आजबाट “प्लाष्ट नेपाल २०२२” शुरु

काठमाडाै । प्लाष्ट नेपाल फाउण्डेशनले आज देखि १४ गते शनिवार सम्म तदनुसार मे महिनाको २६, २७ र २८ तारिखका दिन काठमाण्डौंको भृकुटी मण्डपमा” Plast Nepal 2022″ नामक प्लाष्टिक प्रदर्शनीको माननीय उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुको प्रमुख आतिथ्यमा उद्घाटन हुन गइरहेको छ । फाउण्डेशनले गर्न लागेको यो प्रदर्शनी तेस्रो संस्करणको हुनेछ ।

आजदेखि (जेठ १२) सञ्चालन हुन लागेको तेस्रो संस्करणको यो प्लाष्टिक प्रदर्शनीमा नेपालका प्रमुख प्लाष्टिक उद्योगहरु र छिमेकी मुलुक भारत लगायत अन्य देशका समेत करिब ५ हजार वटा प्लाष्टिक उद्यमी व्यवसायीहरु र करिव १ लाख उद्योगी, व्यवसायी र अन्य दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएकोे छ । प्रदर्शनीमा प्लाष्टिकजन्य उत्पादनहरु, यसका कच्चा पदार्थहरु र मेशिन उपकरणहरु समेतका विभिन्न १ सय २६ वटा स्टलहरु छन् ।

प्लाष्ट नेपाल, नेपाली प्लाष्टिक उद्यमीहरुको छाता संगठन हो, र नेपालमा प्लाष्टिकको दिगो वृद्धिका लागि निरन्तर काम गरिरहेका छौँ । नेपाली उत्पादनलाई प्राथमिकता दिनेदेखि, प्लाष्टिकको रिसाइकल र फोहोर व्यवस्थापनमा सबैतिर यस संस्थाले सरकार र उद्योगीहरु सँग मिलेर काम गरिरहेको छ । नेपालमा प्लाष्टिक उद्योग व्यवसायको प्रवद्र्धन गरी उपभोक्ताहरुलाई गुणस्तरीय तथा सुलभ तरिकाले प्लाष्टिकजन्य वस्तुहरु उपलव्ध गराउन यस मेलाले सकारात्मक भुमिका खेल्ने अपेक्षा गरिएको कम्पनीले वताएकाे छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

बालकुमारीमा रोयल इन्फिल्डको ‘ट्रेनिङ सेन्टर’ सञ्चालन

काठमाडौं । रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले ललितपुरको बालकुमारीमा रोयल इन्फिल्डको ट्रेनिङ सेन्टर सञ्चालनमा …

प्रतिकृया दिनुहॊस