लिएका छन् । २३ हजार ९७५ मत गणना हुँदा बस्नेतको प्रतिस्पर्धीहरूसँग करिब २,००० को मतान्तर छ ।

बस्नेत ८,२०० मतका साथ अग्रस्थानमा छन् भने एमालेका भागवत राउतले ६,३७७ मत पाएका छन् । एकीकृत समाजवादीका बलदेव चौधरीले ६३०२ मतका साथ पछ्याइरहेका छन् । यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकै सरिता राई ७,४१० मतका साथ अग्रस्थानमा छन् । एमालेकी महेश्वरी राईले ७,०५४ मतका साथ उनलाई पछ्याइरहेकी छन् । माओवादीकी गीता खड्का (कार्की) को ४८२५ मत छ ।

नगरपालिकाका १६ मध्ये हासम्म वडा नं. १, २, ३, ४, ५, १३, १४, १५ र १६ गरी ९ वडामा गणना सकिएको छ । वडा नं. ६, ७, ८ तीनवटा गणना चलिरहेको छ भने ९, १०, ११ र १२ वडा गणना बाँकी छन् ।

गणना सकिएको ९ वटा वडाहरुमध्ये १, ३, ४, ५ र १३ गरी ५ वटामा कांग्रेसले जितेको छ । वडा नं. १४, १५ र १६ गरी ३ वटामा (माओवादी केन्द्र)ले जितेको छ भने वडा नं. २ मा एमालेले वडाध्यक्ष जितेको छ । अझैं १६ हजार २०४ मत गणना हुँन बाँकी रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताएका …

प्रतिकृया दिनुहॊस